२०८२, २८ पुस सोमबार

फोटो बिगार्ने र ब्लफ कल गर्नेलाई दुई वर्ष कैद, अनुमतिबिना घरमा छिरे तीन वर्ष जेल

फोटो बिगार्ने र ब्लफ कल गर्नेलाई दुई वर्ष कैद, अनुमतिबिना घरमा छिरे तीन वर्ष जेल


काठमाडौं, साउन ३०: सामाजिक सञ्जालमा विभिन्न नेता तथा चर्चित व्यक्तिको फोटो बिगारेर सार्वजनिक गर्नेलाई दुई वर्षसम्म कैद वा २० हजारसम्म जरिमाना वा दुवै सजाय हुने भएको छ । मुलुकी ऐनलाई विस्थापित गरेर १ भदौदेखि लागू हुने अपराध संहिताले यस्तो व्यवस्था गरेको छ । मुलुकी अपराध संहिताको दफा २९५ को उपदफा ३ अनुसार कुनै पनि व्यक्तिको फोटोमा अर्को व्यक्ति वा अन्य वस्तुसँग जोड्ने र प्रकाशन गर्नेलाई सजाय हुने व्यवस्था गरेको छ । ‘कसैले एकको तस्बिरको केही भाग अर्को व्यक्तिको अर्को भागसँग राखी वा अन्य कुनै किसिमले विकृत रूपको तस्बिर बनाउनु वा प्रकाशन गर्नुहुँदैन,’ संहितामा उल्लेख छ ।

फोटो खिचेर अरूलाई दुःख दिने उद्देश्यले फोटोको दुरुपयोग गरेमा तीन वर्षसम्म कैद वा ३० हजार जरिमाना वा दुवै सजाय हुने व्यवस्था संहिताले गरेको छ । ‘कसैले कुनै व्यक्तिको तस्बिर निजको अनुमतिबिना अरूलाई दिन वा बिक्री गर्न वा निजलाई झुक्याउने वा सताउने, हैरान पार्ने वा निजबाट अनुचित फाइदा लिने वा तस्बिरको व्यापारिक प्रयोग गरी फाइदा लिने नियतले प्रकाशन गर्नु, प्रचार वा खरिदबिक्री गर्नुहुँदैन,’ संहितामा भनिएको छ ।

‘ब्लफ कल’ गर्नेलाई दुई वर्ष कैद
संहितामा बिनाकाम र दुःख दिने उद्देश्यले छलकपटपूर्ण टेलिफोन ९ब्लफ कल० गर्नेलाई दुई वर्ष कैद वा २० हजार जरिमाना वा दुवै सजाय हुने व्यवस्था छ ।अपराधसंहिताको धारा २९९ मा भनिएको छ ‘कसैले आफ्नो परिचय दिई वा नदिई कसैलाई छल्ने, धोका दिने, हैरानी पार्ने वा सताउने उद्देश्यले छलकपटपूर्ण टेलिफोन वा सन्देश प्रवाह गर्न÷गराउन हुँदैन ।’ यस्तै, टेलिफोन वा फेसबुकबाट धम्की दिनेलाई एक वर्ष कैद वा १० हजार जरिमानाको व्यवस्था गरिएको छ । कसैलाई डर, त्रास, हैरानी दिने, अपमान गर्ने, बेइज्जत गर्ने उद्देश्यले चिठीपत्र, पर्चा वा कुनै लिखत लेखाउने र विद्युतीय माध्यमबाट धम्की दिने, सताउने जिस्क्याउने वा अनुचित व्यवहार गर्नेलाई यस्तो सजायको व्यवस्था गरिएको छ ।

बिनाअनुमति घरमा छिरे तीन वर्ष कैद
अनुमति नलिई अरूको घरमा छिर्नेलाई तीन वर्षसम्म कैद वा ३० हजार जरिमानाको व्यवस्था गरिएको छ । अधिकारप्राप्त अधिकारी र उसको अनुमति पाएको व्यक्तिबाहेक अरू मान्छे घरधनीको स्वीकृति नलिई कसैको घरभित्र प्रवेश गर्न वा खानतलासी गर्न पाउनेछैनन् । घर भन्नाले कोठा, होटल, शिविर र पाललाई समेत जनाइएको छ ।
-राजधानी दैनिक

प्रकाशित मिति : २०७५, ३० श्रावण बुधबार  ७ : ५६ बजे

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा

इरान संकट, ऊर्जा राजनीति र होर्मुज जलडमरूको रणनीतिक खेल

इरानमा चर्किएको राजनीतिक संकट केवल शासन र सडकबीचको टकराव होइन,