२०८२, २१ असार शनिबार

बिहेको निहुँमा दलितमाथि आक्रमण

बिहेको निहुँमा दलितमाथि आक्रमण


काठमाडौं, साउन ३०: अन्तरजातीय बिहे गरेको निहुँमा बर्बर आक्रमण भएपछि भोजपुर अरुण गाउँका बासिन्दा न्याय माग्न सदरमुकाम आएका छन् । अरुण गाउँपालिका–४, चरम्बीको दलित बस्तीका मानिस न्याय माग्न सदरमुकाम आएका हुन्।

चरम्बीका निशान नेपाली र सुस्मिता राईले प्रेम विवाह गरेपछि राई समुदायबाट दलितमामाथि आक्रमण भएको हो । राई परिवारका तर्फबाट आएको समूहले दलित बस्तीमा पसेर बालबालिकादेखि वृद्धवृद्धासम्मलाई कुटपिट गरेको आरोप छ।

घटनापछि दलित बस्तीका नौ परिवारका सदस्य सदरमुकाम आएर न्यायका लागि हारगुहार गरिरहेका छन् । दुर्गा दर्जीका छोरा निशान र सुस्मिताले प्रेमबिहे गरेपछि भोजन राईको नेतृत्वमा रहेका पाँचजनाले साउन २२ गते दिउँसो दलित बस्तीमा पसेर कुटपिट गरेका हुन्।

भोजन सुस्मिताका काका हुन । उनीहरूले ९ वर्षका बालकदेखि ६२ वर्षसम्मका मानिस कुटपिट गरेको आरोप छ । न्याय माग्न सदरमुकाम आएको दलित परिवार न्याय पाइनेमा अझै ढुक्क भने छैनन् । कुटपिटपछि त्रसित उनीहरू गाउँ जाने वातावरण अझै नबनेको बताउँछन्।, यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रकाशित मिति : २०७५, ३० श्रावण बुधबार  ७ : २५ बजे

सहिदभूमिमा सरसफाई अभियान

धनकुटा । सहिदभूमि गाउँपालिका्को वडा न ६ स्थिति स्थानीय बिहानी

सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो इस्ट जोन कपको उपाधि

काठमाडौं । नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको

प्रधानमन्त्रीसँग मलेसियन व्यवसायीको भेट

काठमाडौँ । नेपालमा लगानीका सम्भावना र अवसरबारे मलेसियाली व्यवसायीहरूले प्रधानमन्त्री

एनआईसी एशिया र एनसीएचएलबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न