२०८२, २३ भाद्र सोमबार

मेरो पसलमा आउँछन् पासवान थर सुनेपछि,बहाना बनाएर पछि लिन्छु है भनी फर्कन्छन्

मेरो पसलमा आउँछन् पासवान थर सुनेपछि,बहाना बनाएर पछि लिन्छु है भनी फर्कन्छन्


वीरगन्ज/ वीरगन्जका धीरज पासवानको व्यवसाय दलित भएकै कारण फस्टाउन सकेको छैन । ‘मान्छे पसलमा घर पेन्टिङको लागि पेन्ट खरिद गर्न आउँछन् । सबै दरभाउ तय पनि गर्छन् तर जब मेरो थरमा पासवान सुन्छन् । अनि बहाना बनाएर पछि लिन्छु है भनी फर्किन्छन । तिनै मान्छे छेउको पसलमा गएर पेन्ट खरिद गर्छन् ।’,उनले दुखेसो पोखे । नामको पछाडि पासवान थर भएकै कारण व्यवसायमा सफलता प्राप्त गर्न नसकिएको उनको भनाइ छ ।

उनीजस्तै सर्लाही चन्द्रनगर गाउँपालिका निवासी श्यामबाबु माझीले ऋण लिएर हरिपुर नगरपालिकामा पाँच धुर जग्गा किने । त्यहाँ धान कुट्ने मिल खोले । करिब तीन वर्ष मिल चलाए, त्यसपछि बन्द भयो । कारण थियो– उनी दलित हुनु । माझीले भने, ‘सुरुमा त कसैले केही भनेनन् तर पछि दलितले खोलेको मिल पो रहेछ भन्दै ग्राहकले उपेक्षा गर्न थाले ।’ माझीका अनुसार पिठो, धान, चामल छोइन्छ भनेर मिलमा कोही नआउने गाउँलेहरूले आपसी सहमति नै गरे । उनले तीन वर्षसम्म सञ्चालन गरेको मिल मान्छे आउनै छाडेपछि बन्द गरे ।‘मान्छे आउनै छाडेपछि बाध्य भएर मैले मिल बेच्नुर्पयो,’ उनले सुनाए ।

सर्लाहीका पचुलाल माझीले गरेको कुखुराको व्यवसाय पनि चलेन । उनका अनुसार आफू माझी भएकै कारण आफ्नो फर्ममा तयार भएका कुखुराहरू खरिद गर्न ग्राहक नआएपछि व्यवसाय नै धरापमा र्पयो । ‘कुखुरा बिक्री नभएपछि त्यो व्यवसाय नै बन्द गर्नुर्पयो’, पचुलालले गुनासो गरे । यी केही प्रतिनिधि पात्र मात्रै हुन् । मधेसमा व्यवसाय गर्ने अधिकांश दलितको यो साझा समस्याका रूपमा देखा परेको छ ।

दलितमाथि हुने भेदभाव र छुवाछुतको अघोषित प्रभाव उनीहरूले गर्ने व्यवसायमाथि पनि प्रत्यक्ष परेको हो । यसले व्यवसाय गर्न चाहने र खोज्ने दलितलाई निरुत्साहित गरेको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्मा बताउँछन् । ‘मधेसका अधिकांश जिल्लामा दलित व्यवसायी नै छैनन् शर्माले भने । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खवर छ ।

प्रकाशित मिति : २०७५, २४ श्रावण बिहीबार  १० : ५७ बजे

काठमाडौंमा जेन जी आन्दोलनमा प्रहरीको गोली प्रहार, तीन जनाको मृत्यु

काठमाडौं । आज राजधानी काठमाडौंमा भएको जेन जी आन्दोलनका क्रममा

संसद भवन परिसरमा प्रदर्शनकारीसँग झडप, सशस्त्र प्रहरीका दुई जना घाइते

काठमाडौं । जेनजी आन्दोलनका क्रममा संसद भवन परिसरमा प्रवेश गरेका

गण्डकीका प्रदेशमा आन्दोलन, मुख्यमन्त्रीको कार्यालयमा आगजनी प्रयास

पोखरा । आज जेन जी आन्दोलनकारीहरूले गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा

जेनजीको प्रदर्शन : प्रहरीको गोली लागेर एक जनाको मृत्यु,एक घाइते

काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक

माओवादी केन्द्रमा गुटबन्दी र नेतृत्‍व संकट : पार्टी कमजोर बन्दै, संगठन भित्रै छ विखण्डनका बादल

काठमाडौं । नेकपा माओवादी केन्द्रमा बढ्दो गुटबन्दी र नेतृत्व संघर्षले