२०८२, ११ चैत्र बिहीबार

मेरो पसलमा आउँछन् पासवान थर सुनेपछि,बहाना बनाएर पछि लिन्छु है भनी फर्कन्छन्

मेरो पसलमा आउँछन् पासवान थर सुनेपछि,बहाना बनाएर पछि लिन्छु है भनी फर्कन्छन्


वीरगन्ज/ वीरगन्जका धीरज पासवानको व्यवसाय दलित भएकै कारण फस्टाउन सकेको छैन । ‘मान्छे पसलमा घर पेन्टिङको लागि पेन्ट खरिद गर्न आउँछन् । सबै दरभाउ तय पनि गर्छन् तर जब मेरो थरमा पासवान सुन्छन् । अनि बहाना बनाएर पछि लिन्छु है भनी फर्किन्छन । तिनै मान्छे छेउको पसलमा गएर पेन्ट खरिद गर्छन् ।’,उनले दुखेसो पोखे । नामको पछाडि पासवान थर भएकै कारण व्यवसायमा सफलता प्राप्त गर्न नसकिएको उनको भनाइ छ ।

उनीजस्तै सर्लाही चन्द्रनगर गाउँपालिका निवासी श्यामबाबु माझीले ऋण लिएर हरिपुर नगरपालिकामा पाँच धुर जग्गा किने । त्यहाँ धान कुट्ने मिल खोले । करिब तीन वर्ष मिल चलाए, त्यसपछि बन्द भयो । कारण थियो– उनी दलित हुनु । माझीले भने, ‘सुरुमा त कसैले केही भनेनन् तर पछि दलितले खोलेको मिल पो रहेछ भन्दै ग्राहकले उपेक्षा गर्न थाले ।’ माझीका अनुसार पिठो, धान, चामल छोइन्छ भनेर मिलमा कोही नआउने गाउँलेहरूले आपसी सहमति नै गरे । उनले तीन वर्षसम्म सञ्चालन गरेको मिल मान्छे आउनै छाडेपछि बन्द गरे ।‘मान्छे आउनै छाडेपछि बाध्य भएर मैले मिल बेच्नुर्पयो,’ उनले सुनाए ।

सर्लाहीका पचुलाल माझीले गरेको कुखुराको व्यवसाय पनि चलेन । उनका अनुसार आफू माझी भएकै कारण आफ्नो फर्ममा तयार भएका कुखुराहरू खरिद गर्न ग्राहक नआएपछि व्यवसाय नै धरापमा र्पयो । ‘कुखुरा बिक्री नभएपछि त्यो व्यवसाय नै बन्द गर्नुर्पयो’, पचुलालले गुनासो गरे । यी केही प्रतिनिधि पात्र मात्रै हुन् । मधेसमा व्यवसाय गर्ने अधिकांश दलितको यो साझा समस्याका रूपमा देखा परेको छ ।

दलितमाथि हुने भेदभाव र छुवाछुतको अघोषित प्रभाव उनीहरूले गर्ने व्यवसायमाथि पनि प्रत्यक्ष परेको हो । यसले व्यवसाय गर्न चाहने र खोज्ने दलितलाई निरुत्साहित गरेको वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्मा बताउँछन् । ‘मधेसका अधिकांश जिल्लामा दलित व्यवसायी नै छैनन् शर्माले भने । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खवर छ ।

प्रकाशित मिति : २०७५, २४ श्रावण बिहीबार  १० : ५७ बजे

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले आज राष्ट्रका नाममा सम्बोधन

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज

खाडी क्षेत्रमा अमेरिकी सैन्य परिचालन तीव्र, इरानको कडा चेतावनी

काठमाडौं । इरानसँग बढ्दो तनावबीच अमेरिकाले खाडी क्षेत्रमा सैन्य उपस्थिति

अमेरिका र इरान बीचको युद्ध रोक्न १५ बुँदे प्रस्ताव, इरानले अध्ययन गर्दै

काठमाडौं । अमेरिकाले इरानसँग जारी युद्धको अन्त्यका लागि १५ बुँदे

राखेपद्वारा एन्फा नेतृत्वको तीन महिने निलम्बन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल