२०८२, १५ मंसिर सोमबार

बैतडीका प्रहरी जीर्ण भवनमा

बैतडीका प्रहरी जीर्ण भवनमा


बैतडी, २४ साउन:आफ्नै भवन नहुँदा जिल्लाका विभिन्न स्थानका प्रहरी चौकी वर्षात्को समयमा पानी चुहिने र जीर्ण भवनमा बस्न बाध्य छन् । भाडाका कच्ची घरमा रहेका प्रहरी भवनमा पानी चुहिने समस्या रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिनुभयो । यहाँका १९ प्रहरी चौकी भाडाको भवनमा छन् । उहाँले भन्नुभयो, “भाडामा लिएका घर पनि धेरैजसो जीर्ण अवस्थामा छन् ।”

सदरमुकाम नजिकैका बाराकोटा, थालिगडा, सतबाँझ, नागार्जुन, खोचलेक, गोकुलेश्वर, कुलाउ, शंकरपुर, रोडीदेवल, कुस्मौदघाट, महाकाली, हल्दुविनायक, शिवलिंग र धर्मघाट प्रहरी चौकी भाडाको भवनमा रहेको उक्त कार्यालयले जनाएको छ ।आफ्नै भवन नहुँदा कुनै ब्यक्तिलाई हिरासतमा राख्दासमेत भवन अभावमा आफैसँग राख्नुपर्ने बाध्यता रहेको सम्बद्ध प्रहरीको गुनासो छ ।
-रासस

प्रकाशित मिति : २०७५, २४ श्रावण बिहीबार  ८ : ०८ बजे

एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको आधिकारिक लोगो आज

कांग्रेस संस्थापन पक्ष पुस अन्तिम साता महाधिवेशन कार्यतालिका ल्याउने तयारीमा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुस महिनाको अन्तिम साता

राष्ट्रनिर्माणमा दृढ नेतृत्वको प्रतीक केपी ओली

नेपालको राजनीतिक इतिहास विगत केही दशकमा अस्थिरता र चुनौतीपूर्ण परिस्थितिले

राष्ट्रनिर्माणमा दृढ नेतृत्वको प्रतीक केपी ओली

नेपालको राजनीतिक इतिहास विगत केही दशकमा अस्थिरता र चुनौतीपूर्ण परिस्थितिले

प्रधानमन्त्री कार्की र रास्वपा नेताबीच बालुवाटारमा छलफल

काठमाडौं । आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनको