२०८२, २३ चैत्र मंगलबार

नोटमा केरमेट गरे जेल

नोटमा केरमेट गरे जेल


काठमाडौँ, साउन २४ : नोट वा मुद्रामा केरमेट गर्ने बानी छ भने सुधारिहाल्नुहस् । नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई अब प्रहरीले सिधै पक्राउ गरी ३ महिनासम्म जेल हाल्न र ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ ।

फौजदारी कसुरसम्बन्धी प्रचलित कानुन संशोधन गरी हालै पारित मुलुकी अपराध (संहिता) ऐन २०७४ मा यस्तो व्यवस्था गरिएको हो । ऐनको दफा २६३ मा भनिएको छ, बैंक नोटमा लेख्न वा कोर्न हुँदैन । त्यसो गरेको भेटिए कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनेछ । यो ऐन भदौ १ गते देखि लागू हुँदै छ नोट फोहोर वा केरमेट गरेकै कारणले कैद वा जरिवाना हुने भएको यो पहिलो पटक हो । यसअघि जाली नोटमा कसुरमा मात्र जेल चलान हुने व्यवस्था थियो ।
-कान्तिपुर

प्रकाशित मिति : २०७५, २४ श्रावण बिहीबार  ६ : २३ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर