२०८३, २४ श्रावण सोमबार

पहिरोले सिन्धुपाल्चोकमा दर्जनौँ घर उच्च जोखिम

पहिरोले सिन्धुपाल्चोकमा दर्जनौँ घर उच्च जोखिम


चौतारा, २३ साउन: अविरल वर्षासँगै ठाउँठाउँमा गएको पहिरोले सिन्धुपाल्चोकमा दर्जनौँ घर उच्च जोखिममा परेको छ । अविरल वर्षासँगै गएराति पहिरोजाँदा सिन्धुपाल्चोकको सागाचोक र कुञ्चोकमा एक–एक घर पुरिएको छ भने थुम्पाखर र कालिकामा ६४ घर उच्च जोखिममा परेको छ ।

चौतारा सागाचोकगढी नगरपालिका–११ सागाचोकमा गएको पहिरोले एउटा किराना पसल र इन्द्रावती गाउँपालिकाको कुञ्चोकमा एक घर पुरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मंगलबार दिउँसो चर्को घाम र रातिको मुसलधारे वर्षाले सुनकोशी गाउँपालिका–३ कालिकामा गएको पहिरोले ४० घर उच्च जोखिमा परेको छ ।

जिल्ला समन्वय समितिका शाखा अधिकृत युगबहादुर खड्काले पहिरोका कारण विस्थापित भएका साबिक कालिका गाविस–९ का पाँच परिवार अहिले स्थानीय सरस्वती प्राविमा बसेका छन् भने अन्य सात घरपरिवार सुरक्षित स्थानमा गइसकेका छन् । त्यस्तै वडा नं ५ को पाँच घरसमेत विस्थापित भएका छन् । पहिरोका कारण एउटा पक्की घर बगिसकेको र अन्य ६÷७ घर ढल्की सकेको खड्काले बताउनुभयो । गाउँका सडक खनिएको र नालीको उचित व्यवस्था नहुँदा माथिबाट पहिरो खसेको र तलबाट पनि पहिरोले तानेकाले त्यस्तो समस्या देखापरेको स्थानीयवासीले बताएका छन् ।

त्यसैगरी सुनकोशी गाउँपालिका–६ थुम्पाखरमा पनि २५ घर पहिरोका कारण उच्च जोखिममा परेको वडाध्यक्ष रामकुमार थापाले बताउनुभयो । यसैगरी साबिकका थुम्पाखरा गाविस–२ सुन्दरडाँडामा चार घर, भालुखोपमा तीन घर, वडा १ को नौकिलोमा दुई घर र वडा ६ को सानुपाखरमा १५ घर र वडा ७ को दलित बस्तीमा समेत २४ घर पहिरोको उच्च जोखिममा परेको जनाएको छ । जोखिम परिवारलाई त्रिपाल र प्लास्टिक वितरण गरिएको वडाध्यक्ष थापाले बताउनुभयो ।

Reagan had essentially order extra information given the most popular rocker in the world at that time a platform to criticize the president and his policies.

प्रकाशित मिति : २०७५, २३ श्रावण बुधबार  ९ : ३२ बजे

अन्नन्त कुण्डमा आजदेखि दिव्य गंगा आरती सुरु, नेता महेश बस्नेतद्धारा उद्घाटन

भक्तपुर, २५ साउन । सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुस्थित

रोहित आउट, सन्दीप इन ! नेपाली क्रिकेटको कप्तानीमा ठूलो फेरबदल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानीमा ठूलो परिवर्तन भएको

सरकारी कागजमै चलखेल ! ७० लाखको कारोबार देखाउन वडाध्यक्षसहित ४ जनामाथि भ्रष्टाचार मुद्दा

काठमाडौं । ७० लाख रुपैयाँको जग्गा कारोबारलाई वैध देखाउन सरकारी

कांग्रेसभित्र खैलाबैला : मोहन बस्नेतले गगन समूहलाई लगाए ‘रास्वपासँग मित’ लगाएको आरोप

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन

पोखरा विमानस्थल प्रकरणमा पूर्वमन्त्री कार्कीलाई राहत, १५ लाख धरौटीमा रिहा

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको भ्रष्टाचार मुद्दामा पूर्वअर्थमन्त्री