२०८२, २२ मंसिर सोमबार

ओली र श्रेष्ठ रु १५ हजार घुस सहित पक्राउ

ओली र श्रेष्ठ रु १५ हजार घुस सहित पक्राउ


काठमाडौँ, २३ साउन: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीका सर्वेक्षक हरि ओली र कार्यालय सहयोगी अमरलाल श्रेष्ठलाई आज रु १५ हजार घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ ।

जग्गाको कित्ताकाट ट्रेस नक्शा तयार पार्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिइरहेको भनिएको अवस्थामा आयोगको टोलीले उनीहरुलाई रकमसहित कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिनुभयो ।

यसैगरी आयोगले भूमिसुधार कार्यालय मोरङका नासु दामोदर खतिवडाविरुद्ध बिगो रु ३० हजार जरिवाना र कैद सजाय माग दावी लिई आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आमाका नाममा मोहियानी हक कायम भएको जग्गा बाँडफाँड गरी नामसारी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग आयोगको कार्यालय इटहरीले खतिवडालाई रु ३० हजार घुसबापतको रकम लिइसकेको भनिएको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान गर्दा उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसूर गरेको देखिन आएको जनाई आरोपपत्र दायर गरिएको प्रवक्ता दंगालले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २३ श्रावण बुधबार  ७ : १३ बजे

चार महिनाका छोराको हत्या गरी फरार नेपाल प्रहरीका असई पक्राउ

काठमाडौं । आफ्नै चार महिनाका छोराको हत्या गरेको आरोपमा प्रहरीले

वीरगञ्जमा नयाँ तरकारी-फलफूल थोकबजार सञ्चालन

वीरगञ्ज। वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ। सडक निर्माणको गति बढाउन सरकारले नागढुङ्गा–नौबिसे मलेखु सडकखण्ड आंशिक

११४ दललाई निर्वाचन चिन्ह प्रदानः एमालेको ‘सूर्य’ पहिलो, जलोपाको ‘भैँसी’ अन्तिम

काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका

दाङको लमहीमा होटल सञ्चालक मृत भेटिए

दाङ। दाङ देउखुरीको लमहीमा एक होटल सञ्चालक मृत अवस्थामा फेला