२०८३, २४ श्रावण सोमबार

सिन्धुपाल्चोको बलेफी गा.पा ८ पनि आवास पुनःनिर्माण सम्पन्न गर्ने वडा घोषणा

सिन्धुपाल्चोको बलेफी गा.पा ८ पनि आवास पुनःनिर्माण सम्पन्न गर्ने वडा घोषणा


सिन्धुपाल्चोक जिल्लाको बलेफी गाँउपालिका वडा न ८ मांखा पनि नीजि आवास पुनःनिर्माण सम्पन्न गर्ने वडा बनेको छ । भूकम्पपछि भत्किएका मध्ये ९४ प्रतिशत लाभग्राहिले घर बनाइसकेपछि पुनःनिर्माण सम्पन्न गर्ने वडा घोषणा गरिएको हो । पुनःनिर्माण सम्पन्न भएको प्रमाणपत्र प्रदेश सासंद सरेश नेपालले वडालाई हस्तान्तरण गरेका थिए ।

वडाका ६३१ लाभग्राही मध्ये ९४ प्रतिशत आवास पुर्ननिमाण सकिएको वडाध्यक्ष चरी बहादुर तामाङले जानकारी दिए । उनका अनुसार निर्माण सम्पन्न भएका अधिकांश घरहरु इन्टर लक ब्लकको प्रयोग गरी बनेका छन् । ‘यो आधुनिक सामग्रीको प्रयोग गरी निर्माण गरिएको हो, उनले भने ‘जुरे पहिरो प्रभावित र आफ्नो नाममा जग्गा नभएका बाहेक अरु लाभग्राहिले घर बनाइसकेका छन् ।’ वडाका अधिकांश लाभग्राहिले घर निर्माण सम्पन्न गरेर तेस्रो किस्ता लिइसकेका छन् भने निकै थोरै संख्याले मात्रै तेस्रो किस्ता अनुदान रकमका लागि फारम भरेका छन् ।

आवास पुनःनिर्माण सकिएका लाभग्राहीहरुलाई प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै प्रदेश सांसद सरेश नेपालले राष्ट्रिय पुनःनिमाण अभियानमा बलेफी गाँउपालिका वडा न ८ का जनताले महत्वपुर्ण योगदान गरेको भन्दै खुशी ब्यक्त गरे । ‘बर्खाको पानी र हिउँदोको चिसो सहेरै पनि तपाईहरुले पुनःनिर्माण अभियानलाई अन्तिम रुप दिनुभयो, सांसद नेपालले भने ‘म तपाईहरुको यो सहभागिताको उच्च मूल्याङ्कन गर्छु, र जिल्लाका अन्य वडाका दाजुभाई दिदीबहिनीले समेत यो वडाबाट उदाहरण लिएर पुनःनिर्माणलाई सकाउनुपर्ने बेला आइसकेको छ ।’ उनले पुनःनिमाण अभियान सकिएकाले अब आर्थिक समृिद्धको अभियान जुट्न समेत वडाबासीहरुलाई अनुरोध गरे ।

बलेफी गाँउपालिकाका अध्यक्ष केदार क्षेत्रीले बलेफी गाँउपालिकामा भूकम्पले भत्किएका घर पुनःनिमाण अभियान तिव्र रुपमा अगाडी बढेको बताए । उनले वडा नं ८ को पुनःनिर्माण सिकाइ अन्य वडाहरुमा समेत लागु गर्न योग्य रहेको बताए । ‘निजी आवास निर्माण सम्पन्न भएपछि अब वडामा हुने सबै किसिमका बिकास निर्माणको काममा समेत निकै सजिलो हुने छ, अध्यक्ष क्षेत्रीले भने ‘तपाईहरुको हरेक सुख, दुःखमा गाउँपालिकाले साथ दिनेछ ।’ कार्यक्रममा ४१४ जनालाई नीजि आवास पुनःनिमाण सम्पन्न गरेको प्रमाणपत्र वितरण गरिएको थियो । यसअघि सिन्धुपाल्चोक जिल्लाकै त्रिपुरासुन्दर गाउँपालिका वडा नम्बर ३ धुस्कुनलाई निजी आवास पुनःनिर्माण सम्पन्न गर्ने पहिलो वडा घोषणा गरिएको थियो ।

प्रकाशित मिति : २०७५, २० श्रावण आईतबार  १२ : ३२ बजे

अन्नन्त कुण्डमा आजदेखि दिव्य गंगा आरती सुरु, नेता महेश बस्नेतद्धारा उद्घाटन

भक्तपुर, २५ साउन । सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुस्थित

रोहित आउट, सन्दीप इन ! नेपाली क्रिकेटको कप्तानीमा ठूलो फेरबदल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानीमा ठूलो परिवर्तन भएको

सरकारी कागजमै चलखेल ! ७० लाखको कारोबार देखाउन वडाध्यक्षसहित ४ जनामाथि भ्रष्टाचार मुद्दा

काठमाडौं । ७० लाख रुपैयाँको जग्गा कारोबारलाई वैध देखाउन सरकारी

कांग्रेसभित्र खैलाबैला : मोहन बस्नेतले गगन समूहलाई लगाए ‘रास्वपासँग मित’ लगाएको आरोप

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन

पोखरा विमानस्थल प्रकरणमा पूर्वमन्त्री कार्कीलाई राहत, १५ लाख धरौटीमा रिहा

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको भ्रष्टाचार मुद्दामा पूर्वअर्थमन्त्री