२०८२, १७ कार्तिक आईतबार

सिन्धुपाल्चोको बलेफी गा.पा ८ पनि आवास पुनःनिर्माण सम्पन्न गर्ने वडा घोषणा

सिन्धुपाल्चोको बलेफी गा.पा ८ पनि आवास पुनःनिर्माण सम्पन्न गर्ने वडा घोषणा


सिन्धुपाल्चोक जिल्लाको बलेफी गाँउपालिका वडा न ८ मांखा पनि नीजि आवास पुनःनिर्माण सम्पन्न गर्ने वडा बनेको छ । भूकम्पपछि भत्किएका मध्ये ९४ प्रतिशत लाभग्राहिले घर बनाइसकेपछि पुनःनिर्माण सम्पन्न गर्ने वडा घोषणा गरिएको हो । पुनःनिर्माण सम्पन्न भएको प्रमाणपत्र प्रदेश सासंद सरेश नेपालले वडालाई हस्तान्तरण गरेका थिए ।

वडाका ६३१ लाभग्राही मध्ये ९४ प्रतिशत आवास पुर्ननिमाण सकिएको वडाध्यक्ष चरी बहादुर तामाङले जानकारी दिए । उनका अनुसार निर्माण सम्पन्न भएका अधिकांश घरहरु इन्टर लक ब्लकको प्रयोग गरी बनेका छन् । ‘यो आधुनिक सामग्रीको प्रयोग गरी निर्माण गरिएको हो, उनले भने ‘जुरे पहिरो प्रभावित र आफ्नो नाममा जग्गा नभएका बाहेक अरु लाभग्राहिले घर बनाइसकेका छन् ।’ वडाका अधिकांश लाभग्राहिले घर निर्माण सम्पन्न गरेर तेस्रो किस्ता लिइसकेका छन् भने निकै थोरै संख्याले मात्रै तेस्रो किस्ता अनुदान रकमका लागि फारम भरेका छन् ।

आवास पुनःनिर्माण सकिएका लाभग्राहीहरुलाई प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै प्रदेश सांसद सरेश नेपालले राष्ट्रिय पुनःनिमाण अभियानमा बलेफी गाँउपालिका वडा न ८ का जनताले महत्वपुर्ण योगदान गरेको भन्दै खुशी ब्यक्त गरे । ‘बर्खाको पानी र हिउँदोको चिसो सहेरै पनि तपाईहरुले पुनःनिर्माण अभियानलाई अन्तिम रुप दिनुभयो, सांसद नेपालले भने ‘म तपाईहरुको यो सहभागिताको उच्च मूल्याङ्कन गर्छु, र जिल्लाका अन्य वडाका दाजुभाई दिदीबहिनीले समेत यो वडाबाट उदाहरण लिएर पुनःनिर्माणलाई सकाउनुपर्ने बेला आइसकेको छ ।’ उनले पुनःनिमाण अभियान सकिएकाले अब आर्थिक समृिद्धको अभियान जुट्न समेत वडाबासीहरुलाई अनुरोध गरे ।

बलेफी गाँउपालिकाका अध्यक्ष केदार क्षेत्रीले बलेफी गाँउपालिकामा भूकम्पले भत्किएका घर पुनःनिमाण अभियान तिव्र रुपमा अगाडी बढेको बताए । उनले वडा नं ८ को पुनःनिर्माण सिकाइ अन्य वडाहरुमा समेत लागु गर्न योग्य रहेको बताए । ‘निजी आवास निर्माण सम्पन्न भएपछि अब वडामा हुने सबै किसिमका बिकास निर्माणको काममा समेत निकै सजिलो हुने छ, अध्यक्ष क्षेत्रीले भने ‘तपाईहरुको हरेक सुख, दुःखमा गाउँपालिकाले साथ दिनेछ ।’ कार्यक्रममा ४१४ जनालाई नीजि आवास पुनःनिमाण सम्पन्न गरेको प्रमाणपत्र वितरण गरिएको थियो । यसअघि सिन्धुपाल्चोक जिल्लाकै त्रिपुरासुन्दर गाउँपालिका वडा नम्बर ३ धुस्कुनलाई निजी आवास पुनःनिर्माण सम्पन्न गर्ने पहिलो वडा घोषणा गरिएको थियो ।

प्रकाशित मिति : २०७५, २० श्रावण आईतबार  १२ : ३२ बजे

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः

रुकुमपूर्वमा अटो दुर्घटना, दुई जनाको मृत्यु र पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालमा अटो दुर्घटना हुँदा दुई

बिपी राजमार्ग सुख्खा पहिरोले तिन दिनदेखि अवरुद्ध, डाइभर्सन निर्माण जारी

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-८ चारसयबेशी र रोशी-१२ माम्ती क्षेत्रमा

एमालेको ११ औँ महाधिवेशन अब काठमाडौंमा हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी मंसिरमा हुन

धनगढीबाट काठमाडौं उडेको श्री एअरलाइन्सको विमान भैरहवामा आकस्मिक अवतरण

बुटवल। धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या