२०८२, १ फाल्गुन शुक्रबार

काभ्रेको मण्डनदेउपुर नगरपालिका र सिन्धुपाल्चोकको जुगल गाउँपालिकालाई चीनको एम्बुलेन्स सहयोग

काभ्रेको मण्डनदेउपुर नगरपालिका र सिन्धुपाल्चोकको जुगल गाउँपालिकालाई चीनको एम्बुलेन्स सहयोग


चीन सरकारले काभ्रेको मण्डनदेउपुर नगरपालिका र सिन्धुपालचोकको जुगल गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरेको छ । शनिबार नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी नेपालका लागि चिनियाँ राजदुत यु होङले नगरपालिकाका प्रमूख टोक बहादुर वाइबालाई एम्बुलेन्स हस्तान्तरण गरीन् ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले नेपालीको स्वास्थ्य सेवामा पहुँच अभिबृद्धिका लागि छिमेकी देशहरुले गरेको सहयोगको सर्हण गरे । ‘स्वास्थ्यमा आम नेपालीको पहँुचका लागि सरकार कटिबद्ध छ, उनले भने ‘समयमै स्वाथ्योपाचार नपाएका कारण कोहि पनि नेपालीको मृत्यु नहोस् भन्नेमा सरकार सचेत छ, त्यहि अनुसारको तयारीमा छुटेको छ ।’

चीन सरकारले दिएको अनुदानमा लिदएको एम्बुलेन्स सञ्चालनका लागि मण्डनदेउपुर नगरपालिकाले अम्बिका हमालको नेतृत्व एम्बुलेन्स सञ्चालन समिति गठन गरेको नगरप्रमूख टोक बहादुर वाईबाले जानकारी दिए । ‘यो एम्बुलेन्स नगरपालिका मातहात नै सञ्चालन हुन्छ, उनले भने ‘यसले नगरबासी दाजुभाईदिदी बहिनी बिरामी परेका बेला स्वास्थ्य संस्थामा पुग्न निकै सजिलो पुग्नेछ ।’

यसैबीच चीन सरकारले शनिबार नै सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकालाई पनि अनुदानमा एम्बुलेन्स सहयोग गरेको छ । जिल्लाको दुर्गम पालिकामा पर्ने जुगलमा एम्बुलेन्स पुगेपछि स्थानीयहरुलाई निकै सजिलो हुने गाउँपालिकाका प्रमूख होम नारायण श्रेष्ठले बताए । एम्बुलेन्स हस्तान्तरण गर्न उपप्रधान तथा स्वास्थ्य मन्त्री उपन्द्र यावद र नेपालका लागि चिनियाँ राजदुत यू होङ जुगल गाउँपालिकाको कार्यालय पुगेका थिए ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठलाई एम्बुलेन्सको चाँबी हस्तान्तरण गर्दै चिनियाँ राजदुत यु होङ

गाउँपालिकाले आफु मातहात सञ्चालन गर्ने गरी उपाध्यक्ष सिर्जना तामाङको संयोजकत्वमा एम्बुलेन्स सञ्चालन समिति गठन गरेको छ । एम्बुलेन्सले जुगलसँगै बलेफी गाउँपालिकाका केहि वडाका स्थानीयलाई समेत सजिलो हुने गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिए । ‘भरपर्दो यातायातका साधन नहुदाँ बिरामी पर्दा हाम्रो गाउँपालिकाका दाजुभाइ दिदीबहिनीलाई अस्पताल पुर्याउन निकै कठिन भइरहेको थियो, उनले भने ‘अब त्यो दिनको अन्त्य भएको छ ।’

एम्बुलेन्स हस्तान्तरण कार्यक्रम चिनियाँ राजदुत यु होङले सहयोग गर्न पाउँदा आफु निकै खुशी भएको बताइन् । उनले भावी दिनमा पनि सहयोग जारी राख्ने बताइन् । ‘हामीले एउटा साधन मात्रै सहयोग गरेका हौँ, उनले भनिन्, ‘यसलाई पछिसम्म राम्रोसँग सञ्चालन गर्ने जिम्मा तपाईहरुकै हो, आशा छ, यो सहयोगले ग्रामीण जनताको स्वास्थ्य उपचारमा केहि मद्दत पुग्ने छ ।’

प्रकाशित मिति : २०७५, १२ श्रावण शनिबार  १० : ०८ बजे

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको