२०८३, २१ बैशाख मंगलबार

डाँडापारी खानीखोलाबासीको सडक सपना दुई दशकपछि पूरा, खोपासी–तालढुङ्गासम्म सिधा यातायात सुचारु

डाँडापारी खानीखोलाबासीको सडक सपना दुई दशकपछि पूरा, खोपासी–तालढुङ्गासम्म सिधा यातायात सुचारु


तालढुंगा, काभ्रे । वर्षातको समयमा अधिकांश ग्रामीण भेगमा सञ्चालनमा ल्याइएको यातायातहरु अवरुद्ध भइरहेको बेला काभ्रेको विकट मानिने खानीखोला गाउँपालिकसम्म भने बनेपाबाट नियमित यातायात सञ्चालन भइरहेको छ ।

गत असार २३ गतेबाट काभ्रेको दुर्गम डाँडापारिमा बनेपाबाट पनौती खोपासी हुँदै खानीखोलाको ताल्ढुंगासम्म सिधा यातायात सुचारु भएको छ । खोपासी–ताल्ढुंगा सडक विगत २० वर्षअघि सम्झौता भई निर्माण कार्य थालिएको थियो । द्वन्द्व र राजनीतिक खिचातानीले गर्दा करौडौं खर्च हुँदा पनि सडकले खानीखोलालाई जोड्न भने सकेको थिएन । अहिले स्याउरथली स्थित कोक्रेमा रहेको कडा चट्टानयुक्त अक्कर पहरोको रुट परिवर्तन गरी ट्रयाक निर्माण सम्पन्न गर्न जनप्रतिनिधिहरुको पहलले सार्थकता पाएपछि यातायात सुचारु हुन सकेको हो ।

दुई दशकअघिबाट निर्माण शुरु गरिएको खोपासी–ताल्ढुंगा सडकलाई जनप्रतिनिधि निर्वाचित भएर आएपछि ट्रयाक खोल्नका लागि स्थानीय जनप्रतिनिधिले पहलकदमी लिएका थियौं ।’–खानीखोला गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खुलालले भने, ‘मध्य वर्षातमा ट्रयाक खोल्ने काम सम्पन्न गरिएकाले तत्काल ठूला यातायातका साधन भने सञ्चालनमा ल्याइएको छैन । तर, अहिले दुईवटा बोलेरोले स्थानीयहरुलाई बनेपाबाट नियमित यातायात सेवा दिने व्यवस्था मिलाइएको छ ।’

सडक निर्माण सम्पन्न भएपछि गत असार २३ गते खानीखोला गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष लगायत कर्मचारीको टोलीले उक्त सडकलाई जेसीभीद्वारा अघिअघि सफा गर्दैै पछिपछि एक बोलेरो र एक सुमोलाई मध्यरातमा ताल्ढुंगा पु¥याएर उद्घाटन गरेको थियो । सडक ताल्ढुंगा पुगेसँगै प्रादेशिक सरकारले चालु आर्थिक वर्षमा खर्च हुने गरी खोपासी–ताल्ढुंगा हुँदै सर्लाहीको कर्मैयासम्म छिचोल्नका लागि ३ करोड र खोपासी ताल्ढुंगा सडकको स्तरोन्नतीका लागि ५० लाख गरी कुल ३ करोड ५० लाख रुपियाँ विनियोजन गरेको छ ।

खानीखोला गाउँपालिका वडा नं. ६ का वडाअध्यक्ष मानबहादुर गोलेकाअनुसार यसअघि विभिन्न निकायबाट ६३ किलोमिटर रहेको पनौती–खोपासी–ताल्ढुंगा सडकमा ७० करोडभन्दा बढी रकम खर्च भइसकेको छ । तत्कालिन माओवादीको शसस्त्र द्वन्द्व, कर्मचारी, उपभोक्ता समिति र निर्माण व्यवासायीका बीचमा हुने कमिशनका कारण लागत बढ्नुका साथै सकडको ट्रयाक खोल्न समेत ढिलाई भएको स्थानीयहरु बताउँछन् ।

वडाअध्यक्ष मानबहादुरका अनुसार गत असार ६ गते जिल्ला समन्वय समिति, जनप्रतिनिधि र निर्माण व्यवसायीहरुको संयुक्त बैठकले स्याउरथली स्थित कोक्रे भीरको ट्रयाक परिवर्तन गर्ने निर्णय गरी निर्माण कार्यलाई अघि बढाइएको थियो । जसका लागि जिल्ला समन्वय समितिले ६० लाख बजेटको व्यवस्था गरेको गोले बताउँछन् । खानीखोला गाउँपालिकाले वर्षातको समयमा पनि नियमित यातायात सुचारु गर्नका लागि एउटा निर्माण औजार (जेसीभी) द्वारा रेखदेख गर्ने व्यवस्था मिलाएको छ । जसले गर्दा कतै सडक भत्किएर अवरुद्ध हुन गए पनि तत्कालै सडक मर्मत गरी यातायात सेवालाई नियमित गराइएको छ ।

यो सडकको ट्रयाक खोल्नुअघि खानीखोला गाउँपालिकाका स्थानीयहरु ललितपुरको चापागाउँबाट ताल्ढुंगासम्म बसमा आवतजावत गर्ने गर्दथे । त्यस सडकलाई पनि वर्षातमा भने दुर्लुमखोलाले छेक्ने गरेकाले यातायात नियमित हुने गरेको थिएन । अहिले खोपासी ताल्ढुंगाको सडक सञ्चालन भएपछि दुरी पनि घटेको छ भने वर्षातमा समेत स्थानीय उपभोक्ताले सेवा लिइरहेका छन् । ‘पनौतीबाट ताल्ढुंगा पुग्नका लागि वर्षायाममा १÷२ दिनको बाटो पैदल हिंडेर यात्रा गर्नुपर्ने बाध्यता थियो । तर अब यो समस्याबाट हामीले उन्मुक्ति पाएका छौं’ स्थानीय उपभोक्ता ईश्वरीप्रसाद तिमल्सिनाले भने ।

सडकले काभ्रेको खानीखोला र महाभारत गाउँपालिका लगायत सिन्धुलीको हरिहरपुर गाउँपालिका र मकवानपुरको वागमति गाउँपालिकाका स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् । तत्कालै सडकको स्तरोन्नती गरी पनौतीबाट ठूला यातायातका साधनलाई क्युमा राख्ने तयारी भइरहेको खानीखोला गाउँपालिकाका अध्यक्ष कृष्ण खुलाल बताउँछन् ।–सजना आचार्य ​

प्रकाशित मिति : २०७५, ८ श्रावण मंगलबार  १० : ४१ बजे

सार्वजनिक खरिद अध्यादेशप्रति निर्माण व्यवसायी असन्तुष्ट, पूर्वाधार विकासमा असर पर्ने चिन्ता

काठमाडौं । नेपाल सरकारले ल्याएको सार्वजनिक खरिद अध्यादेशले पूर्वाधार निर्माणका

जनमत पार्टीमा विवादबीच सरकार समर्थन कायम रहेको दाबी, आन्तरिक मतभेद सतहमा

जनकपुरधाम । जनमत पार्टीभित्र देखिएको आन्तरिक विवादका बीच संसदीय दलका

यूएईमा ‘सम्भावित हवाई खतरा’को चेतावनी, अमेरिकी दूतावास सतर्क

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)स्थित अमेरिकी दूतावासले ‘सम्भावित हवाई

मेघगर्जनसहित वर्षा बढ्ने संकेत, सतर्क रहन आग्रह

काठमाडौं । देशभर आज मौसम बदली भई विभिन्न स्थानमा मेघगर्जन

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष