२०८३, १४ श्रावण शुक्रबार

काभ्रेको जनागालमा पुष्प परामर्श केन्द्र सञ्चालन

काभ्रेको जनागालमा पुष्प परामर्श केन्द्र सञ्चालन


बनेपा नगरपालिका वडा नम्बर १० जनागालमा पुष्प परामर्श केन्द्र सञ्चालनमा आएको छ । एक कार्यक्रमका बीच पुष्प विकास केन्द्र गोदावरीका प्रमूख द्रोणराज काफ्लेले केन्द्रको उद्घाटन गरे ।

परामर्श केन्द्रबाट फूल खेती गर्ने कृषकहरुलाई सरसल्लाह दिनुका साथै बजारीकरणको उचित प्रबन्ध समेत मिलाइन बताइएको छ । ‘तपाईहरुले यहाँ दिनसक्ने परामर्श यहि केन्द्रबाट दिनोस्, यहाँबाट हुन नसकेका समस्या हामी कहाँ पठाइदिनोस्, काफ्ले भने ‘फूल खेतीको महत्व बुझाउन धेरै कठिन परिरहेको छ ।’ उनले फूल खेतीको महत्व बुझेर लगानी गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई समेत आग्रह गरे ।

फ्लोरिकल्चर एशोसियन नेपालका केन्द्रिय अध्यक्ष कुमार कसुजु श्रेष्ठले परामर्श केन्द्रले काभ्रे पूर्व जिल्लाका फूल खेतीमा लाग्ने कृषकहरुको आवश्यकता पहिचान गरी सहित परामर्श दिइनेमा विश्वास ब्यक्त गरे । ‘काभ्रेमा ब्यवसायीक रुपले फूल खेती सुरु भइसकेको छ, उनले भने ‘अब काभ्रेलाई केन्द्रमा राख्दै सिन्धुपाल्चोक, सिन्धुली, दोलखा, रामेछापमा समेत फूल खेतीको विकास र विस्तार गर्नु पर्छ ।’

पुष्प परामर्श केन्द्र उद्घाटन कार्यक्रममा पुगेका फूल खेती गरिरहेका कृषकहरुले रोग, किराबाट मात्रै नभइ प्राकृतिक विपतबाट समेत फूल खेतीलाई जोगाउन विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । ‘हुरीले टनेट उठाउने र रोग किरा लाग्ने चिन्ताले सताइरहन्थ्यो, धुलिखेल नगरपालिका वडा नम्बर ५ श्रीखण्डपुरमा फूल खेती गर्दै आएको विरेन्द्र श्रेष्ठले भने ‘यो वर्षदेखि त बाढीबाट खेतीलाई कसरी जोगाउने भन्ने पनि चिन्ता थपियो ।’

काभ्रेमा फूल खेति गर्ने कृषकहरुले जिल्लाभित्रै उत्पादित फूलको खपत गर्ने वातावरण मिलाई दिन उद्योग वाणिज्य संघलाई आग्रह गरेका थिए । कार्यक्रममा काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर र धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जु कुमार कोजुले कृषकहरु मागलाई ब्यवसायी र उद्योगीहरुसँग बसेर समाधान गर्न आफुहरु तयार रहेको बताएका थिए ।

प्रकाशित मिति : २०७५, ३१ असार आईतबार  ४ : ४० बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा