२०८२, ४ जेष्ठ शनिबार

काभ्रेको जनागालमा पुष्प परामर्श केन्द्र सञ्चालन

काभ्रेको जनागालमा पुष्प परामर्श केन्द्र सञ्चालन


बनेपा नगरपालिका वडा नम्बर १० जनागालमा पुष्प परामर्श केन्द्र सञ्चालनमा आएको छ । एक कार्यक्रमका बीच पुष्प विकास केन्द्र गोदावरीका प्रमूख द्रोणराज काफ्लेले केन्द्रको उद्घाटन गरे ।

परामर्श केन्द्रबाट फूल खेती गर्ने कृषकहरुलाई सरसल्लाह दिनुका साथै बजारीकरणको उचित प्रबन्ध समेत मिलाइन बताइएको छ । ‘तपाईहरुले यहाँ दिनसक्ने परामर्श यहि केन्द्रबाट दिनोस्, यहाँबाट हुन नसकेका समस्या हामी कहाँ पठाइदिनोस्, काफ्ले भने ‘फूल खेतीको महत्व बुझाउन धेरै कठिन परिरहेको छ ।’ उनले फूल खेतीको महत्व बुझेर लगानी गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई समेत आग्रह गरे ।

फ्लोरिकल्चर एशोसियन नेपालका केन्द्रिय अध्यक्ष कुमार कसुजु श्रेष्ठले परामर्श केन्द्रले काभ्रे पूर्व जिल्लाका फूल खेतीमा लाग्ने कृषकहरुको आवश्यकता पहिचान गरी सहित परामर्श दिइनेमा विश्वास ब्यक्त गरे । ‘काभ्रेमा ब्यवसायीक रुपले फूल खेती सुरु भइसकेको छ, उनले भने ‘अब काभ्रेलाई केन्द्रमा राख्दै सिन्धुपाल्चोक, सिन्धुली, दोलखा, रामेछापमा समेत फूल खेतीको विकास र विस्तार गर्नु पर्छ ।’

पुष्प परामर्श केन्द्र उद्घाटन कार्यक्रममा पुगेका फूल खेती गरिरहेका कृषकहरुले रोग, किराबाट मात्रै नभइ प्राकृतिक विपतबाट समेत फूल खेतीलाई जोगाउन विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । ‘हुरीले टनेट उठाउने र रोग किरा लाग्ने चिन्ताले सताइरहन्थ्यो, धुलिखेल नगरपालिका वडा नम्बर ५ श्रीखण्डपुरमा फूल खेती गर्दै आएको विरेन्द्र श्रेष्ठले भने ‘यो वर्षदेखि त बाढीबाट खेतीलाई कसरी जोगाउने भन्ने पनि चिन्ता थपियो ।’

काभ्रेमा फूल खेति गर्ने कृषकहरुले जिल्लाभित्रै उत्पादित फूलको खपत गर्ने वातावरण मिलाई दिन उद्योग वाणिज्य संघलाई आग्रह गरेका थिए । कार्यक्रममा काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर र धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जु कुमार कोजुले कृषकहरु मागलाई ब्यवसायी र उद्योगीहरुसँग बसेर समाधान गर्न आफुहरु तयार रहेको बताएका थिए ।

प्रकाशित मिति : २०७५, ३१ असार आईतबार  ४ : ४० बजे

वायु सेवा निगमलाई ‘धर्मपुत्र’ सरह पालिराख्नु पर्दैन् : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल

वातावरणीय समस्याको अन्त्यका लागि धेरै काम गर्नुपर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरणीय समस्याको अन्त्यका लागि

सुरु भयो उभौली पर्वको रौनक (फोटो फिचर)

काठमाडौं । सोमबार किराँत समुदायले उभौली पर्व धुमधामसँग मनाउँदैछन् ।

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारत र

अटो मेकानिक्स ट्रेड यूनियनको अध्यक्षमा मन्सुरी

सिन्धुलीः नेपाल अटोमेकानिक्स ट्रेड यूनियन कमलामाई नगर समिति गठन भएको