२०८३, १४ श्रावण शुक्रबार

चाहना भए सजिलै दरबन्दी मिलान, मिलान विरुद्धको रिट सर्वोच्चद्वारा खारेज

चाहना भए सजिलै दरबन्दी मिलान, मिलान विरुद्धको रिट सर्वोच्चद्वारा खारेज


बनेपा, काभ्रे । दरबन्दीका कारण शैक्षिक क्षेत्र अस्तव्यस्त भइरहेको काभ्रेको एउटा नगरपालिकाले भने शिक्षक दरबन्दी मिलान गरेको छ । काभ्रेको मण्डनदेउपुर नगरपालिकाका विद्यालयहरुमा नगरपालिका र नगरको शिक्षा समितिले दरबन्दी मिलान गरेपछि लगत्तै सर्वोच्च अदालतमा निवेदन परेको थियो । उक्त रिट लाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

दरबन्दी मिलानपछि सबै शिक्षकहरु खटाइएको विद्यालयमा गएर काम थाले पनि नेपाल कांग्रेसका अच्युत पौडेल निकट रहेका २ जना शिक्षकहरुले दरबन्दी मिलानप्रति असन्तुष्टि जाहेर गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए । निवेदन दिने मणिराम नेपाल र थलप्रसाद सापकोटाको रिटलाई खारेज गरिएको हो । नगरपालिकाले नगरको सेवाक्षेत्रभित्र रहेका कुल २९ जना शिक्षकको दरबन्दी मिलान गरेको थियो । मिलान गर्ने क्रममा विद्यार्थी संख्या नभएका २ वटा विद्यालयलाई साइज डाउन गरिएको थियो भने अन्य ६ वटा विद्यालयलाई नजिकैको अर्को विद्यालयमा गाभिएको थियो ।

दरबन्दी मिलानमा चित्त बुझाउन नसकेका नेपाल र सापकोटा डेडीथुम्का माध्यमिक विद्यालयमा प्राथमिक तह द्वितीय श्रेणीमा कार्यरत रहेका थिए । उनीहरुसँगै उक्त विद्यालयका अर्का शिक्षक भने राजीखुसीका साथ नगरले गरेको निर्णयलाई स्वीकार गरी तोकिएको कार्यक्षेत्रमा सेवा थालेका थिए । रिटहाल्ने दुईमध्ये एकलाई चण्डेनी मा.वि. र एकलाई उमा सहशिक्षालयमा पठाइएको थियो । उनीहरुले डेडीथुम्का माविमा नै बस्न पाउनु पर्ने र बस्न नदिइएको जिकिर गरी सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।

नगर र नगरको शिक्षा शाखाले साइज डाउन गरिएका विद्यालयमा वडा नं. ९ को उमा विद्यामन्दिर नर्मदा र भवानी निमावी ढाइटार रहेका छन् । ती विद्यालयलाई कक्षा ८ बाट कक्षा ५ मा झारिएको छ । त्यसैगरी गाभिने विद्यालयहरुमा क्रमशः माङ्कालेश्वर प्रावि, वडा नं. ५, वडा नं. ५ कै नवचेतना प्रावि, देउराली प्रावि वडा नं. ७, हीमज्योती प्रावि वडा नं. १०, नमूना प्रावि वडा नंं. १२ र अर्को एक समेत गरी ६ वडा प्राथमिक तहका विद्यालय रहेका छन् ।

प्रकाशित मिति : २०७५, १९ असार मंगलबार  ८ : २० बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा