२०८३, २८ असार सोमबार

किसानका खेतमा मन्त्री र काभ्रेली युवा

किसानका खेतमा मन्त्री र काभ्रेली युवा


बनेपा काभ्रे । जनश्रम स्वरुप नेपाल कम्युनिस्ट पार्टीका युवाहरुले काभ्रेमा किसानसँगै रोपाई कार्यमा सहभागिता जनाएका छन् । झमझम असारे वर्षामा उनीहरुले किसानलाई खेतमा रोपाई गर्न सघाउँदै जनश्रम अभियान चलाएका हुन् । जनश्रम अभियान बनेपा नपा १० की चम्फा बिष्टको खेत ठुङगा साघुँ भन्ने स्थानमा गरिएको हो ।

उक्त श्रमदान कार्यक्रममा युवासंघ काभ्रे र वाइसिएल काभ्रेका नेता तथा कार्यकर्ताहरुको बाक्लो सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सहभागिता जनाई युवाहरुलाई उर्जा दिएका थिए । कार्यक्रममा मन्त्री वास्कोटाले कृषिलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने बताए । उनले भने, ‘समृद्ध नेपाल निर्माणको आधार कृषि उत्पादनमा वृद्धि गरेर मात्रै सम्भव छ, त्यसैले आम युवाशक्तिले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर समृद्ध नेपाल निर्माणमा सघाउनु पर्छ ।’  

तीन दिने जनश्रम अभियान कार्यक्रम अन्तर्गत काभ्रेको रोपाई कार्यक्रममा युवा संघ नेपाल का केन्द्रीय अध्यक्ष रमेश पौडेलको बिशेष उपस्थिति रहेको थियो । त्यसैगरी बनेपा नगर पालिकाका प्रमुख लक्ष्मीनरसिंह बादे, उपमेयर रेखा दाहाल, धुलिखेल नगरपालिकाकी उपमेयर बिमला शर्मा, युवासंघ नेपालका केन्द्रीय कोषाध्यक्ष अमित लामा, जिल्ला कमिटी सचिवालय सदस्य एवम् बनेपा नगर इन्चार्ज हरिदेव गिरी, सह इन्चार्ज कुमार टिमल्सिना, युवा संघ नेपालका पूर्व नेता एवम् पार्टी जिल्ला कमिटी सदस्य मुक्ति बिष्ट, अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य जेनिस लामा, युवा संघ नेपालका केन्द्रीय सदस्य राकेश लामा, वाइसीएल नेपालका केन्द्रीय सचिवालय सदस्य कुमार हुमागार्इ वाइसीएल नेपालका केन्द्रीय सदस्य अविलास लामा, निर्वाचित वडा अध्यक्ष चन्द्रबहदुर खड्का लगाएत अतिथिहरुको विशेष सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थित अतिथीहरुलाई पूर्व गबिस अध्यक्ष एवं समाजसेवी सानुभाइ बिष्टले टीका लगाएर स्वागत गरेका थिए ।

प्रकाशित मिति : २०७५, १८ असार सोमबार  ७ : २८ बजे

अविरल वर्षापछि देशभरका राजमार्ग प्रभावित, बिपी र अरनिकोसहित धेरै सडक बन्द

काठमाडौं । लगातारको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण

भाषा र राष्ट्रिय एकताको प्रतीक भानुभक्तको २१३औँ जन्मजयन्ती आज

काठमाडौं । नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्यको २१३औँ

कोशी-बागमतीमा भारीदेखि अति भारी वर्षाको चेतावनी, सतर्क रहन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न

सुकुम्बासी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री रमेश लेखक गुरुङले सुकुम्बासी तथा भूमिहीन नागरिकको

गणेश नेपाली आत्मदाह प्रकरण : १४ घण्टे वार्तामा पनि सहमति भएन, आज फेरि छलफल हुने

काठमाडौं । राइडर गणेश नेपालीको आत्मदाह प्रकरणलाई लिएर आन्दोलनरत पीडित