२०८३, २९ भाद्र मंगलबार

यस्तो छ, काभ्रेको डाँडापारिको अवस्था

यस्तो छ, काभ्रेको डाँडापारिको अवस्था


खानीखोला, काभ्रे । काभ्रेको विकट मानिँदै आएको डाँडापारिबासीले दैनिक जीवनमा अनेकन समस्यासँग जुझ्दै आएका छन् । दुर्गम क्षेत्रका स्थानीय तहमा सम्झौता गरिएका बैंकहरुले आफ्नो कार्यालय खोल्न नगएपछि अहिले त्यस्ता स्थानीय तहले जिल्ला सदरमुकामबाटै सेवा प्रवाह गरिरहेका छन् । काभ्रेको विकट मानिने खानीखोला र महाभारत गाउँपालिकाका स्थानीयले बैंंक नहुँदा सास्ती त व्यहोरिरहेका छन् नै जताततै ट्रयाक खोलेर स्तरोन्नती नगरिएका सडकका कारण वर्षातमा झनै सास्ती व्यहोर्ने गरेका छन् । उनीहरुका लागि यतिबेला विशेषगरी ढुंगा र गिट्टी बोक्ने ट्रिपरलाई एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याउनु पर्ने अवस्था छ । भौगोलिक विकटताले गाउँपालिकामा एम्बुलेन्स जान–आउन निकै समय लाग्ने र कच्ची र साँघुरो सडकका कारण अन्य सवारी साधन पनि पुग्न नसक्ने भएकाले उनीहरुले ट्रिफरलाई नै भव्यतव्यमा प्रयोगमा ल्याउने गरेका हुन् ।

बिहिबार खानीखोला ६ का निलबहादुर पहरीले ट्रिफरलाई यस्तै साधनको रुपमा प्रयोग गरे । आफ्ना ५ बर्षीय छोरा सरोज पहरीले खेल्दा अचानक लडेर हात भाँच्यो । लगत्तै उनी स्वाथ्य चौकी तालढुङ्गामा पुगे पनि त्यहाँ उनको छोराको उपचार सम्भव भएन । कच्ची सडक भएकाले तुरुन्तै सवारी साधन बोलाउन सक्ने अवस्था थिएन । त्यसैले छिट्टै अस्पताल पु¥याउन नजिक भएको ट्रीफर नै उनको वैकल्पिक साधन बन्यो । त्यसैगरी सोहि दिन खानीखोला ५ का निरमायाँ तामाङ पनि अचानक बिरामी परिन् । उनी पनि नजिकको स्वास्थचौकीमा जाँच गराउन पुगिन् । उनलाई पनि यहाँ उपचार नहुने भनेपछि शहरमा पुग्नै पर्ने बाध्यता आइप¥यो । उनको मात्रै होइन आफ्नो पाठेघरको सल्यक्रिया गरेकी नियमित चेकजाँच गराउनु पर्ने डाँडागाउँकी कान्छीमायाँ तामाङलाई पनि शहर जानु पर्ने बाध्यता थियो । त्यसैले उनी पनि चेकजाँच गराउन भनेर गाउँपालिकाको केन्द्र तालढुङगा झरिन् । तर यस्ता विरामीलाई ओसार्ने सजिलो साधन काभ्रेको डाँडापारिबासीको सहज पहुँचमा बाटोको दुरावस्थाकै कारण सम्भव छैन ।

अचानक गाउँपालिकामा कच्ची रोड खन्दै गरेको डोजर बिग्रियो र त्यहि डोजरको सामान लिएर बनाउनको लागी एउटा ट्रिपर काठमाण्डौ जाने भयो । उनीहरू त्यसैमा यात्रा गर्ने निधो गरे । केही बिरामीहरू अगाडीको सिटमा त केही सामान राख्ने ठाउँमा बसे । हात भाँचिएका सरोज र उनका बुवा निलबहादुर लगायत काठमाण्डौ जाने २७ जना यात्रु ट्रिपरको सामान राख्ने ठाउँमा बसेर यात्रा गरे ।

यसैबीच अचानक ट्रिपर बीच बाटोमा ४ घण्टा फस्यो । चढेका यात्रुहरूले डोरी लगाएर ताने । बिरामी बोक्ने ट्रिपरलाई उनीहरूले छिटै शहर दौडाउन चाहन्थे । घण्टौंको प्रयासपछि शुक्रबार मात्रै उनीहरुले गन्तव्य भेट्न सके । ज्यानको बाजी राखेर चलाउने ती ट्रिपर चालकले बडो संयमताका साथ तीन बिरामी शुक्रबार काठमाण्डौको टिचिङ, बनेपाको शिरमेमोरियल पु¥याउन सकेका थिए । यसरी सामान बोक्ने ट्रिपरहरुले काभ्रेका दुर्गम गाउँपालिकाका बस्तीहरुबाट विपतमा परेका यात्रुहरूलाई ओसार्दै आएको छ । सहज यातायातको अभावमा यात्रु र अचानक विरामी हुनेहरु पनि यिनै साधनको सहारा लिने गर्दछन् ।

प्रकाशित मिति : २०७५, १२ असार मंगलबार  ८ : ४० बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक