२०८३, ११ कार्तिक बुधबार

बनेपामा दलित जनप्रतिनिधिका लागि नेतृत्व विकास र कानुनी शिक्षा कार्यशाला

बनेपामा दलित जनप्रतिनिधिका लागि नेतृत्व विकास र कानुनी शिक्षा कार्यशाला


बनेपा नगरपालिकाभित्र निर्वाचित दलित जनप्रतिनिधिहरुका लागि एकदिने नेतृत्व विकास र कानुनी शिक्षासम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कार्यक्रम शुक्रबार नगरपालिकाको सभाहलमा भएको हो । कार्यक्रममा बनेपा नगरपालिकाको १४ मध्ये १३ वटा वडाका सदस्य, कार्यपालिका सदस्य र अन्य दलित अगुवाहरु सहभागि भएका थिए ।

कार्यक्रममा नगरपालिकाका नगरप्रमूख लक्ष्मी नरसिंह बादेले विभेद रहित नगरपालिका बनाउन आफु अडिक रहेको बताए । ‘म प्रहरी सेवाबाट आएको मान्छे, मैले दलितले पकाएको भात खाएर सेवा पुरा गरेको हुँ, उनले भने ‘जातिय विभेद मुक्त समाज निर्माण गर्न नगरपालिकाले के गर्दा राम्रो हुन्छ सुझाव दिनोस्, म कार्यान्वयन गर्छु ।’ त्यस्तै उपप्रमूख रेखा दाहालले दलित समुदायको उत्थानका लागि नगरपालिकाले सहभागिता मूलक विकासलाई प्राथमिकतामा राखेको भन्दै सक्रिय सहभागि हुन आग्रह गरिन् ।

कार्यक्रममा दलित समुदायको बृद्धि र विकासका लागि नगरपालिकाले बजेट विनियोजन गर्न सुरु गरेको भन्दै आगामी आर्थिक वर्षका लागि गाउँ तहमा भइरहेको योजना तर्जुमा गोष्ठीमा दलित जनप्रतिनिधिको भूमिकाका बारेमा कार्यपालिका सदस्य तेज नेपालीले अनुरोध गरे । ‘तपाईहरुले आ–आफ्नो वडामा भइरहेको योजना तर्जुमा गोष्ठीमा आफ्ना समुदायका लागि हुने योजना समावेश गर्नोस्, उनले भने ‘नगरपालिकाबाट गर्नुपर्ने कामका लागि हामी कार्यपालिका सदस्य छौँ ।’ कार्यपालिकामा ३ जना दलित सदस्य रहेका छन् । नगरपालिकाले चालु आर्थिक वर्षका लागि ४ लाख रुपैयाँ दलित समुदायका लागि विनियोजन गरेको छ ।

निर्वाचित वडा सदस्यहरुलाई डाक्टर बुद्धि नेपाली, दलित आयोगका पूर्व सदस्य सचिव सिताराम घले (नेपाली), दलित अधिकार तथा विकास केन्द्र नेपालका अध्यक्ष मेगेन्द्र विश्वकर्मा लगायतले नेतृत्व विकास र कानुनी ब्यवस्थाका बारे जानकारी गराएका थिए । नेकपा काभ्रेका नेता विष्णु मिजारले स्थानीय तहलाइ राज्यले अधिकार दिएको भन्दै दलितहरुको हकहितमा स्थानीय तहले नै उचित ध्यान दिनुपर्ने बताए । कार्यशालाको आयोजना युनेस्कोको आर्थिक सहयोगमा बनेपा नगरपालिका र दलित अधिकार तथा विकास केन्द्र नेपालले संयुक्त रुपमा गरेका हुन् ।

प्रकाशित मिति : २०७५, १ असार शुक्रबार  ६ : १७ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता