२०८२, २९ असार आईतबार

वरिष्ठ कलाकार भीमबहादुर थापा रहेनन्

वरिष्ठ कलाकार भीमबहादुर थापा रहेनन्


काठमाडौं । परिवारको इच्छा विपरित गल्लाहरुको पछि लागेर लाहुरे बनेका वरिष्ठ कलाकार भीमबहादुर थापाको मंगलबार राति निधन भएको छ । खोटाङको दुर्गम वस्तीमा गाई चराउन गोठालो गएको बेला जंगलबाटै लुकुछिपी गल्लाको पछि लागेर लाहुरे बनी विश्वयुद्ध लडेका थापा सेनाबाट फर्किएपछि कला क्षेत्रमा लागेका थिए । लामो समयदेखि छाती, फोक्सो लगायत समस्याबाट पीडित थापाको निधन ९२ वषको उमेरमा गत मंगलबार राति २ बजेतिर उनको निवास काठमाडौंको मैतीदेवीमा भएको थियो । कलाकार थापाले दर्जनौं चलचित्र, टेलिफिल्म र रेडियो नाटकमा अभिनय गरेका छन् । हाँस्य टेलिफिल्म ‘तीतो सत्य’को अभिनयले उलाई थप लोकप्रिय बनाएको थियो ।

प्रकाशित मिति : २०७५, ३१ जेष्ठ बिहीबार  ९ : ०९ बजे

मन्त्री गुप्ताद्वारा स्पष्टिकरण : तथ्यमा आधारित पत्रकारिताका लागि आग्रह

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी

भानुभक्त आचार्यले नेपाली मनमा रामायण रोपेर जानुभएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको २१२औँ

राष्ट्रपति पौडेलले दिए भानुभक्त जन्मजयन्तीको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म