२०८३, ६ भाद्र आईतबार

काभ्रेमा नेपालकै पहिलो एकीकृत सूचना केन्द्र

काभ्रेमा नेपालकै पहिलो एकीकृत सूचना केन्द्र


काभ्रेको मण्डनदेउपुर नगरपालिकाले नेपालकै पहिलो एकीकृत सूचना केन्द्र सञ्चालनमा ल्याएको छ । सूचना केन्द्रको सोमबार सुचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले उद्घाटन गरे । यो सूचना केन्द्र नेपालमै पहिलो भएको जानकारी गराउँदै मन्त्री बास्कोटाले हरेक स्थानीय तहमा विस्तार गर्दै लैजाने बताए ।

मन्त्री बास्कोटाले पेपर लेस बनाउने सरकारी अवधारण अनुसार सुूचना केन्द्र स्थापना भएको बताए । ‘नेपालमै पहिलो अभ्यासका लागि यो नगरपालिकामा सूचना केन्द्र स्थापना गरिएको हो, उनले भने अब सरकारले नोट लेस गर्ने तयारी पनि गरिरहेको छ ।’ सूचना केन्द्रमा अहिले ३ वटा कम्प्युटर, १ वटा ल्यापटप, फोटोकपी मेसिन १ थान, प्रिन्टर १ थान, प्रोजेक्टर १ थान, सोलार लगायतका प्राविधिक सामग्री छन् । नगरपालिकाका प्रमूख टोक बहादुर वाईबाले सूचना केन्द्र स्थापना भएपछि नगरको दैनिक कामकाजमा निकै सहजता हुने भन्दै मन्त्री बास्कोटालाई धन्यवाद दिए ।

सूचना केन्द्रबाट लोक सेवाको फारम भर्नका साथै देशविदेशमा रहेका आफन्तसँग नगरभित्रका नागरिकहरुले पाउने नगरप्रमूख वाइबाले बताए । सूचना केन्द्रमा राखिएका कम्प्युटरहरुमा कक्षा १० को अग्रेंजी गणित र विज्ञान विषयका श्रब्य दृश्य सामग्री पनि राखिएका छन् । नगरप्रमूख वाईबाले नगरका १२ वटै वडाहरुमा ई सेवा लागु गर्न नगरपालिका लागि रहेको बताए । ‘अब हरेक गतिविधि कम्प्युटर मार्फत इमेल आदानप्रदान गरेर हुन्छ, उनले भने ‘यसले हामीलाई समयको बचत गराउन निकै मद्दत पुग्नेछ ।’

प्रकाशित मिति : २०७५, २८ जेष्ठ सोमबार  २ : ५७ बजे

अमेरिकी-इरान युद्ध’ को सिधा असर नेपाली भान्सामा: पेट्रोल-डिजेलको मूल्य अझै आकासिने, महँगीको नयाँ संकट

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानबीच चर्किएको भूराजनीतिक

पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ

पाल्पा । पाल्पामा एक १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको

कांग्रेसमा देउवा समूहसँग संस्थापनको टक्कर चर्कियो : ‘अदालतको ढोका ढकढक्याएर पार्टी कमजोर नपार्नू’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर संस्थापन र पूर्वसभापति

नाडा शो अघि नै काठमाडौंमा ‘अभतार ०७’ को तहल्का

काठमाडौं । नाडा अटो शो को पर्दा खुल्न अझै केही