२०८२, २४ पुस बिहीबार

अपर तामाकोशी जलविध्युत आयोजनामा अनियमितता गरेको आरोप, कारबाही गराउन अख्तियारमा उजुरी

अपर तामाकोशी जलविध्युत आयोजनामा अनियमितता गरेको आरोप, कारबाही गराउन अख्तियारमा उजुरी


दोलखा । अपर तामाकोसी जलविध्युत आयोजनामा अनियमितता भएको भन्दै सरोकारवालाहरुले छानविन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई गुहारेका छन् । सेयर सरोकार संयुक्त संघर्ष समितिले आयोजनाको अनियमितता उपर छानविन गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ । समितीले आयोजनाको काममा अनावश्यक ढिलासुस्ती गरी लागत बढाएर आयोजनामा अनियमितता गर्ने उद्देश्य राखी आयोजनाका उच्च अधिकारी चलखेलमा लागेको भनि छानविन गर्न माग गरिएको हो ।
आयोजनाका पदाधिकारीहरुले मनोमानी निर्णय गराउँदै आयोजना समयमै निर्धारित लागतमा सम्पन्न गर्ने वातावरण नबनाएको भन्दै संघर्ष समितिले न्यायोचित सिद्धान्तका मान्य आधारमा शेयर वितरणको माग गरेको छ । दोलखामा निर्माणाधीन ४ सय ५६ मेघावाट क्षमताको माथिल्लो तामाकोशी जलविध्युत आयोजना ३९ अर्व लागतमा सम्पन्न गर्ने भनिए पनि अहिले लागत बृद्धि भएर ६० अर्ब पुग्ने अनुमान गरिएको छ ।
समितिका संयोजक वर्मा लामा, सह–संयोजक हिरा थोकर र सचिव बद्रीकुमार चौँलागाईले अनियमितताको विषयमा अख्तियारको ध्यानाकर्षण गराएका हुन् । यसअघि विभिन्न माग राख्दै आन्दोलनरत संघर्ष समितिले १० प्रतिशत शेयर जिल्लाबासीहरुलाई वितरण गर्नुपर्नेमा सो नगरी अनाधिकृत तह र निकायबाट अनाबश्यक निर्णय गराएको भन्दै सो कार्य स्थगित गर्न समेत माग गरेको छ । समितिले सार्वजनिक खरिद ऐन बमोजिम ठेक्कापट्टाको काम कारवाहीका विषयमा छानविन गर्न पनि माग गरेको छ ।

गुणस्तरीय उपकरण खरिद नगरी फरक–फरक कम्पनीका सस्तो मुल्यका उपकरणहरु खरिद गरी आयोजनामा व्यापक अनियमितता भएको उजुरी पत्रमा उल्लेख गरिएको छ । समितिले खाडीचौर–चरिकोट सडकको दुरावस्था देखाई समयमै काम सम्पन्न नगर्ने र माग भई आउने हेभि ईक्युप्मेन्ट समयममा नै आयोजना स्थल पुग्न नसक्ने अवस्थामा उपकरणहरु सप्लाई गर्ने कम्पनिले क्षतिपूर्ति माग गर्दा ठूलो रकम हिनामिना हुने भएको तर्फ समेत गम्भिर ढंगले छानविन हुनुपर्ने माग गरेको छ ।

प्रकाशित मिति : २०७५, २४ जेष्ठ बिहीबार  १० : ४९ बजे

सिन्धुलीमा १७ सय निर्वाचन प्रहरीको भर्ना खोलियो

सिन्धुली । आउँदो फाुगन २१ गतेको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न

प्रधानमन्त्री कार्की र ओलीबीच बालुवाटारमा ३ घण्टा छलफल, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र एमाले अध्यक्ष केपी शर्मा

प्रचण्डको सर्वसत्तावाद र विर्सजनवादको विरुद्ध कडा पत्र लेख्दै रहबरले पार्टी छाडे

काठमाडौं । माओवादीबाट प्रदेश सांसद जितेका रहबर अन्सारीले बिहीबार पार्टी

एमाले सचिव बस्नेतद्वारा सरकारको विश्वसनीयता र निष्पक्षतामा प्रश्न

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारको वर्तमान कार्यशैलीले

नेपाल-कोरिया सम्बन्ध सुदृढ : राजदूत डा. शिवमाया तुम्बाहाम्फेको एक वर्षको सक्रिय कूटनीति

काठमाडौँ । नेपाली राजदूत डा. शिवमाया तुम्बाहाम्फेले दक्षिण कोरियामा आफ्नो