२०८३, ३ कार्तिक मंगलबार

राज्यको कानुन नमान्ने जोसुकैलाई कारबाही गरिनेछः गृहमन्त्री थापा ‘सुनकाण्डमा ठूला माछा पनि पर्न सक्छन्, अनुसन्धान जारी छ’

राज्यको कानुन नमान्ने जोसुकैलाई कारबाही गरिनेछः गृहमन्त्री थापा ‘सुनकाण्डमा ठूला माछा पनि पर्न सक्छन्, अनुसन्धान जारी छ’


काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले राज्यलाई धोका दिने जोसुुकै भए पनि कारबाही गरिने बताएका छन् । ठेकेदार कम्पनी सञ्चालकप्रतिस लक्षित गर्दै उनले भने, ‘अध्यक्ष प्रचण्डको घरधनी होस्, सांसद होस् वा ठूलै नेता किन नहोस् सबैले कानुनलाई मान्नु पर्छ । यदि राज्यको कानुनलाई मान्दैन, कनुन मिच्ने काम गर्दछ र राज्यलाई धोका दिन्छ भने सबैलाई कारबाही हुन्छ ।’ ठेकेदारले समयमा काम पूरा नगरेमा वा ठेक्काको अवहेलना गरेमा त्यसलाई सरकारले गैरकानुनी र ठगी ठान्ने बताउँदै उनले हिजो बुधबार गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा त्यस्ता सबैलाई कारबाही हुने बताएका हुन् ।

पत्रकार सम्मेलनमा उनले सुनकाण्डमा एक पछि अर्को पक्राउ परिरहेका र नयाँ तथ्यहरु खुलिरहेको पनि बताएका छन् । गृहमन्त्री थापाले साढे ३३ किलो सुन तस्करी काण्डमा संलग्नहरु एकपछि अर्को पक्राउ परिरहेका र अनुसन्धान जारीरहेको बताएका हुन् । माछा मार्ने क्रम जारी छ, उनले भने ‘‘अहिलेसम्म साना र मझौला माछा मात्रै परेका छन् । अब आशा गरौं ठूला माछा पनि पर्न सक्छन् ।’

प्रकाशित मिति : २०७५, २४ जेष्ठ बिहीबार  ९ : ५८ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा