२०८३, ४ आश्विन सोमबार

विद्यार्थीले प्रमाणपत्र धितो राखेर ७ लाख अनुदान पाउनु सबै विद्यार्थीको जित हो : सांसद नविना लामा

विद्यार्थीले प्रमाणपत्र धितो राखेर ७ लाख अनुदान पाउनु सबै विद्यार्थीको जित हो : सांसद नविना लामा


काठमाडौं /  नेकपाकी युवा नेतृ एवं सांसद नविना लामाले शैक्षिक प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँ ऋण पाउने बजेटले सबै बिद्यार्थीहरुको जित भएको बताएकी छिन् ।

आर्थिक वर्ष २०७५ र ०७६ को बजेटमाथि आइतबार आफ्नो धारणा राख्दै सांसद लामाले विद्यार्थी आन्दोलनको उपलब्धी रहेको टिप्पणी गरिन। दिद्यार्थीहरुले कठिन परिश्रमबाट पाएको प्रमाणपत्र धितो राखेर ७ लाख रुपैयाँ दिनेगरी बजेट आएको छ, नेपाली बिद्यार्थीहरुमा लागि खुशीको दिन र ऐतिहासिक जित भएको बताइन ।

बजेटको स्वागत र समर्थन गर्दै उनले शैक्षिक प्रमाण दुरुपयोग नहोस भनी अर्थमन्त्रीको ध्यानाकर्षण समेत गराइन् । बजेटले विगतको अर्थतन्त्रलाई समीक्षा गर्दै वर्तमान अर्थतन्त्रको सहि विश्लेषण गरेर भावी एउटा कार्यनीति ल्याएको टिप्पणी गर्दै उनले थपिन– ‘मलाई लाग्छ इतिहासको सबैभन्दा महत्वपूर्ण दस्तावेजको रुपमा यो बजेट रहन्छ। यो बजेटले सुखी नेपाल समृद्ध नेपालको अठोट जाहेर गरेको छ।’

बजेटले गुणस्तरीय शिक्षा र , विश्वविद्यालयको गुणस्तर, विश्वबजारमा प्रतिस्पर्धा गर्ने शिक्षाको विषयलाई समेत सम्बोधन गरेको लामाको ठहर छ। यो बजेटले बैदेशिक रोजगारीमा रहेका युवाहरुलाई ल्िक्षत गरी , स्वरोजगार स्वरोजगार अभियान संचालनका लागि बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति : २०७५, २१ जेष्ठ सोमबार  ८ : ३६ बजे

सूर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्ने : मुख्यमन्त्री किरण थापा

भक्तपुर, ५ असोज : वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले

त्रिपुरेश्वरमा बसमा आगलागी, चालक घाइते

काठमाडौं । त्रिपुरेश्वर चोकस्थित बस स्टप अगाडि बसमा आगलागी हुँदा

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको

अर्थमन्त्रीको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी विदेश विभाग

एमाले केन्द्रीय कमिटी बैठकअघि रामबाग महलमा नेताहरूको चहलपहल

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकअघि भनीमण्डलस्थित रामबाग