२०८२, ३० आश्विन बिहीबार

तेमालका दुई विद्यालयलाई कम्प्युटर हस्तान्तरण

तेमालका दुई विद्यालयलाई कम्प्युटर हस्तान्तरण


काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर २ का दुईवटा विद्यालयलाई कम्प्युटर र ल्याप्टप हस्तान्तरण गरिएको छ । बालकल्याण आधारभूत विद्यालय र सर्बोद्धवर माविलाई चारवटा कम्प्युटर र दुई वटा ल्याप्टप हस्तान्तरण गरिएको हो ।

हाल जापानमा बसोबास गदै आएका सस्र्यूखर्कका ईन्द्रजित तामाङले बालकल्याण आधारभुत विद्यालयलाई चारवटा कम्प्युटर र एक वटा ल्यापटप हस्तान्तरण गरेका हुन । त्यस्तै सर्बोद्धवर माबिलाइ एउटा ल्यापटप र टेबुल कुर्सी हस्तान्तरण गरेका हुन् । शुक्रबार एक कार्यक्रमका बीच ईन्द्र जित लामाले जापानमा रहेका साथीहरूसंग रकम संकलन गरि खरिद गरिएका कम्प्युटर, ल्याप्टप, टेबल, कुर्सी विद्यालयलाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै इन्द्रजित तामाङले कम्प्युटरले ग्रामीण भेगका बालबालिकालाई प्रविधिसँग नजिक बनाउने र दक्षजनशक्ति उत्पादनमा मद्दत पुग्ने बताए । “यो सहयोग लागिका सहयोग मात्रै गरिएको होइन, उनले भने “बाल्यकालमा आफुले कम्प्युटर छुन त के देख्न पनि मुस्किल थियो, तर अबका सन्तातिलाई त्यस्तै वातावरणमा हुर्काउनु हुदैन् ।”

कम्प्युटर हस्तान्तरण कार्यक्रम

कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष तेमाल सिं लामाले विदेश पुगेका युवाहरुले त्यहाँ सिकेका सिप र प्राविधिलाई आफ्नो गाउँ, ठाउँमा पुर्याउन सके समृद्ध गाउँ बन्न ढिलाई नहुने बताए । “विश्वका धेरै देश प्रविधिमा निकै अघि बढीसकेका छन्, वडाध्यक्ष लामाले भने “हामी उनीहरुको दाजाेँमा पुग्न त समय लाग्ला तर समय सापेक्षित ढंगले अघि बढ्न विदेश गएका युवाहरुको ठूलो भूमिका रहन्छ ।” स्थानीय समाजसेवी जगतमान तामाङले नयाँ प्राविधिले शिक्षण सहयोग पुग्ने बताए । प्रधानाध्यापक कुमारसिं तामाङले अब तेमाल भेगमै यो विद्यालय नमूना हुने बताए । स्थानीय अभिभावक चन्द्र सिं लामा र वडा सदस्य डिल्लीमान लामाले वर्तमान शिक्षा प्रणालीलाई समेत सहयोग पुग्ने बताए ।

जापानीज नास्पती र हलुवाबेदको बिरुवा समाज सेवी ईन्द्रजित तामाङ

 

प्रकाशित मिति : २०७५, १८ जेष्ठ शुक्रबार  ४ : २१ बजे

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, यादव पक्षले निर्वाचन बहिष्कार

जनकपुर । जसपा नेपाल मधेश प्रदेशको अधिवेशनमा विवाद उत्पन्न भएको

प्रवक्ता सापकोटा: सरकार मिति तोक्ने तर निर्वाचन नगर्ने बाटोमा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार

मन्त्रिपरिषद् बैठक : १० मिलियन अमेरिकी डलर अनुदान स्वीकृत, राजदूत फिर्ता

काठमाडौं । असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक वित्त

नेप्से घट्दा कारोबारमा सामान्य सुधार

काठमाडौं । नेप्से परिसूचक बिहीबार १८.४० अंकले घटेर २४८७.१७ अंकमा

यूएईकाे छनोटसँगै टी-२० विश्वकप खेल्ने सबै टीमको टुंगो

काठमाडौं । भारत र श्रीलंकामा हुने आउँदो टी-२० विश्वकप खेल्ने