२०८३, ६ जेष्ठ बिहीबार

प्रहरीद्वार हावाई फायर गर्दै नक्कली डलरको कारोबार गर्ने पक्राउ

प्रहरीद्वार हावाई फायर गर्दै नक्कली डलरको कारोबार गर्ने पक्राउ


पाँचखाल । काभ्रेको पाँचखाल नगरपालिका वडन नं. ४  तामाघाट बोहोरे दोभान जाने बाटो नजिकै प्रहरीले ५ राउण्ड हवाई फायर गर्दै नक्कली डलरको कारोबार गर्नेलाई पक्राउ गरेको खबर छ । आइतबार दिसँसो करिब ३ बजे नक्कली डलर साट्ने गिरोहलाई पक्राउ गर्न प्रहरीले हवाई फायर गरेको थियो ।

सस्तोमा डलर साटिदिने भन्दै नक्कली डलर देखाई ठग्न खोज्ने गिरोहलाई पक्राउ गर्न प्रहरीले गोली चलाउन बाध्य भएको प्रहरी श्रोतले बताएको छ । प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि पेस्तोलबाट पाँच राउण्ड गोली चलाइएको इन्सपेक्टर रविराज थपलियाले बताएका छन् । एकान्तमा डलर साट्नुपर्ने भन्दै ती नक्कली कारोबारहिरुले केही व्यक्तिलाई हवाई फायर गरिएको स्थानमा बोलाएका थिए ।

प्रहरीले सिन्धुपाल्चोक बाह्रबिसेका विनोद तामाङलाई पक्राउ गरेको छ। उनीबाट २५ हजार नक्कली डलर र बा ७२ प ३०९६ नम्बरको मोटरसाइकल बरामद गरेको छ। नक्कली डलरको कारोबारमा संलग्न अन्य व्यक्तिहरु भने फारार भएको बताइएको छ ।

प्रकाशित मिति : २०७५, १३ जेष्ठ आईतबार  ८ : ३७ बजे

हुम्ला-बाजुरा सीमा विवाद: राजमार्ग अवरुद्ध, संसदमा कडा प्रश्न

काठमाडौं । हुम्ला र बाजुरा जिल्लाबीचको सीमा विवाद पुनः चर्किँदा

संसद बैठकमा निर्वाचनदेखि विकास वित्तसम्मका विधेयक पेश हुने

काठमाडौँ । प्रतिनिधिसभा को बैठक आज बिहान ११ बजे सिंहदरबार

कर्णालीको ‘तेल सपना’ संकटमा? संसदमा सडक विस्तारको चर्को माग

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अमेरिका-पश्चिमलाई चुनौती दिने नयाँ धुरी ? गहिरिँदै चीन-रूस सम्बन्ध

काठमाडौं । विश्व राजनीतिमा नयाँ शक्ति समीकरण तीव्र रूपमा देखिन

प्रतिनिधिसभामा निर्वाचनसम्बन्धी दुई विधेयक दर्ता, बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा निर्वाचन प्रणालीसँग सम्बन्धित दुई वटा