२०८२, १ मंसिर सोमबार

प्रहरीद्वार हावाई फायर गर्दै नक्कली डलरको कारोबार गर्ने पक्राउ

प्रहरीद्वार हावाई फायर गर्दै नक्कली डलरको कारोबार गर्ने पक्राउ


पाँचखाल । काभ्रेको पाँचखाल नगरपालिका वडन नं. ४  तामाघाट बोहोरे दोभान जाने बाटो नजिकै प्रहरीले ५ राउण्ड हवाई फायर गर्दै नक्कली डलरको कारोबार गर्नेलाई पक्राउ गरेको खबर छ । आइतबार दिसँसो करिब ३ बजे नक्कली डलर साट्ने गिरोहलाई पक्राउ गर्न प्रहरीले हवाई फायर गरेको थियो ।

सस्तोमा डलर साटिदिने भन्दै नक्कली डलर देखाई ठग्न खोज्ने गिरोहलाई पक्राउ गर्न प्रहरीले गोली चलाउन बाध्य भएको प्रहरी श्रोतले बताएको छ । प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि पेस्तोलबाट पाँच राउण्ड गोली चलाइएको इन्सपेक्टर रविराज थपलियाले बताएका छन् । एकान्तमा डलर साट्नुपर्ने भन्दै ती नक्कली कारोबारहिरुले केही व्यक्तिलाई हवाई फायर गरिएको स्थानमा बोलाएका थिए ।

प्रहरीले सिन्धुपाल्चोक बाह्रबिसेका विनोद तामाङलाई पक्राउ गरेको छ। उनीबाट २५ हजार नक्कली डलर र बा ७२ प ३०९६ नम्बरको मोटरसाइकल बरामद गरेको छ। नक्कली डलरको कारोबारमा संलग्न अन्य व्यक्तिहरु भने फारार भएको बताइएको छ ।

प्रकाशित मिति : २०७५, १३ जेष्ठ आईतबार  ८ : ३७ बजे

नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले पाउने छन् प्रिमियम सुविधा

काठमाडौँ । नबिल बैंकले आफ्नो डिजिटल बैंकिङ सेवालाई अझ प्रभावकारी

भिमफेदीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

मकवानपुर । भिमफेदी मकवानपुरको भिमफेदी नजिकै बुङ्दोल खोला पुल क्षेत्रमा

अध्यक्ष ओलीको प्रश्न “संविधानले मान्दैन, संसदले चिन्दैनयो सरकार कसको हो ”

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार

एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा हुने

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन आगामी मंसिर २७

नेकपा दर्तासँगै देशमा दर्ता दलको संख्या १२२ मा झर्‍यो, राष्ट्रिय जेन–जी पार्टीको निवेदन फिर्ता

काठमाडौं । पाँच राजनीतिक दल एकीकृत भएर बनेको नेपाली कम्युनिष्ट