२०८२, २ आश्विन बिहीबार

काभ्रेमा नियम विपरित प्राकृतिक श्रोत दोहन गर्नेको विगविगी

काभ्रेमा नियम विपरित प्राकृतिक श्रोत दोहन गर्नेको विगविगी


काभ्रे । प्रचलित नियम कानुनको धज्जी उडाउँदै सञ्चालनमा ल्याइएको काभ्रेका निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरुले जनजीवन कष्टकर बनाएका छन् । नियमविपरित सञ्चालन हुँदै आएका क्रसर उद्योग, ढुंगाखानी र इट्टा भट्टाहरुका कारण जनजीवन प्रभावित बनेको हो ।

त्यस्ता उद्योगहरुको विगविगीका कारण जीवनयापन गर्नसक्ने अवस्था नभएपछि आफ्नो आवाजको सुनुवाई गराउन नसक्ने कतिपय सर्वसाधारण पुख्र्यौली थातथलोबाट विस्थापित हुनु पर्ने अवस्था छ । गुण्डागर्दीको शैलीमा नियम मिच्दै प्राकृतिक श्रोतको दोहन गरिरहेका व्यवसायीहरुको मनोमानीलाई निरिह बनेर प्रशानले छुट दिइरकाले सयौं घरपरिवार विस्थापितको संघारमा पुगेका छन् ।

वातावरणलाई प्रदुशित बनाउँदै एकोहोरो प्राकृतिक श्रोतको दोहन गरिरहेका व्यवसायीहरुका कारण किसानको खेतीयोग्य जमीनलाई समेत प्रभावित बनाएको छ । क्रसर उद्योगहरुले धमिल्याएको पानीलाई किसानले खेतीपातीमा प्रयोग गर्दा किसानको खेतमा साँखे पुप्रिएर उत्पादनमा समेत हरेक वर्ष ह्रास आइरहेको छ । रोशीको मुहानदेखि नै खोला आसपासका किसानहरुले यस्तो समस्या भोग्दै आएका छन् । उनीहरुको समस्याको सुनुवाई वर्षौदेखि भइरहेको छैन । रोशी खोलाको पानी बाह्रैमास धमिलिएकाले किसानको पशुधनको स्वास्थ्यमा समेत समस्या निम्त्याइएको छ । रोशीको कञ्चन पानीमा आम्दानी नहुने उद्योगका डस्टहरु मिसाएर पूर्णरुपमा प्रदुषित बनाइएकाले यस्तो समस्या आएको स्थानीयले बताउँदै आएका छन् ।

वीपी राजमार्ग आसपासमा सञ्चालित खानी तथा क्रसर उद्योगहरुका कारण जीवन समेत जोखिममा राखेर यात्रुले असुरक्षित यात्रा गर्नु परेको स्थानीय जनप्रतिनिधिले बताएका छन् । व्यस्त वीपी राजमार्गदेखि माथिल्लो भिरालो भू–भागबाट ढुंगा निकाल्नाले यात्रुहरुले जोखिमयुक्त यात्रा गर्नु परेको रोशी गाउँपालिकाका एक प्रतिनिधिले खबरघरलाई बताए ।

त्यसैगरी काभ्रेको पनौतीको नयाँगाउँमा सञ्चालित ढुंगाखानी र क्रसरले स्थानीयहरुलाई सास्ती दिंदै आएका छन् । उद्योगहरुका कारण सर्वसाधारण सुरक्षित नभएको त्यहाँका स्थानीय बताउँछन् । उद्योगहरुको कोलाहल र धुलोले जनजीवन अस्तव्यस्त देखिएको छ । त्यसैगरी काभ्रेमा स्थापित ईट्टा भट्टाले पनि उस्तै सास्ती थपिरहेका छन् । राजधानीबाट बाहिरिएका व्यवसायीहरुले नजिकको जिल्ला काभ्रेको बाक्लो बस्ती आसपासमा उद्योग सञ्चालनमा ल्याएकाले वातावरण प्रदुषित बनाउँदै मानवीय जीवनमा गम्भीर समस्या थोपरिरहेका छन् । नियम र कानुन विपरित प्राकृतिक श्रोतको दोहन गर्नेहरुमाथि प्रशासनको मौनतालाई धेरैले आर्थिक लेनादेनासँग गाँसेर हेर्ने गरेका छन् ।

प्रकाशित मिति : २०७५, ८ जेष्ठ मंगलबार  ९ : ४९ बजे

एन्फाद्वारा शहीदहरूको सम्झनामा श्रदान्जली समारोहको आयोजना

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले जेनजी  आन्दोलनका

आफ्नो देशको समस्या लोकतान्त्रिक बिधी मार्फत देशभित्रैबाट खोजिनुपर्छः मनोजजंग थापा

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य मनोजजंग थापाले

नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटियो

काठमाडौं । जेन जी आन्दोलनका क्रममा राजधानीको केन्द्रमा रहेको संसद्

कोटेश्वरको भाटभटेनीमा पनि भेटियो डढेको शव, जेनजी आन्दोलनमा मृतक संख्या ७४ पुग्यो

काठमाडौं । जेनजी आन्दोलनले निम्त्याएको हिंसा र आगजनीबीच राजधानी काठमाडौंको

आन्दोलनको दबाबमा सभामुखको राजीनामा : राजनीतिक जिम्मेवारी कि नाटकीय भागाभाग ?

हेटौंडा । बागमती प्रदेशसभा सभामुख भुवनकुमार पाठकले जनदबाब र आन्दोलनको