२०८२, १६ माघ शुक्रबार

भारतीय जनता पार्टीका सांसद कीर्तिको अभिब्यक्तिप्रति एमालेको कडा आपत्ती

भारतीय जनता पार्टीका सांसद कीर्तिको अभिब्यक्तिप्रति एमालेको कडा आपत्ती


नेकपा एमालेले भारतको सत्तारुढ दल भाजपाका सांसद कीर्ति आजादकाे अभिब्यक्तिप्रति कडा शब्दमा अापत्ति जनाएकाे छ । भारतका प्रधानमन्त्री नेपालमा भ्रमणमा रहेका बेला सांसद अाजादले जनकपुर भारतमा फर्काउनुपर्छ भनी दिएको अभिव्यक्तिप्रति एमालेले आपत्ति हाे । एमाले वैदेशिक मामिला बिभागले आइतवार प्रेस विज्ञप्ति जारी गरि नेपाल भारत सम्बन्ध सुधारको पयत्न भइरहेका बेला आजादको अभिव्यक्ति निन्दनीय रहेको जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहेकै बेला भाजपा सांसद आजादले ‘जनकपुर सुगौली सन्धिका कारण दुई सय वर्षका लागि नेपाललाई दिइएको र अब प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा फर्काउनुपर्छ’ भनेर ट्वीट गरेका थिए ।

मोदी नेपाल भ्रमणमा रहेका बेला सत्तारुढ दलकै सांसदबाट नेपालका विरुद्धमा आएको उक्त अभिव्यक्ति दुई देशको सम्बन्ध राम्रो हुन नदिने दुराशयबाट प्रेरित देखिएको एमालेले जनाएको छ । दुई देशबीचको मित्रवत् सम्बन्धमा खलल पुर्‍याउने यस्ता अभिव्यक्ति आइन्दा प्रकट नहुने व्यवस्था मिलाउन एमालेले सरकारको ध्यानाकर्षण गराएको छ ।

विदेश विभाग सचिव यादव शर्माले जारी गरेको विज्ञप्ति

प्रकाशित मिति : २०७५, ३० बैशाख आईतबार  ६ : ०७ बजे

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम