२०८३, १५ आश्विन शुक्रबार

काभ्रे जिल्ला भूजेल समाज सेवा समितिको अध्यक्षमा प्रेम सर्वसम्मत निर्वाचित

काभ्रे जिल्ला भूजेल समाज सेवा समितिको अध्यक्षमा प्रेम सर्वसम्मत निर्वाचित


काभ्रे जिल्ला भूजेल समाज सेवा समितिको दोस्रो जिल्ला अधिवेशन सकिएको छ । शनिबार बनेपामा भएको अधिवेशनबाट अध्यक्षमा प्रेम बहादुर भूजेल सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा इन्द्र कुमारी भूजेल, सचिवमा सुरेश भूजेल, कोषाध्यक्षमा उत्तम भूजेल र सह सचिवमा ध्रुब बहादुर भूजेल सर्वसम्मत निर्वाचित भएका छन् । समितिको सदस्यहरुमा दिल बहादुर भूजेल, गुण बहादुर भूजेल, चिनु भूजेल लगायत सम्पूर्ण सदस्य सर्वसम्मत निर्वाचत भएका छन् । जिल्ला कार्यसमितिमा १५ जना सदस्य छन् ।

भूजेल समाजका केन्द्रिय अध्यक्ष लोक बहादुर भूजेलको प्रमूख आतिथ्यमा भएको मुल कार्य समितिको अधिवेशनकै क्रममा भूजेल विद्यार्थी मञ्च, भूजेल महिला समिति र भूजेल युवा संघको पनि अधिवेशन सम्पन्न भएको छ ।

काभ्रे जिल्ला भूजेल समाज सेवा समितिको दोस्रो जिल्ला अधिवेशनमा सहभागिहरू

विद्यार्थी मञ्चको अध्यक्षमा राजन भूजेल, उपाध्यक्षमा यमुना भूजेल, सचिवमा सदिना भूजेल, कोषाध्यक्षमा पुष्पाञ्जली भूजेल र सहसचिवमा सुजना भूजेल सर्वसम्मत निर्वाचित भएका छन् । विवेक भूजेल, कमल भूजेल, निरुपण भूजेल लगायत सदस्यमा निर्वाचित भएका छन् ।

त्यस्तै महिला समितिको अध्यक्षमा सरस्वती भूजेल, बरिष्ठ उपाध्यक्ष्माा रोशनी भूजेल, उपाध्यक्षमा अञ्जना भूजेल, सचिवमा अञ्जना भूजेल र कोषाध्यक्षमा अनुपा भूजेल सर्वसम्मत निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा लक्ष्मी भूजेल, गंगा भूजेल, बन्दना भूजेल र ओम कुमारी भूजेल सर्वसम्मत निर्वाचित भएको भूजेल जिल्ला कार्य समितिका नवनिर्वाचित सचिव सुरेश भूजेलले जानकारी दिए ।

पूर्व अध्यक्ष ज्ञान बहादुर भूजेलको अध्यक्षतामा भएको कार्यक्रममा भूजेल समाजका केन्द्रिय सल्लाकार सदस्य बाबुराम भूजेल, केन्द्रिय सचिव राम गोपाल भूजेल, हिलारी बन्धु भूजेल, तृश्नजंग भूजेल लगायतले आफ्नो मन्तब्य राखेका थिए ।

प्रकाशित मिति : २०७५, २९ बैशाख शनिबार  ७ : ४० बजे

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र

१६६ वटा विधेयक संसदमा दर्ता गर्ने सरकारको लक्ष्य : कानुनमन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले चालु

अमेरिकी सैन्य फिर्तीको इराक आयाम

अमेरिकाले सन् २००३ मा सद्दाम हुसेनको शासनसत्ता अन्त्य गर्ने र

काठमाडौं उपत्यकामा २४ घण्टामा ८२१ सवारीसाधनमाथि ट्राफिक कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन

वेस्टर्न युनियनले ल्यायो ‘यो दशैं म छु सँगै’ अभियान : भाग्यशालीलाई पाँच लाख पुरस्कार

काठमाडौं । नजिकिँदै गरेको चाडपर्वको अवसर पारेर क्रस–बोर्डर मुद्रा स्थानान्तरण