२०८२, २८ असार शनिबार

माेदी भ्रमणले अाज अबरूद्ध हुने राजधानीकाे सवारी रूट

माेदी भ्रमणले अाज अबरूद्ध हुने राजधानीकाे सवारी रूट


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा रहेको दोस्रो दिन शनिबार पनि उपत्यकाको सवारी आवागमन केहीबेर प्रभावित हुने भएको छ ।

यस्ताे हुने छ शनिबार माेदीकाे रूट 

पशुपतिबाट हायात होटल

पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेपछि मोदी आफू बसेको होटल हायातमा जानेछन् । त्यहाँ जाँदा पशुपतिको पश्चिम गेट, भुवनेश्वरी चोक, गौशाला, मित्रपार्क, चाबहिल, चुच्चेपाटीको रुट प्रयोग हुनेछ ।

यसैगरी पशुपतिनाथको दक्षिण गेटबाट गौशाला, गौरीघाट, टुसाल हुँदै होटल हायात पुग्ने रुटलाई विकल्पको रुपमा राखिएको छ ।

हायातबाट राष्ट्रिय सभागृह

हायात होटलमा खानपिन र केहीबेर आराम गरेपछि मोदी राष्ट्रिय सभागृहमा नागरिक अभिन्दन समारोहमा सहभागी हुनेछन् । त्यसको लागि करिब २ः४५ को सवारी समय निर्धारण गरिएको छ ।

राष्ट्रिय सभागृहसम्म आउँदा चाबहिल, मित्रपार्क, गौशाला चोक, तिलगंगा एयरपोर्ट गेट, सिनामंगल, तिनकुने, नयाँबानेश्वर, बिजुलीबजार, माइतीघर, सिंहदरवार, पद्मोदय मोड, भृकुटीमण्डपको रुट प्रयोग हुनेछ ।

यसैगरी विकल्पको रुपमा चाबहिल, सुकेधारा, नारायणगोपाल चोक, शिक्षण अस्पताल, पानीपोखरी, ग्याङ्जोङ होटल, लैनचौर, केशरमहल, महेन्द्रशालिक, घण्टाघर, पुरानो बसपार्क हुँदै राष्ट्रियसभा गृहसम्मको रुटलाई राखिएको छ ।

राष्ट्रिय सभागृहबाट एयरपोर्ट

राष्ट्रियसभा गृहमा काठमाडौं महानगरपालिकाको तर्फबाट मोदीलाई नागरिक अभिनन्दन गर्ने र नगरको साँचो हस्तान्तरण गर्ने कार्यक्रम छ ।त्यसपछि मोदी स्वदेश फिर्तीका लागि एयरपोर्टतर्फ प्रस्थान गर्नेछन् । उनी एयरपोर्ट प्रस्थान गर्नका लागि करिब पौने चार बजेको सवारी समय निर्धारण गरिएको छ ।

त्यसका लागि राष्ट्रिय सभागृहबाट भद्रकाली, सिंहदरवार, माइतीघर, बिजुलीबजार, नयाँबानेश्वर, तिनकुने, सिनामंगल, एयरपोर्ट गेट, गौचर ब्यारेक हुँदै मोदी विमानस्थलभित्र प्रवेश गर्नेछन् । यसको विकल्पको रुपमा भद्रकाली, गोश्वारा हुलाक, जमल, केशरमहल, लैनचौर, पानीपोखरी, महाराजगञ्ज, सुकेधारा, चाबहिल हुँदै एयरपोर्ट पुग्ने रुट निर्धारण गरिएको छ । शुक्रबार जनकपुर हुँदै काठमाडौं आएका मोदी अपराह्न चार बजे स्वदेश फर्किने छन् ।

प्रकाशित मिति : २०७५, २९ बैशाख शनिबार  ९ : ३१ बजे

प्रधानमन्त्री ओलीद्वारा माई नगर अस्पताल उद्घाटन, २४ घण्टा सेवा सुरु

इलाम । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भन्छिन् : ‘जबज केवल राजनीतिक सिद्धान्त होइन, दार्शनिक मार्गदर्शन हो’

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) केवल

नाडा अटो शो २०२५ मा विशेष आकर्षण बन्दै ‘नामी ०६’, बेस्ट–सेलर बन्ने सम्भावना कति ?

काठमाडौं । अन्तर्राष्ट्रिय अटोमोबाइल बजारमा ब्यापक चर्चा बटुलिरहेको चिनियाँ विद्युतीय

राजनीतिक पार्टीहरु वैचारिकरुपमा पूर्नगठित हुन नसके विलय हुन्छन : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभाका सदस्य योगेश भट्टराईले

गणतन्त्रको मेरुदण्ड राजनीतिक दल हुन् : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले गणतान्त्रिक व्यवस्थाको सफल कार्यान्वयनमा राजनीतिक