२०८२, २२ भाद्र आईतबार

बनेपाको कृषि मेलामा एक करोडको कारोवार

बनेपाको कृषि मेलामा एक करोडको कारोवार


बनेपा/काभ्रे जिल्लाको मूख्य ब्यापारिक केन्द्र बनेपामा कृषि ब्यवसाय प्रवद्र्धन ब्यापार मेला सम्पन्न भएको छ । ४ दिनसम्म चलेको कृषि मेलामा तरकारीजन्य, दुधजन्य, मासुजन्य, प्राङ्गारिक, जैविक विषादी, जैविक मल, कृषि सम्वन्धी नयाँ प्रविधिको प्रदर्शन गरिएको थियो ।
काभ्रे कृषि बजार मल्टिपर्पोज प्रालि, सम्बृद्ध काभ्रे कृषि सहकारी संस्था र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आयोजना गरेको मेला शनिबार सुरु भएर मंगलबार सकिएको मेलामा एक करोडभन्दा बढीको आर्थिक कारोवार भएको आयोजकले दाबी गरेका छन् । मेला अवधिभर १० हजार बढीले अवलोकन गरेको काभ्रे कृषि बजार मिल्टपर्पोज प्रालिका अध्यक्ष पूर्णचन्द्र सिग्देलले बताए ।

समापन समारोहलाई सम्बोधन गर्दै सूचना, संचार तथा प्रविधि राज्यमन्त्री गोकूल बास्कोटाले सरकारले कृषि क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउन लागेको बताउँदै टुक्रे खेति नभई अब चक्लाबन्दी खेति गर्न आग्रह गरे । सम्वृद्ध नेपाल, सुखी नेपाली को नाराका साथ सरकार अघि बढेको भन्दै मन्त्री बास्कोटाले अब जनताले प्रत्यक्ष लाभ पाउने गरि काम गर्ने बताए । राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्र बहादुर श्रेष्ठले अब स्थानीय सरकार हुँदै स्थायी सरकार बनिसकेकाले कृषि क्षेत्रले फड्को मार्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा काभ्रे जिल्लाका प्रदेश सांसदहरु बसुन्धरा हुमागाईं र लक्ष्मण लम्सालले आफुहरु पनि कृषककै छोरा भएकाले कृषि क्षेत्र र कृषकहरुको उन्नतीका लागि नीतिगत रुपमा आफुहरु लागि पर्ने बताएका थिए । मेलामा कृषि उपज, कृषि सामग्री, पशुजन्य वस्तुहरुको प्रदर्शनीसँगै किसानहरुबीच प्रतिस्पर्धा, उत्कृष्ट कृषकहरुलाई पुरस्कार, नर्सरी, मह लगायतको व्यवस्था समेत गरिएको थियो भने ५० भन्दा बढी स्टलहरु रहकोमा किसानहरुका लागि निःशुल्क स्टलहरुको व्यवस्था गरिएको थियो । मेलालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन कार्यान्वयन ईकाई (आलु), लभ ग्रिन नेपाल, सिप्रेड, ग्रामिण उत्थान बहुमुखी सेवा समिति, ग्रामिण आदर्श सेवा केन्द्र लगायतका संस्थाहरुले पनि सहयोग गरेको आयोजकले बताएका छन् ।

प्रकाशित मिति : २०७५, १८ बैशाख मंगलबार  ७ : ०२ बजे

एमाले विधान महाधिवेशन : अध्यक्ष ओलीको जवाफपछि प्रतिवेदन पारित गर्ने, आजै समापन 

काठमाडौं । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आज समापन हुँदैछ।

सेजन अध्यक्षमा भागवत भट्टराई र महासचिवमा कमलकुमार बस्नेत निर्वाचित

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औं

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय

नेपालले राष्ट्रिय एआई नीति पारित, प्रविधि विकासमा नयाँ युगको शुरुआत

काठमाडौं । नेपाल सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८१

निजामती दिवसमा प्रधानमन्त्री ओलीको सन्देश: “सेवा नागरिकसम्म, झन्झट असह्य”

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा दिवसको अवसरमा