२०८३, २१ बैशाख मंगलबार

बनेपाको कृषि मेलामा एक करोडको कारोवार

बनेपाको कृषि मेलामा एक करोडको कारोवार


बनेपा/काभ्रे जिल्लाको मूख्य ब्यापारिक केन्द्र बनेपामा कृषि ब्यवसाय प्रवद्र्धन ब्यापार मेला सम्पन्न भएको छ । ४ दिनसम्म चलेको कृषि मेलामा तरकारीजन्य, दुधजन्य, मासुजन्य, प्राङ्गारिक, जैविक विषादी, जैविक मल, कृषि सम्वन्धी नयाँ प्रविधिको प्रदर्शन गरिएको थियो ।
काभ्रे कृषि बजार मल्टिपर्पोज प्रालि, सम्बृद्ध काभ्रे कृषि सहकारी संस्था र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आयोजना गरेको मेला शनिबार सुरु भएर मंगलबार सकिएको मेलामा एक करोडभन्दा बढीको आर्थिक कारोवार भएको आयोजकले दाबी गरेका छन् । मेला अवधिभर १० हजार बढीले अवलोकन गरेको काभ्रे कृषि बजार मिल्टपर्पोज प्रालिका अध्यक्ष पूर्णचन्द्र सिग्देलले बताए ।

समापन समारोहलाई सम्बोधन गर्दै सूचना, संचार तथा प्रविधि राज्यमन्त्री गोकूल बास्कोटाले सरकारले कृषि क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउन लागेको बताउँदै टुक्रे खेति नभई अब चक्लाबन्दी खेति गर्न आग्रह गरे । सम्वृद्ध नेपाल, सुखी नेपाली को नाराका साथ सरकार अघि बढेको भन्दै मन्त्री बास्कोटाले अब जनताले प्रत्यक्ष लाभ पाउने गरि काम गर्ने बताए । राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्र बहादुर श्रेष्ठले अब स्थानीय सरकार हुँदै स्थायी सरकार बनिसकेकाले कृषि क्षेत्रले फड्को मार्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा काभ्रे जिल्लाका प्रदेश सांसदहरु बसुन्धरा हुमागाईं र लक्ष्मण लम्सालले आफुहरु पनि कृषककै छोरा भएकाले कृषि क्षेत्र र कृषकहरुको उन्नतीका लागि नीतिगत रुपमा आफुहरु लागि पर्ने बताएका थिए । मेलामा कृषि उपज, कृषि सामग्री, पशुजन्य वस्तुहरुको प्रदर्शनीसँगै किसानहरुबीच प्रतिस्पर्धा, उत्कृष्ट कृषकहरुलाई पुरस्कार, नर्सरी, मह लगायतको व्यवस्था समेत गरिएको थियो भने ५० भन्दा बढी स्टलहरु रहकोमा किसानहरुका लागि निःशुल्क स्टलहरुको व्यवस्था गरिएको थियो । मेलालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन कार्यान्वयन ईकाई (आलु), लभ ग्रिन नेपाल, सिप्रेड, ग्रामिण उत्थान बहुमुखी सेवा समिति, ग्रामिण आदर्श सेवा केन्द्र लगायतका संस्थाहरुले पनि सहयोग गरेको आयोजकले बताएका छन् ।

प्रकाशित मिति : २०७५, १८ बैशाख मंगलबार  ७ : ०२ बजे

सार्वजनिक खरिद अध्यादेशप्रति निर्माण व्यवसायी असन्तुष्ट, पूर्वाधार विकासमा असर पर्ने चिन्ता

काठमाडौं । नेपाल सरकारले ल्याएको सार्वजनिक खरिद अध्यादेशले पूर्वाधार निर्माणका

जनमत पार्टीमा विवादबीच सरकार समर्थन कायम रहेको दाबी, आन्तरिक मतभेद सतहमा

जनकपुरधाम । जनमत पार्टीभित्र देखिएको आन्तरिक विवादका बीच संसदीय दलका

यूएईमा ‘सम्भावित हवाई खतरा’को चेतावनी, अमेरिकी दूतावास सतर्क

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)स्थित अमेरिकी दूतावासले ‘सम्भावित हवाई

मेघगर्जनसहित वर्षा बढ्ने संकेत, सतर्क रहन आग्रह

काठमाडौं । देशभर आज मौसम बदली भई विभिन्न स्थानमा मेघगर्जन

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष