२०८३, ३० आश्विन शनिबार

‘हामीले सिटामोल कहिले पाउने ?’

‘हामीले सिटामोल कहिले पाउने ?’


मण्डन देउपुर । काभ्रेको मण्डन देउपुर नगरपालिका वडा नम्बर ११ जैशिथोकका स्थानीयले गाउँमै रहेको उपस्वास्थ्य चौकीको सेवा प्रभावकारी बनाउन माग गरेका छन् । कार्यालयमा दरबन्दी अनुसारको स्वास्थ्य कर्मचारी भएर पनि सामान्य उपचार समेत नापएपछि गुनासो गरेका हुन् । स्थानीयले उपस्वास्थ्यचौकी बाट महिला स्वास्थ्य स्वयम्सेवीका परिचालन प्रभावकारी बनाउन सुझाव दिएका छन् ।

सरकारले ७० किसिमको औषधी उपस्वास्थ्य चौकीबाट निशुल्क दिने घोषणा गरेपनि जैसीथोकका स्थानीयले ३५ प्रकारको औषधी समेत कहिल्यै देख्न पाएका छैनन् । जैसीथोक ११का हौईसेल तामाङले भने –“सरकारले धेरै औषधी सित्तैमा दिने भनेको छ, यहाँ सिटामोल पनि पाईदैन, हामीले सिटामाल कहिले पाउने ?” त्यस्तै स्थानीय शिक्षक बाबुकृष्ण पराजुलीले गाउँघर क्लिनिक पनि प्रवाभकारी नभएको बताए । गाउँघर क्लिनिक बारे स्थानीय नै बेखबर रहेकाले यो कार्यक्रम प्रभावकारी नभएको पराजुलीको दावी छ । झगडडाँडाका सुलोचना तामाङलाई पनि उपस्वास्थ चौकीले विभेद गरेको बताईन ।

सामुदायिक मेलमिलाप केन्द्रका अध्यक्ष ईन्द्र प्रसाद तिमल्सीना, नागरिक सञ्जालका केन्द्रिय सदस्य नवरोज सापकोटा, मण्डन देउपुर नगर कार्यपालिका सदस्य सुमित्रा भट्टराई, स्थानीय समाजसेवी सुदर्शन न्यौपानेले सार्वजनिक सेवा प्रवाहलाई प्रभाकारी बनाउन स्थानीय आफैं पनि सचेत रहनुपर्ने बताए । शिक्षक छन्द प्रसाद सापकोटा, युवराज बस्याल लगायतले पनि स्वास्थ्यचौकीको सेवा प्रवाभकारी बनाउन स्थानीय पनि लाग्नुपर्नेमा जोड दिए । उपस्वास्थ्य चौकीले सामाजिक लेखा परीक्षण तथा सार्वजनिक सुनुवाई नभएकोमा र कार्यालय परिसरमा सबैले देख्नेगरी नागरिक वडापत्र नराखेकोमा स्थानीयले आक्रोस पोखेका थिए ।

उपस्वास्थ्य चौकी सञ्चालक समितिका अध्यक्ष एवम् वडाध्यक्ष माधवप्रसाद न्यौपानेले ७ दिन भित्र सबै सेवाग्राहीलाई उपस्वास्थ्य चौकीले दिने सेवासुविधा बारे सबैले देख्नेगरी नागरिक वडापत्र राख्ने बताएका छन् । त्यस्तै वडाध्यक्षले चौकीको सेवा सुधारका लागि पहल थाल्ने प्रतिवद्धता समेत जनाएका छन् । उपस्वास्थ्य चौकीका ईन्चार्ज हेमलाल गौतमले नगरपालिकाको स्वास्थ्य समितिले पर्याप्त मात्रामा औषधी नदिदा चाहेजत्ति औषधी वितरण गर्न नसकेको बताए । गौतमले उपस्वास्थ चौकीबाट ३५ प्रकारको औषधी निशुल्क वितरण संगै सिटामोलसम्म वितरण गर्न नसक्दा दुख लागेको बताए । उनले नगरपालिकासंग समन्वय औषधीहरु दिने, महिला स्वास्थ्य स्वयम्सेवीकाहरुलाई परिचालन गर्ने गाउँघर क्लिनिक नियमित बनाउने, पोषण कार्यक्रम, प्राथमिक उपचार कार्यक्रमलाई पनि प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
“समुदायको अगुवाईमा जवाफदेहीताको असल अभ्यास परियोजना” अन्तरगत सामुदायिक अंक तालिका वीधिको प्रयोगद्धारा गरेको सार्वजनिक सुनुवाई कार्यक्रमले सरकारी सेवा प्रभावकारी बनाउन मद्धत पुग्ने शैक्षिक नमुना ग्रामिण विकास केन्द्रका कार्यक्रम संयोजक शिवराम आचार्यले बताए । कार्यक्रमले शुषासनको प्रत्याभुति दिलाउन टेवा पुग्ने परियोजना अधिकृत चमार सिं लामा (सिएस) को धारणा छ । लामाका अनुसार एक्सन एडको आर्थिक सहयोग र शैक्षिक नमुना ग्रामिण विकास केन्द्रको साझेदारीमा मण्डन देउपुरमा पारदर्शी र जवाफदेहीताका लागि यस्तो अभियान संस्थाले सञ्चालन गर्दै आएरहेको छ ।

प्रकाशित मिति : २०७५, ११ बैशाख मंगलबार  ९ : ५९ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा