२०८३, १७ भाद्र बिहीबार

काभ्रे मण्डनको बिन्धवासिनी माविलाई ६ कोठे पक्की भवन

काभ्रे मण्डनको बिन्धवासिनी माविलाई ६ कोठे पक्की भवन


काभ्रेको मण्डनदेउपुर नगरपालिका बडा नं १० जोगिटारमा रहेको विन्धबासिनी माविलाई ६ कोठे भुकम्प प्रतिरोधी पक्की भवन हस्तान्तरण गरिएको छ । एक्सन एड नेपाल र शैक्षिक नमूना ग्रामीण विकास केन्द्र मण्डनदेउपुरको साझेदारीमा निर्माण गरिएको भवन सोमबार हस्तान्तरण गरिएको हो । भवन ९७ लाखको लागतमा निर्माण गरिएको शैक्षिक नमूना ग्रामीण विकास केन्द्रका कार्यक्रम संयोजक शिवराम आचार्यले जानकारी दिए ।

यो विद्यालयमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाबाट समेत विद्यार्थीहरु अध्ययनका लागि आउने गरेका छन् । विद्यालयमा हाल २३३ जना विद्यार्थी अध्ययनरत छन् । २०७२ साल बैशाख १२ को भूकम्पले उक्त विद्यालयको भवनका साथै ४ वटा कम्प्युटर समेत पूर्ण क्षति पुगेको थियो । भत्किएको भवन पुनःनिर्माण भएपछि पठनपाठनका लागि निकै सजिलो भएको विद्यालयका शिक्षक माधव प्रसाद नेपालले बताए ।

भवन हस्तान्तरण कार्यक्रममा एक्सन एड नेपालका कार्यक्रम अधिकृत बासना सापकोटाले भवन निर्माणका लागि आर्थिकसँगै विद्यालयको समग्र गुणस्तरीय सुधारका लागि आगामी दिनमा पनि सहयोग जारी रहने बताइन् । भूकम्पपछि निर्माण पूरा भएको यो विद्यालय यस क्षेत्रकै उदारणीय बन्ने उनले विश्वास ब्यक्त गरिन् । कार्यक्रममा वडाध्यक्ष विष्णुमणि नेपालले भूकम्पप्रतिरोधात्मक यो विद्यालय भवनलाई आफुले संरक्षण गरेर राख्ने बताए । त्यस्तै पूर्वगृह सचिव जर्नादन नेपालले कम आर्थिक क्षमता भएका बालबालिकालाई यो विद्यालयले पठनपठान मद्दत पुग्ने भन्दै खुशी ब्यक्त गरे ।

कार्यक्रममा संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाले मण्डनदेउपुर नगरपालिकाभित्र संस्थाले दुईवटा बचत समूह, दुईवटा किशोरी समूह सञ्चालनमा ल्याएको र त्यो जिल्लाकै नमूना रहेको दाबी गरे । समूहमा आबद्ध उनीहरुलाई संस्थाले विभिन्न क्षमताअभिबृद्धिसम्बन्धी तालिम तथा आवश्यक औजारसमेत प्रदान गरेको भन्दै अध्यक्ष सापकोटाले त्यसलाई ब्यवहारमा उतार्न आग्रह गरे । उनले गाउँमा विद्यालयको राम्रो भवन बन्नु मात्रै सबैथोक नभएको भन्दै गुणस्तरीय शिक्षा पाएर ब्यवहारमा परिवर्तन आएमात्रै विकास भन्न सकिने धारणा राखे ।

प्रकाशित मिति : २०७५, १० बैशाख सोमबार  ९ : ३७ बजे

भोटेकोशी बाढीको भयावह तस्वीर : १,२५२ शव फेला, ४,२१६ अझै बेपत्ता

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले भयावह मानवीय क्षति निम्त्याएको

नुवाकोटमा विद्युत् आपूर्ति ९० प्रतिशत पुनःस्थापित

काठमाडौं । चपली–देवीघाट दायाँ सर्किट चार्ज भएपछि नुवाकोट जिल्लाका थप

रास्वपाको सचिवालय बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक जारी रहेको

सुनको भाउ फेरि तीन लाख माथि, एकैदिन तोलामा ७ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि तीन लाख रुपैयाँभन्दा माथि

रोशीमा प्रमुख प्रशासकीय अधिकृतले कार्यालयमा तालाबन्दी गरेपछि कर्मचारी हाजिरविहीन

काभ्रे । प्रमुख प्रशासकीय अधिकृतले कार्यालयमा तालाबन्दी गरेपछि कर्मचारी हाजिरविहीन