२०८२, १३ फाल्गुन बुधबार

धुलिखेल दिनभर रम्यो सडक महोत्सवले, काभ्रे महोत्सवमा भन्दा बढी दर्शक

धुलिखेल दिनभर रम्यो सडक महोत्सवले, काभ्रे महोत्सवमा भन्दा बढी दर्शक


उसै पनि नयाँ वर्षको पहिलो दिन । त्यसमाथि शनिबार । धुलिखेलमा चलेको सडक महोत्सव । धुलिखेलमै २०७४ साल फागुन २३ देखि चैत ४ गतेसम्म चलेको काभ्रे महोत्सवलाई नै बिर्साउने दर्शक ।

भरिभराउ स्टलहरू

स्थानीय कला, सस्कृति र खानालाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको धुलिखेल खाना महोत्सवमा दर्शकहरु नाचे, झुमे । नयाँ वर्ष यसैमा मनाए । खाना महोत्सवमा सस्तो मूल्यमा स्थानीय देखि अन्तराष्ट्रिय स्तरका खानाका स्टलहरु राखिएका थिए । हरेक स्टलहरुमा दर्शकहरुको घुइचो थियो ।

सडक महाेत्सवमा अाएका दर्शक

सरस्वती बजार देखि अस्पताल चोकसम्मको सडकहरुमा धुलिखेललाई चिनाउने पुरानो फोटो, विभिन्न साँस्कृतिक झाकीहरुले साच्चै धुलिखेल घुम्न आएका आन्तरिक तथा बाह्यक पर्यटकहरुलाई लोभ्याइरहेको थियो । बृद्धा,बृद्ध, युवापुस्ता देखि बालबालिका समेत रुचिका साथ हिरिरहेका भेटिन्थे । धुलिखेलको पुरानो फोटो ।

धुलिखेलकाे पुरानाे फाेटाे अवलाेकन गर्दै अवलाेकन कर्ताहरू

शशिकला र अभिनाषले नचाए दर्शक (भिडियो सहित)
झण्डै एक महिना अघि आयोजना गरिएको काभ्रे महोत्सवमा नदेखिएको दर्शक संख्या शनिबार धुलिखेलमा आयोजना गरिएको धुलिखेल सडक महोत्सवका उपस्थिति भएका थिए । स्थानीय देखि राष्ट्रिय स्तरका कलाकारहरुले उपस्थित दर्शकहरुलाई भरपुर मनोरञ्जन दिए । शशिकला मोक्तानले तीन वटा गीत गाईन् । नाचु, नाचु लाग्यो मलाई र के लाग्यो बोन्बो के लाग्यो सेलो अनि नाचि देउ दुई पाइला सारेर बोलको लोक दोहोरी भाका । जब शशिकला स्टेजमा उपस्थित भइन दर्शक दीर्घबाट चर्को हुटिङ ।

सेलो र लोक दोहोरीहरुमा उनले दर्शकलाई नतमस्तक हुने गरी नचाएर उनी फर्किइन् । कार्यक्रम सञ्चालकले अभिनाष घिसिङ आउने पनि जानकारी दिए दिउँसै । त्यहि भएर उनका शुभचिन्तकहरु उनलाई कुरेरै बसे । उनी साझ अबेर धुलिखेल आइपुगे । कलकत्ते काइयो, केस मेरो बाङ्यो, कति राम्रो फुल बुट्टे सारी, चम्पा तम्रा याद बोकी सहरतिर आया, लगायत पुरानो भर्सनको गीत गाए । बैशाख लाग्दा पनि धुलिखेलमा साझ र विहान चिसो उस्तै छ । तर अभिनाषको गीतमा दर्शकले त्यो चिसो पचाए । अभिनाष पनि नाचे, दर्शकलाई धित मर्ने गरी नचाए ।

https://www.youtube.com/watch?v=pRAlrvHt5gQ&t=21s

प्रकाशित मिति : २०७५, १ बैशाख शनिबार  ८ : ५३ बजे

शंकर पोखरेलको विकास दृष्टि : संरचना,स्थायित्व र समृद्ध भविष्यको रणनीतिक मार्गचित्र

राजनीतिमा प्रतिबद्धता धेरैले व्यक्त गर्छन् । तर त्यसलाई योजनाबद्ध दृष्टि,

हरिहरपुरगढीका वडाहरुमा एमालेप्रति देखियो उत्साह

सिन्धुली । नेकपा एमाले हरिहरपुरगढी गाउँपालिका ६ मा एमालेको निर्वाचन

निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन का क्रममा खटिने

ओलीलाई “सिङ्गो गाउँ” उपहार, बारसुदीका ४०० मतदाता एमाले प्रवेश

गौरीगञ्ज । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एमाले

नेताहरूनैं मतदान अधिकृत !

सिन्धुली । सिन्धुली क्षेत्र नंं २ को निर्वाचन कार्यालय खटाएको