२०८२, २९ भाद्र आईतबार

धुलिखेल दिनभर रम्यो सडक महोत्सवले, काभ्रे महोत्सवमा भन्दा बढी दर्शक

धुलिखेल दिनभर रम्यो सडक महोत्सवले, काभ्रे महोत्सवमा भन्दा बढी दर्शक


उसै पनि नयाँ वर्षको पहिलो दिन । त्यसमाथि शनिबार । धुलिखेलमा चलेको सडक महोत्सव । धुलिखेलमै २०७४ साल फागुन २३ देखि चैत ४ गतेसम्म चलेको काभ्रे महोत्सवलाई नै बिर्साउने दर्शक ।

भरिभराउ स्टलहरू

स्थानीय कला, सस्कृति र खानालाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको धुलिखेल खाना महोत्सवमा दर्शकहरु नाचे, झुमे । नयाँ वर्ष यसैमा मनाए । खाना महोत्सवमा सस्तो मूल्यमा स्थानीय देखि अन्तराष्ट्रिय स्तरका खानाका स्टलहरु राखिएका थिए । हरेक स्टलहरुमा दर्शकहरुको घुइचो थियो ।

सडक महाेत्सवमा अाएका दर्शक

सरस्वती बजार देखि अस्पताल चोकसम्मको सडकहरुमा धुलिखेललाई चिनाउने पुरानो फोटो, विभिन्न साँस्कृतिक झाकीहरुले साच्चै धुलिखेल घुम्न आएका आन्तरिक तथा बाह्यक पर्यटकहरुलाई लोभ्याइरहेको थियो । बृद्धा,बृद्ध, युवापुस्ता देखि बालबालिका समेत रुचिका साथ हिरिरहेका भेटिन्थे । धुलिखेलको पुरानो फोटो ।

धुलिखेलकाे पुरानाे फाेटाे अवलाेकन गर्दै अवलाेकन कर्ताहरू

शशिकला र अभिनाषले नचाए दर्शक (भिडियो सहित)
झण्डै एक महिना अघि आयोजना गरिएको काभ्रे महोत्सवमा नदेखिएको दर्शक संख्या शनिबार धुलिखेलमा आयोजना गरिएको धुलिखेल सडक महोत्सवका उपस्थिति भएका थिए । स्थानीय देखि राष्ट्रिय स्तरका कलाकारहरुले उपस्थित दर्शकहरुलाई भरपुर मनोरञ्जन दिए । शशिकला मोक्तानले तीन वटा गीत गाईन् । नाचु, नाचु लाग्यो मलाई र के लाग्यो बोन्बो के लाग्यो सेलो अनि नाचि देउ दुई पाइला सारेर बोलको लोक दोहोरी भाका । जब शशिकला स्टेजमा उपस्थित भइन दर्शक दीर्घबाट चर्को हुटिङ ।

सेलो र लोक दोहोरीहरुमा उनले दर्शकलाई नतमस्तक हुने गरी नचाएर उनी फर्किइन् । कार्यक्रम सञ्चालकले अभिनाष घिसिङ आउने पनि जानकारी दिए दिउँसै । त्यहि भएर उनका शुभचिन्तकहरु उनलाई कुरेरै बसे । उनी साझ अबेर धुलिखेल आइपुगे । कलकत्ते काइयो, केस मेरो बाङ्यो, कति राम्रो फुल बुट्टे सारी, चम्पा तम्रा याद बोकी सहरतिर आया, लगायत पुरानो भर्सनको गीत गाए । बैशाख लाग्दा पनि धुलिखेलमा साझ र विहान चिसो उस्तै छ । तर अभिनाषको गीतमा दर्शकले त्यो चिसो पचाए । अभिनाष पनि नाचे, दर्शकलाई धित मर्ने गरी नचाए ।

https://www.youtube.com/watch?v=pRAlrvHt5gQ&t=21s

प्रकाशित मिति : २०७५, १ बैशाख शनिबार  ८ : ५३ बजे

राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपति पौडेलको शुभकामना सन्देश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवस–२०८२ को अवसरमा

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना उपदान तथा पेन्सन कोषमार्फत

एसिया कप २०२५: आज भारत र पाकिस्तानबीच प्रतिक्षित भिडन्त

काठमाडौं । क्रिकेट प्रेमीहरूको ध्यान तान्ने एसिया कप २०२५ अन्तर्गत

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ५५ पुग्यो

काठमाडौं । यही भदौ २३ र २४ गते भएको जेनजी

रेशम चौधरीले छाडे नाउपा,

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नयाँ पार्टी