२०८३, २४ आश्विन आईतबार

रोशीमा बाम गठबन्धनले बुझायो ज्ञापनपत्र

रोशीमा बाम गठबन्धनले बुझायो ज्ञापनपत्र


कटुञ्जेबेशी । संयुक्त वाम गठबन्धनले रोशी गाउँपालिकाका अध्यक्ष दलबहादुर लामालाई गाउँपालिको विकास निर्माण र जनजीवीकाका विभिन्न विषयहरुको उठान गर्दै ध्यानाकर्षस्वरुप ज्ञापनपत्र बुझाएको छ । गत आइतबार गाउँपालिकाको सभाकक्षमा नेकपा माओवादी केन्द्र रोशीका नेता उज्ज्वलद्वारा वाचन गरिएको ज्ञापनपत्र एमाले रोशीका नेता दिलिप तामाङले गाउँपालिका अध्यक्ष डीवी लामालाई बुझाएका थिए ।

गाउँ पालिका अध्यक्ष डीवी लामाले ज्ञापनपत्रलाई ग्रहण गर्दै यसको वुँदागत अध्ययन गर्दै कार्यान्वयन गर्ने प्रतिवद्धता ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा सहभागी संयुक्त वाम गठबन्धनका नेता कार्यकर्ताहरुलाई सम्बोधनका साथ गरेका थिए । ज्ञापन पत्र हस्तान्तरण कार्यक्रममा वाम गठबन्धनका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो । गठबन्धनको तर्फबाट दिलिप तामाङ, उज्ज्वल लामा, विकास लामा लगायतको हस्ताक्षर रहेको ज्ञापनपत्रलाई गाउँपालिका अध्यक्ष डीवी लामाले कार्यकारी अधिकृतलाई गाउँ कार्यपालिकामा पेश गराउन आदेश गरेका थिए ।

प्रकाशित मिति : २०७४, २७ चैत्र मंगलबार  १० : १४ बजे

बुढीगण्डकी बाढीको वितण्डा : ३० भन्दा बढी घरमा क्षति, तीन पुल बगायो

गोरखा । गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीले घर, टहरा र

बूढीगण्डकी नदीमा भीषण बाढी : तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका आसपास बूढीगण्डकी नदीमा भीषण बाढी

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई