२०८२, २ चैत्र मंगलबार

काभ्रेका प्रजिअ सिम्खडाले गणकहरुलाई भनेः पिपलबोटमा बसेर तथ्याङक संकलन नगर्नोस्

काभ्रेका प्रजिअ सिम्खडाले गणकहरुलाई भनेः पिपलबोटमा बसेर तथ्याङक संकलन नगर्नोस्


काभ्रेका प्रमूख प्रमूख जिल्ला अधिकारी एवं आर्थिक गणना समन्वय समितिका संयोजक शिवप्रसाद सिम्खडाले घर, घर पुग्न गणकहरुलाई निर्देशन दिएका छन् । आर्थिक गणना संकलनमा खटिने गणकहरुलाई दिइएको ५ दिने तालिम समापन गर्दै आइतबार उनले कुनै चौतारो वा सार्वजनिक ठाउँमा बसेर तथ्याङक संकलन गरेको पाए कारबाही गर्ने चेतावनी समेत दिए । “यो तथ्याङक ख्याल–ख्यालको होइन, जहाँ पायो त्यहिबाट संकलन गरेर हुदैँन्, उनले भने “मुलुकमा संघीयतासँगै स्थीर सरकार आएको छ, देशको आर्थिक अवस्था कस्तो छ भनेर बुझ्न गरिएको हो, त्यसैले सम्बन्धीत ठाउँमै पुग्नोस् ।”

जिल्लाको ७ गाउँपालिका र ६ नगरपालिकाको प्रत्येक घरमा पुग्ने गरी ७४ जना गणकलाई तालिम दिएको छ । उनीहरु आगामी बैशाख २ गतेदेखि सम्बन्धी क्षेत्रमा पुगेर काम गर्ने छन् । सबैभन्दा बढी १५ जना गणक बनेपा नगरपालिकामा खटिने छन् भने सबैभन्दा कम जिल्लाको डाँडापारी क्षेत्रमा पर्ने महाभारत र खानीखोला गाउँपालिकामा २/२ जना खटिने जिल्ला तथ्याङक कार्यालयका प्रमूख दिननाथ लम्सालले बताए ।

जिल्लाकाे अार्थिक गणना गर्न खटिने गणकहरू तालिम लिदैँ

जिल्लाको प्रमूख ब्यापारिक केन्द्र बनेपामा जिल्ला आर्थिक गणनाको कार्यालय स्थापना गरिएको छ । १० जना सुपरिवेक्षण खटाइने भएको छ । गणकहरुले प्रत्येक घर पुगेर वस्तु तथा सेवा उत्पादनका लागि रकम लगानी भएका क्षेत्रको तथ्याङक संकलन गर्नेछन् । रोजगारीको स्थिति, उद्योग, पसल, कलकारखानाको दर्ता स्थिति, विद्यालय, अस्पताल, कृषिमा दर्ता भएका फर्म, समूहको समेत तथ्याङक संकलन हुनेछ । “आर्थिक गणना गर्ने कार्य अन्य तथ्याङक संकलन गरे जस्तो सजिलो छैन, लम्सालले भने “हामीले तालिममा गणकहरुलाई ब्यापारी, उद्योगी सबैलाई सम्झाई, बुझाई गरेर तथ्याङक संकलन गर्ने शैली सिकाएका छौँ ।” गणकहरुले उद्योग, ब्यापार, ब्यवसाय, कलकारखानको मासिक आम्दान, खर्च, स्थीर पूँजी, लाचु पूँजी, बैदेशिक लगानी, ऋणमा पहुँच लगायको तथ्याङक संकलन गरिनेछ ।

प्रकाशित मिति : २०७४, २५ चैत्र आईतबार  ६ : ०७ बजे

उदयपुर कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते

उदयपुर । आइतबार साँझ आएको हावाहुरीमा उदयपुरको कटारीमा २ जनाको

विदेशमा रहेका नेपाली श्रमिकको श्रम स्वीकृति नवीकरण प्रक्रिया नरोक्न प्रवासी नेपाली मञ्चको आग्रह

काठमाडौँ । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वैदेशिक रोजगारीमा रहेका

अफगानिस्तानको काबुलमा पाकिस्तानको हवाइ आक्रमण: कम्तीमा ४ सयको मृत्यु

काठमाडौँ। अफगान अधिकारीहरूले काबुलस्थित लागुऔषध प्रयोगकर्ताको लागि बनाइएको ओमर एडिक्सन

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहेको

इस्लामिक देशहरूलाई इरानको प्रश्न-तपाईंहरू कसको पक्षमा हुनुहुन्छ ?

काठमाडौं। अली लारिजानीले इस्लामिक देशहरूको सरकारप्रति आलोचनात्मक पत्र सार्वजनिक गरेका