२०८२, २ श्रावण शुक्रबार

काभ्रेका प्रजिअ सिम्खडाले गणकहरुलाई भनेः पिपलबोटमा बसेर तथ्याङक संकलन नगर्नोस्

काभ्रेका प्रजिअ सिम्खडाले गणकहरुलाई भनेः पिपलबोटमा बसेर तथ्याङक संकलन नगर्नोस्


काभ्रेका प्रमूख प्रमूख जिल्ला अधिकारी एवं आर्थिक गणना समन्वय समितिका संयोजक शिवप्रसाद सिम्खडाले घर, घर पुग्न गणकहरुलाई निर्देशन दिएका छन् । आर्थिक गणना संकलनमा खटिने गणकहरुलाई दिइएको ५ दिने तालिम समापन गर्दै आइतबार उनले कुनै चौतारो वा सार्वजनिक ठाउँमा बसेर तथ्याङक संकलन गरेको पाए कारबाही गर्ने चेतावनी समेत दिए । “यो तथ्याङक ख्याल–ख्यालको होइन, जहाँ पायो त्यहिबाट संकलन गरेर हुदैँन्, उनले भने “मुलुकमा संघीयतासँगै स्थीर सरकार आएको छ, देशको आर्थिक अवस्था कस्तो छ भनेर बुझ्न गरिएको हो, त्यसैले सम्बन्धीत ठाउँमै पुग्नोस् ।”

जिल्लाको ७ गाउँपालिका र ६ नगरपालिकाको प्रत्येक घरमा पुग्ने गरी ७४ जना गणकलाई तालिम दिएको छ । उनीहरु आगामी बैशाख २ गतेदेखि सम्बन्धी क्षेत्रमा पुगेर काम गर्ने छन् । सबैभन्दा बढी १५ जना गणक बनेपा नगरपालिकामा खटिने छन् भने सबैभन्दा कम जिल्लाको डाँडापारी क्षेत्रमा पर्ने महाभारत र खानीखोला गाउँपालिकामा २/२ जना खटिने जिल्ला तथ्याङक कार्यालयका प्रमूख दिननाथ लम्सालले बताए ।

जिल्लाकाे अार्थिक गणना गर्न खटिने गणकहरू तालिम लिदैँ

जिल्लाको प्रमूख ब्यापारिक केन्द्र बनेपामा जिल्ला आर्थिक गणनाको कार्यालय स्थापना गरिएको छ । १० जना सुपरिवेक्षण खटाइने भएको छ । गणकहरुले प्रत्येक घर पुगेर वस्तु तथा सेवा उत्पादनका लागि रकम लगानी भएका क्षेत्रको तथ्याङक संकलन गर्नेछन् । रोजगारीको स्थिति, उद्योग, पसल, कलकारखानाको दर्ता स्थिति, विद्यालय, अस्पताल, कृषिमा दर्ता भएका फर्म, समूहको समेत तथ्याङक संकलन हुनेछ । “आर्थिक गणना गर्ने कार्य अन्य तथ्याङक संकलन गरे जस्तो सजिलो छैन, लम्सालले भने “हामीले तालिममा गणकहरुलाई ब्यापारी, उद्योगी सबैलाई सम्झाई, बुझाई गरेर तथ्याङक संकलन गर्ने शैली सिकाएका छौँ ।” गणकहरुले उद्योग, ब्यापार, ब्यवसाय, कलकारखानको मासिक आम्दान, खर्च, स्थीर पूँजी, लाचु पूँजी, बैदेशिक लगानी, ऋणमा पहुँच लगायको तथ्याङक संकलन गरिनेछ ।

प्रकाशित मिति : २०७४, २५ चैत्र आईतबार  ६ : ०७ बजे

आजको तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम तलब बढाएको छ । श्रमिकको

एमालेमा वरिष्ठ उपाध्यक्ष खारेज गर्दै ११ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय समिति हुने

काठमाडौं । सत्तारुढ नेकपा एमालेले सचिवालयमा गरमागरम बहश भएको छ ।

काठमाडौँमा डेङ्गीको जोखिम बढ्यो, सचेत रहन आग्रह

काठमाडौं । नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै