२०८२, १५ पुस मंगलबार

बनेपाका वडाध्यक्ष केसीमाथि हातपातकाे प्रयास गर्ने श्रेष्ठ पक्राउ

बनेपाका वडाध्यक्ष केसीमाथि हातपातकाे प्रयास गर्ने श्रेष्ठ पक्राउ


बनेपा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सचितानन्द केसीमाथि हातपातकाे प्रयास गर्ने बुडोलका एक ब्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार प्रहरीले बुडोलमा रहेको खानीखोला इन्टरप्राइजेजका सञ्चालक सुधिर श्रेष्ठलाइ इलाका प्रहरी कार्यालयका प्रहरी प्रमूख शुनिल जंग शाहको नेतृत्वमा गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

सडकको दायाँबायाँ फराकिलो पार्ने वडाको अभियानमा असहयोग गर्दै आएका श्रेष्ठले आइतबार बिहान वडाध्यक्ष केसी र स्थानीय इश्वर केसीमाथिकाे  हातपात प्रयास गरेका थिए । घाइते केसीको खुट्टामा चोट लागेको छ । उनको अहिले शिरमेमोरियल अस्पतालमा उपचार भइरहेको छ । फराकिलो बनाएको सडकमा इन्टरप्राइजेजका सञ्चालक श्रेष्ठले गाडी पार्किङ गरी राखेको र उक्त गाडी हटाउन आग्रह गर्दा श्रेष्ठले वडाध्यक्ष केसीलाई “तँ यहाँको राजा होस्, र मैले गाडी हटाउनुपर्ने भन्दै हातपात गरेका थिए ।”

पक्राउ गरेका श्रेष्ठलाई अहिले इलाका प्रहरी कार्यालय बनेपामा राखिएको छ । वडाध्यक्ष केसीलाई यसअघि पनि सडक अतिक्रमण गरिरहेका विभिन्न ब्यक्तिहरुले आक्रमणको प्रयास गरेका थिए । बनेपाको चण्डेश्वरीखोला देखि धुलिखेलसम्मको सिमानामा सडक दायाबायाँ फराकिलो बनाएर वडाध्यक्ष केसी चर्चामा छन् ।

प्रकाशित मिति : २०७४, २५ चैत्र आईतबार  १२ : ०६ बजे

नेकपा एमाले चुनाव पर्खिरहेको छ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्वाचनको

पूर्वराष्ट्रपतिद्वय भण्डारी र यादवबीच भेटवार्ता

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र डा. रामवरण यादवबीच मंगलबार

समानुपातिकमा ६४ दल सहभागी, १८ दलले मात्रै ११० सिटमा उम्मेदवारी

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६४

नेपालमा विदेशी चलखेल छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा छिमेकी

चुनावमा कांग्रेस-एमाले बराबरी सिट बाँडेर सहकार्य गर्न सक्छन् : बादल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले मुलुक संकटमा