२०८२, १६ माघ शुक्रबार

मन्त्री केशव स्थापितकाे घरमा चाेरी

मन्त्री केशव स्थापितकाे घरमा चाेरी


काठमाडौंको महांकालस्थित एक मन्त्रीको घरमा शुक्रबार दिउँसै चोरी भएको छ । प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितको घरमा चोरी भएको हो । स्थापितकी श्रीमतीले चार–पाँच तोला सुन चोरी भएको भन्दै बौद्ध प्रहरीमा उजुरी गरेकी छन् । ‘घरको पछाडितिरको ढोका फोरेर चोर भित्र पसेको देखिन्छ,’ महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी अच्युतम पुडासैनीले अनलाइनखबरसँग भने, ‘योजनाबद्ध तरिकाले चोरी भएको जस्तो देखिँदैन । हेर्दा सामान्य देखिन्छ ।’

उनले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए । स्थापितको सो घरमा कोही थिएनन् । स्थापितको परिवार सो घरमा कहिलेकाहिँ मात्र बस्ने गर्दथ्यो । मान्छे कोही नरहेको मौका पारेर चोरी भएको स्थापित परिवारले जनाएको छ ।

प्रकाशित मिति : २०७४, २४ चैत्र शनिबार  ७ : ३७ बजे

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने प्रयास हुँदैछ : शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन–जी आन्दोलनपछि नेपालमा विदेशी

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको