२०८३, १० श्रावण सोमबार

अनलाइनलाई ब्यवस्थित गर्न काभ्रेमा सञ्जाल गठन

अनलाइनलाई ब्यवस्थित गर्न काभ्रेमा सञ्जाल गठन


काभ्रे जिल्लाबाट सञ्चालनमा रहेका अनलाइनहरुले छुट्टै सञ्जाल गठन गरेका छन् । शनिबार बनेपामा भेला भएका अनलाईन सञ्चालकहरुले तेमाल अनलाइनका सञ्चालक डिलबहादुर थोकर (ग्याम्जो) को अध्यक्षतामा सात सदस्यीय अनलाइन मिडिया सञ्जाल गठन गरेका हुने । समितिको उपाध्यक्षमा खबरघर डटकमका सम्पादक ध्रुब रायमाझी, सचिवमा पलपलको डटकमका कविराज ढकाल, कोषाध्यक्षमा बेथानचोक खबर डटकमका सुरज श्रेष्ठ, सहसचिवमा सबैको समाचार डटकमका पुजन धिताल रहेका छन् । त्यस्तै सदस्यहरूमा नमोबुद्ध खबर डटकमका जगत तामाङ र सबैको समाचार डकमककी सनम सुवाल रहेका छन् ।

काभ्रेमा गठन भएकाे अनलाइन मिडिया सञ्जालका पदाधिकारी

त्यसैगरी सञ्जालको सल्लाहकारमा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, अग्रज पत्रकार मधुसुधन गुरागाईं, पत्रकार नवराज बजगाईं, कपिल कोइलारा र विनोद न्यौपाने रहेका छन् । सञ्जालले काभ्रे जिल्लामा रहेका अनलाइनहरूको एकारुपता, क्षमता अभिबृद्धि र विज्ञापन लगायतमा समान प्रतिनिधित्व गराउने पहल गर्नेछ ।

प्रकाशित मिति : २०७४, २४ चैत्र शनिबार  ६ : ४९ बजे

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक