२०८२, १५ माघ बिहीबार

पनौती रुटमा कुनै पनि समितिका बसलाइ अवराेध गर्न नपाइने

पनौती रुटमा कुनै पनि समितिका बसलाइ अवराेध गर्न नपाइने


यातायात व्यवसायी र पनौती नगरपालिका बीच यातायात सञ्चालनका लागि चार बुँदे सहमति भएको छ । मयुर यातायात प्रालिले पनौतीमा पनि बस सञ्चालन गर्न थालेपछि विरुद्धमा उत्रिएका काभ्रे मिनि बस सेवा समिति र पनौती नगरपालिका बिच चार बुँदे सहमति भएको हो ।

नगरप्रमूख भीम न्यौपाने, काभ्रे मिनिबस सेवा समितिका अध्यक्ष राजेश सुन्दर सैजु, वडा नम्ब ७ का वडा अध्यक्ष रामचन्द्र नास्लामी र पूर्व वडा अध्यक्ष लक्ष्मीनारायण ताम्राकार बीचको बैठकले यस्तो सहमति गरेको हो । सहमति अनुसार अब कुनै पनि यातायात समितिका बस सञ्चालन गर्दा यातायात ब्यवसायीहरुले अवरोध र झगडा गर्न पाउने छैनन् ।

यी हुन सहमति भएका चार बुँदा
१. स्वीकृत प्राप्त कुनै पनि यातायातका साधन पनौती आउँदा झै झगडा नगर्ने ।
२. दुरु व्यवहार, झै झगडा भएमा काभ्रे मिनिबस सेवा जबफदेहि हुने र सुरक्षा निकायद्धारा पनौती बसपार्कमा रहेका साना सवारी साधनहरुलाई हटाउँने ।
३. बिरोधका क्रममा २२ गते पक्राउ गरेका ३ जना मजदुर र २३ गते पक्राउ परेका २ जना कर्मचारीहरुलाई पनौती नगरपालिकाको आग्रहमा सुरक्षा निकाय मार्फत काभ्रे मिनिबसको पदधिकारीको जिम्मामा छाडिने र त्यसका लागि नगरपालिकाले सहजीकरण गर्ने ।
४.आगमी आर्थिक वर्षबाट बसपार्कको व्यवस्थापनमा नगरपालिका पनि सहभागि हुने ।

प्रकाशित मिति : २०७४, २४ चैत्र शनिबार  ६ : २६ बजे

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला