२०८३, २८ असार सोमबार

पनौती रुटमा कुनै पनि समितिका बसलाइ अवराेध गर्न नपाइने

पनौती रुटमा कुनै पनि समितिका बसलाइ अवराेध गर्न नपाइने


यातायात व्यवसायी र पनौती नगरपालिका बीच यातायात सञ्चालनका लागि चार बुँदे सहमति भएको छ । मयुर यातायात प्रालिले पनौतीमा पनि बस सञ्चालन गर्न थालेपछि विरुद्धमा उत्रिएका काभ्रे मिनि बस सेवा समिति र पनौती नगरपालिका बिच चार बुँदे सहमति भएको हो ।

नगरप्रमूख भीम न्यौपाने, काभ्रे मिनिबस सेवा समितिका अध्यक्ष राजेश सुन्दर सैजु, वडा नम्ब ७ का वडा अध्यक्ष रामचन्द्र नास्लामी र पूर्व वडा अध्यक्ष लक्ष्मीनारायण ताम्राकार बीचको बैठकले यस्तो सहमति गरेको हो । सहमति अनुसार अब कुनै पनि यातायात समितिका बस सञ्चालन गर्दा यातायात ब्यवसायीहरुले अवरोध र झगडा गर्न पाउने छैनन् ।

यी हुन सहमति भएका चार बुँदा
१. स्वीकृत प्राप्त कुनै पनि यातायातका साधन पनौती आउँदा झै झगडा नगर्ने ।
२. दुरु व्यवहार, झै झगडा भएमा काभ्रे मिनिबस सेवा जबफदेहि हुने र सुरक्षा निकायद्धारा पनौती बसपार्कमा रहेका साना सवारी साधनहरुलाई हटाउँने ।
३. बिरोधका क्रममा २२ गते पक्राउ गरेका ३ जना मजदुर र २३ गते पक्राउ परेका २ जना कर्मचारीहरुलाई पनौती नगरपालिकाको आग्रहमा सुरक्षा निकाय मार्फत काभ्रे मिनिबसको पदधिकारीको जिम्मामा छाडिने र त्यसका लागि नगरपालिकाले सहजीकरण गर्ने ।
४.आगमी आर्थिक वर्षबाट बसपार्कको व्यवस्थापनमा नगरपालिका पनि सहभागि हुने ।

प्रकाशित मिति : २०७४, २४ चैत्र शनिबार  ६ : २६ बजे

कमेरोटार जग्गा एकीकरण आयोजना उपभोक्ता समिति तत्काल खारेजीको माग गर्दै कार्यालय अगाडि धर्ना

भक्तपुर, २९ असार : मध्यपुरथिमि नगरपालिकास्थित कमेरोटार जग्गा एकीकरण आयोजनाका

अमेरिकी आक्रमणपछि इरानको कडा चेतावनी : सहयोग गर्ने खाडी राष्ट्र पनि निशानामा पर्ने

काठमाडौं । अमेरिकाले हालै इरानमाथि गरेको आक्रमणपछि इरानले खाडी क्षेत्रका

‘गौरव’को नाममा २७ आयोजना, उपलब्धि शून्यजस्तै ! योजना आयोगको निष्कर्ष-अब १० वटामै सीमित गरौं

काठमाडौं । वर्षौंसम्म बजेट खर्चिए पनि अधिकांश राष्ट्रिय गौरवका आयोजना

गणेश नेपाली मृत्यु प्रकरण : महानगर र नगर प्रहरीविरुद्ध ज्यानसम्बन्धी कसुरमा जाहेरी

काठमाडौं। आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाई ज्यान गुमाएका मुगुका

कर्रा खोलाको बाढीले ट्रक बगायो, चालकले पौडिएर जोगाए ज्यान

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलामा आएको बाढीले