२०८२, ४ मंसिर बिहीबार

दिल्लीबाट अाेली र माेदीले गरे उद्घाटन र शिलन्यास

दिल्लीबाट अाेली र माेदीले गरे उद्घाटन र शिलन्यास


भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पर्साको वीरगन्जमा रहेको एकीकृत सुरक्षा जाँच पोस्ट (आइसीपी)को संयुक्तरुपमा उद्घाटन गरेका छन् ।

प्रधानमन्त्रीद्वयले शनिबार नयाँदिल्लीमा स्वीच थिचेर आइसीपीको उद्घाटन गरेका हुन् । नेपाल–भारतको व्यापार–व्यवसायलाई सहजीकरण गर्नका लागि संयुक्तरुपमा यो पोस्ट तयार गरेको हो । यो पोस्ट तयार भएपछि दुवै देशलाई समान निर्यात र आयातमा फाइदा पुग्ने विश्वास लिइएको छ । आइसीपीमा विद्युत् सबस्टेसन, कार्गो भवन, क्वारेन्टाइन भवन, प्रशासनिक भवन, गोदाम, सुरक्षा ब्यारेक, शौचालय ब्लगलगायत संरचना तयार भएका छन् ।

पेट्रोलियम पाइपलाइनको शिलान्यास
शनिबारै दुवै प्रधानमन्त्रीले अमलेखगन्ज–मोतिहारी पेट्रोलियम पाइपलाइनको शिलान्यास पनि गरेका छन् । दुवै प्रधानमन्त्रीले दिल्लीको हैदरावाद हाउसबाट स्वीच थिचेर संयुक्तरुपमा पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका हुन् । अहिले पाइपलाइनका लागि वीरगन्जमा धमाधम पाइप आइरहेको छ । अब रुट ‘क्लेरेन्स’मा समस्या नभएका क्षेत्रबाट पाइप बिछ्याउन सुरु हुनेछ ।

प्रकाशित मिति : २०७४, २४ चैत्र शनिबार  ३ : १२ बजे

एमाले महाधिवेशनको तयारी : सचिवालयको नेतृत्व पोखरेल, सुब्बा र भट्टराईलाई

काठमाडौं । नेकपा एमालेले आफ्नो आगामी महाधिवेशनको तयारीका लागि विभिन्न

एमालेको सचिवालय बैठक: संसद पुनर्स्थापनाको आवश्यकता पुष्टि

काठमाडौं । नेकपा एमालेले संसद पुनर्स्थापनाको आवश्यकता अझ स्पष्ट भएको

रामकुमारी झाँक्री र किसान श्रेष्ठ एमाले महाधिवेशन प्रतिनिधि बन्ने

काठमाडौँ । नेकपा एमालेले पार्टी छाडेर अन्यत्र गएका नेताहरूलाई पुनः

नेपाल बैंकको ८९औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न, ५३ कर्मचारी सम्मानित

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ८९औं वार्षिकोत्सव भव्यताका साथ

नेकपा एमालेले ११औँ महाधिवेशन तयारीका लागि उपसमितिहरू गठन

काठमाडौं । नेकपा एमालेले पार्टीको ११औँ महाधिवेशन तयारीका लागि विभिन्न