२०८२, ५ पुस शनिबार

मयूर यातायातको आग्रहः सुरक्षा दिनाेस् हामी गाउँमा पनि सेवा दिन्छाैँ

मयूर यातायातको आग्रहः सुरक्षा दिनाेस् हामी गाउँमा पनि सेवा दिन्छाैँ


छोटो समयमै यात्रुहरुको रोजाईमा परेको मयूर यातायात प्रालिले काभ्रे र सिन्धुपाल्चोक जिल्लाको विभिन्न गाउँमा समेत आफुहरु जान तयार रहेको बताएको छ । शनिबार बनेपामा पत्रकार सम्मेलन गरे उसले सरकारले गाउँ गाउँ जाने रुट अनुमति दिने हो भने यातायात सञ्चालन गर्न आफुहरु इच्छुक रहेको बताएको हो ।

आमाबच्चा सिट देखि फ्रि वाईफाई सम्मको सुविधा सहित सञ्चालनमा आएको मयूर यातायात प्रालिका बस विरुद्ध कोटेश्वर पूर्वका १३ यातायात ब्यवसायी समितिले आइतबारबाट आन्दोलन गर्ने घोषणा गरेका छन् । मूयर यातायात प्रालिका सचिव रामबहादुर केसीका अनुसार काभ्रे बस ब्यवसायी संघ, काभ्रे मिनी बस सेवा समिति लगायतका ब्यवसायीहरुले मयूरका १० वटा गाडी तोडफोड गरेका छन् । ४ वटा बस चल्नै नसक्ने गरि तोडफोड भएको उनले बताए ।

मयूरका बस अहिले पनि प्रहरी स्कटिङमै सञ्चालन भइरहेका छन् । भक्तपुरका विभिन्न चोक र बनेपाको चारदोबाटोमा कुरेर बसेका अन्य यातायात ब्यवसायीहरुले मूयरका बसमा चढ्न लागेका यात्रुहरुलाई ओलार्ने देखि ढुंगा हान्ने सम्मका गतिविधि गर्दै आइरहेका छन् । यातायात व्यवस्था विभागले एक सूचना प्रकाशित गर्दै इजाजत लिएर सवारी नचलाए यातायात व्यवस्था ऐन २०४९ र यातायात व्यवस्था नियमावली २०५४ र अत्यावश्यक सेवा ऐन बोमोजिम हदैसम्मको कारवाही हुने चेतावनी दिएको छ ।

पुराना ब्यवसायीका मजदुर भन्छनः बन्द भन्दा प्रतिस्पर्धा गर्नुपर्छ
काभ्रे बस ब्यवसायी समिति र काभ्रे मिनी बस सेवा समितिका बसहरुको आम्दानी अहिले आधा भन्दा बढी घटेको छ । मयूर यातायात प्रालिका बस बनेपासम्म सञ्चालनमा आउनुु अघि एक टिपमा ५ हजारसम्म उठाउँदै आएका थिए ।

शनिबार साझँ बनेपाबाट धुलिखेल आउने बसका चालक र सह चालक बन्दले समस्या समाधान नहुने भन्दै प्रतिस्पर्धा गर्नु पर्ने बताउँदै थिए । नाम उल्लेख नगर्ने सर्तमा उनले भने “अहिले आम्दानी त आधा घटेको छ, तर बन्द गरेर समस्याको समाधान हुदैँन्, प्रतिस्पर्धा गर्नुपर्छ ।” नयाँ समितिले बससँगै सुविधा पनि थपेकाले मयूरमा चढ्नेको संख्या ह्वात्तै बढेको उनीहरुले बताए ।

प्रकाशित मिति : २०७४, १७ चैत्र शनिबार  ८ : ५१ बजे

मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाको विश्वासको मत

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सिंगो प्रदेशसभाबाट विश्वासको

एमाले केन्द्रीय कमिटी बैठक : कार्यविभाजनको जिम्मा सचिवालयलाई दिने प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलोपटक केन्द्रीय कमिटी

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभामा विश्वासको

राजनीतिप्रति घृणा फैलाउनेहरुप्रति खबरदारी गर्न केपी ओलीको अपील

भक्तपुर। नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दलीय

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ (तस्वीरहरू)

काठमाडौं । नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा