२०८३, १९ आश्विन मंगलबार

मयूर यातायातको आग्रहः सुरक्षा दिनाेस् हामी गाउँमा पनि सेवा दिन्छाैँ

मयूर यातायातको आग्रहः सुरक्षा दिनाेस् हामी गाउँमा पनि सेवा दिन्छाैँ


छोटो समयमै यात्रुहरुको रोजाईमा परेको मयूर यातायात प्रालिले काभ्रे र सिन्धुपाल्चोक जिल्लाको विभिन्न गाउँमा समेत आफुहरु जान तयार रहेको बताएको छ । शनिबार बनेपामा पत्रकार सम्मेलन गरे उसले सरकारले गाउँ गाउँ जाने रुट अनुमति दिने हो भने यातायात सञ्चालन गर्न आफुहरु इच्छुक रहेको बताएको हो ।

आमाबच्चा सिट देखि फ्रि वाईफाई सम्मको सुविधा सहित सञ्चालनमा आएको मयूर यातायात प्रालिका बस विरुद्ध कोटेश्वर पूर्वका १३ यातायात ब्यवसायी समितिले आइतबारबाट आन्दोलन गर्ने घोषणा गरेका छन् । मूयर यातायात प्रालिका सचिव रामबहादुर केसीका अनुसार काभ्रे बस ब्यवसायी संघ, काभ्रे मिनी बस सेवा समिति लगायतका ब्यवसायीहरुले मयूरका १० वटा गाडी तोडफोड गरेका छन् । ४ वटा बस चल्नै नसक्ने गरि तोडफोड भएको उनले बताए ।

मयूरका बस अहिले पनि प्रहरी स्कटिङमै सञ्चालन भइरहेका छन् । भक्तपुरका विभिन्न चोक र बनेपाको चारदोबाटोमा कुरेर बसेका अन्य यातायात ब्यवसायीहरुले मूयरका बसमा चढ्न लागेका यात्रुहरुलाई ओलार्ने देखि ढुंगा हान्ने सम्मका गतिविधि गर्दै आइरहेका छन् । यातायात व्यवस्था विभागले एक सूचना प्रकाशित गर्दै इजाजत लिएर सवारी नचलाए यातायात व्यवस्था ऐन २०४९ र यातायात व्यवस्था नियमावली २०५४ र अत्यावश्यक सेवा ऐन बोमोजिम हदैसम्मको कारवाही हुने चेतावनी दिएको छ ।

पुराना ब्यवसायीका मजदुर भन्छनः बन्द भन्दा प्रतिस्पर्धा गर्नुपर्छ
काभ्रे बस ब्यवसायी समिति र काभ्रे मिनी बस सेवा समितिका बसहरुको आम्दानी अहिले आधा भन्दा बढी घटेको छ । मयूर यातायात प्रालिका बस बनेपासम्म सञ्चालनमा आउनुु अघि एक टिपमा ५ हजारसम्म उठाउँदै आएका थिए ।

शनिबार साझँ बनेपाबाट धुलिखेल आउने बसका चालक र सह चालक बन्दले समस्या समाधान नहुने भन्दै प्रतिस्पर्धा गर्नु पर्ने बताउँदै थिए । नाम उल्लेख नगर्ने सर्तमा उनले भने “अहिले आम्दानी त आधा घटेको छ, तर बन्द गरेर समस्याको समाधान हुदैँन्, प्रतिस्पर्धा गर्नुपर्छ ।” नयाँ समितिले बससँगै सुविधा पनि थपेकाले मयूरमा चढ्नेको संख्या ह्वात्तै बढेको उनीहरुले बताए ।

प्रकाशित मिति : २०७४, १७ चैत्र शनिबार  ८ : ५१ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय