२०८२, १९ कार्तिक मंगलबार

 बेथानचोककी सहकारी आमा  निर्मला थापा मगर 

 बेथानचोककी सहकारी आमा  निर्मला थापा मगर 


म निर्मला थापा मगर । २०३६ सालमा साविकको ढुंखर्क गाविस वडा नम्बर ४, हाल बेथानचोक गाउँपालिका वडा नम्बर ३ मा मेरो जन्म भएको हो । हामीले जनयुद्धको बेला पनि बचत गर्न छाडेनौँ । धेरैले बचत नगरौँ, माओवादी आएर पैसा लुटेर लैजान्छ भन्थे । तर मैले हिम्मत हारिन । पैसा धेरै भए पो लैजाने हो । हामी थोरै पैसा बचत गर्छौ कसैले पनि लैजादैन भनेर विश्वास दिलाउँथे ।

२०५३ साल तिरको कुरा हो । त्यो बेला गाउँ विकास कार्यक्रम भर्खर भर्खर चलेको थियो । त्यहि बेला गाउँमा प्रौढ कक्षा सञ्चालनमा आएको थियो । त्यहाँ बचत गर्दा भविष्यमा के के फाइदा हुन्छ भनेर पनि पढाइ हुन्थ्यो । त्यहिबाट प्रभावित भएर हामीले निकै थोरै रकम बचत गर्न थाल्यौ । त्यत्तिखेर ४५ जना महिना दिदीबहिनी थियौँ । हुनेले १० र नहुनेले ५ रुपैयाँ बचत गथ्यौँ । महिला र पुरुषको समूह छुटाछुट्टै थियो । महिला तर्फ नेतृत्व मैले गरे ।

तर हामी महिलाहरुको समूह सोचे जस्तो राम्रो हुन नसकेपछि एक जना पुरुषको सहयोग लियौँ । म्यानेजरका रुपमा होमप्रसाद तिमल्सिनालाई जिम्मा दियौँ । महिनाको दुई पटक पैसा बचत गथ्र्यौँ । अनि २०५५ सालबाट २० रुपियाँ बचत गर्न सुरु गरियो । २०६३ सालमा प्रवेश गर्दै गर्दा चाँहि बचत समूहलाई सहकारीमा रुपान्तरण गर्ने कुरा चल्यो । त्यहि वर्षको मंसिर १५ गते हामी २५ जना साथीहरु मिलेर सहकारी डिभिजन कार्यालयमा भगवती कृषि बचत तथा ऋण सहकारी संस्था नाम दिएर सहकारी दर्ता गर्यौ । जम्मा ५४ जना सदस्य संख्या थियो । बचतलाई मासिक ५० रुपैयाँमा पुर्यायौँ । बार्षिक रुपमा संस्थाका सदस्यहरुलाई हरहिसाब सुनाउँछौ । सहकारी दर्ता गरेपछि रकमको सुरक्षा र अन्य विभिन्न ठाउँबाट पाउने सेवा सुविधाका लागि पनि सजिलो हुने रहेछ ।

सहकारी दर्ताभएपछि पनि निकै समस्याहरु आयो । बचत थोरै, ऋण खोज्ने सदस्यहरुको संख्या चाँहि धेरै हुन्थ्यो । यसैबीचमा भूकम्पपछि ग्रामीण समाज कल्याण संघ आर्सो नेपालको समन्वयन र मर्सिकोर नेपालले आर्थिक सहयोग गर्न थालेपछि चाँहि सहकारी राम्रोसँग चल्न थालेको छ । अहिले मासिक बचत पनि १ सय रुपैयाँ पुर्याएका छाँै । अहिले सदस्य संख्या ह्वात्तै बढेको छ । ५ सय सदस्य छौँ । अन्य सहकारीसंस्थाको भन्दा हामीले हाम्रो सहकारीबाट लिने ऋणको ब्याजदर कम गरेका छौँ । म अध्यक्ष भएको नाताले अबको ५ वर्षभित्र १ हजार २ सय सदस्य संख्या पुर्याउने लक्ष्यका साथ काम गरिरहेको छु ।

मर्सिकारे नेपालले दिएको आर्थिक सहयोग सहित सहकारीको बचत अहिले ४९ लाख रुपैयाँ रकम पुगेको छ । आर्सो नेपाल र मर्सिकोर नेपालसँग सम्झौता गर्नुभन्दा पहिला जम्मा ६ लाख थियो । आर्सो नेपालले हामीलाई २० लाख सहयोग दिने सम्झौता भएको छ । अहिलेसम्म १७ लाख रुपैयाँ हाम्रो सहकारीमा प्राप्त भइसकेको छ । यो रकम सहयोग प्राप्त भएपछि संस्थाका शेयर सदस्यहरुलाई ऋण प्रवाह गर्न पनि सजिलो भएको छ । हामीले बिना धितो सामूहिक जमानीमा ५० हजार रुपैयाँसम्मको ऋण दिइरहेका छौँ । कृषि र पशुपालनमा ।

अहिले गाउँका धेरै संस्थाको नेतृत्व महिलाले नै गरिरहनुभएको छ । राज्यले नै कानुनमा स्पष्ट लेखेका कारण पनि नेतृत्व गर्न महिला दिदीबहिनीलाई सजिलो भएको छ । अब सहकारी दर्ता भएर मात्रै पुग्दैन । बचत गर्नका लागि कमाउनु पर्छ । मेरो चाँहि खासी ३ सहित बाख्रा ८ वटा छन् । दुहुना गाई छ एउटा । दुईवटा बुंगुरको पाठा लगेर राखेको छु । यसैबाट आएको रकम सहकारीमा बचत गर्ने गर्छु । अरु दिदीबहिनीहरुको आयआर्जनको मूख्य बाटो भनेको पनि कृषि र पशुपालन नै हो । त्यो बाहेक पसल सञ्चालन गर्नुभएको छ ।

मर्सिकोर नेपालले हामीलाई आर्थिक सहयोग मात्रै गरेको छैन् । सहकारी सञ्चालनका विधि, पद्धति, प्रक्रियाका बारे स साना तर निकै महत्वपूर्ण कुरा सिकाएको छ । जसले हामीलाई सहकारी के हो भन्ने कुरा सिक्ने निकै ठूलो अवसर दियो । मैले २०५३ साल देखि नै सानो बचत समूह हुदैँ अहिले लाखौँको कारोबार गर्ने सहकारीसम्म आइपुग्दा यसको नेतृत्व सम्हालिरहेको छु । यतिका वर्षसम्म पनि नबुझेको धेरै कुराहरु मर्सिको नेपालले सिकायो । हिसाब किताब कसरी राख्ने, ऋण कतिसम्म प्रवाह गर्ने, आफ्नो सहकारीलाई कसरी विश्वास योग्य बनाउने, पारदर्शिता, जवाफदेहिता, सुशासन र सदस्य केन्द्रित सहकारी कसरी हुने भन्ने ज्ञान लिएका छौँ । यसले पनि हामीलाई यो सहकारी अझ प्रभावकारी ढंगबाट अघि बढाउन मद्दत मिलेको छ ।

आर्सो नेपालको समन्वयमा मर्सिकोर नेपालको सहयोग रहँदासम्म जे जति सिप सिकेका र्छौ । यो परियोजना सकिएपछि पनि हाम्रो सहकारीले त्यस किसिमको कामको नेतृत्व लिन्छ । हामीले सिकेका सिप पछिसम्म पनि प्रयोग गरेर आयआर्जन गर्न सक्छौँ । सहकारीमा बचत कर्र्ता अझ बढाउँछौँ । उनीहरुको क्षमता अभिबृद्धि गर्ने काममा हामी सधै लाग्नेछौँ । धन्यवाद आर्सो नेपाल र मर्सिकोर नेपाललाई ।

प्रकाशित मिति : २०७४, १६ चैत्र शुक्रबार  १० : २९ बजे

पाङबारी हिमाल आरोहणमा गएका दुई इटालियन आरोहीको शव फेला

कात्तिक । गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित पाङबारी हिमालमा पाँच दिनदेखि

राप्रपा महामन्त्री धवलशमशेरले असन्तुष्ट पक्षको बैठक बोलाए

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशमशेर राणाले असन्तुष्ट

भैरहवाको होटल निर्वाणामा गोली प्रहार, सुरक्षा गार्ड घाइते

भैरहवा । रूपन्देहीको भैरहवास्थित होटल निर्वाणामा सोमबार राति गोली प्रहार

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः

रुकुमपूर्वमा अटो दुर्घटना, दुई जनाको मृत्यु र पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालमा अटो दुर्घटना हुँदा दुई