२०८२, १७ कार्तिक आईतबार

सी र किमबीच के भयो कुरा ? अब के हुन्छ ?

सी र किमबीच के भयो कुरा ? अब के हुन्छ ?


उत्तर कोरियाली नेता किम जोङ उनकोबारेमा बेखबरजस्तो रहेको बताउने चीनले उनको भ्रमणको पुष्टि गरेको छ ।  भ्रमणमात्र नभएर उनी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच राजधानी बेइजिङमा भेटवार्ता नै भएको चिनियाँ समाचार समिति ‘सिन्ह्वा’ले  जनाएको छ ।  चिनियाँ सरकारी समाचार समिति सिन्ह्वाले किम बेइजिङमा रहेको र उनको भ्रमणकाक्रममा चिनियाँ राष्ट्रपति सीले उनलाई बेइजिङस्थित ‘ग्रेट हल अफ चिनियाँ पिपुल्स कंग्रेस’मा विशेष सम्मान र स्वागत गरेको उल्लेख गरेको छ ।

गएको आइतबारदेखि नै किम चीनको भ्रमणमा रहेको पनि खुलेको छ । तर, त्यसलाई चीनले भने मंगलबार अपरान्ह्सम्म पनि स्वीकार गरेको थिएन । उत्तर कोरियाली नेता किम वा उक्त देशका अर्का कुनै उच्च सरकारी अधिकारी चीन भ्रमणकाक्रममा बेइजिङ पुगेको भन्नेबारेमा आएको समाचारलाई चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा च्युनिङले ‘हल्लामात्र’ भनेका थिए । यसअघि,  नै विश्वका सन्चारमाध्यमले उत्तर कोरियाली नेता किम सुटुक्क बेइजिङ पुगेको समाचार सार्वजनिक गरेका थिए । यसलाई चीनले लुकाएको उनीहरुले भनेका थिए ।

यो समाचार पहिलोपटक जापानी सन्चारमाध्यमले सार्वजनिक गरेका थिए । ती मिडियाले उत्तर कोरियाली नेता किम रेल चढेर सुटुक्क चीनको राजधानी बेइजिङ पुगेको समाचार प्रकाशन/प्रशारण गरेका थिए । बेइजिङ र यसको आसपासमा उत्तर कोरियाकोजस्तो देखिने रेल पुगेको उनीहरुको भनाइ थियो । त्यो समाचारको चीनले भने खन्डन गरेको थियो । तर, मंगलबार रातिसम्म यो पुष्टि पनि भएको छ । यसलाई चिनियाँ मिडियाले नै पुष्टि गरेका छन् । केही दिनको भ्रमणपछिमात्र चीनको सिन्ह्वा समाचार संस्थामार्फत् उत्तर कोरियाली नेताले बेइजिङ भ्रमणको पुष्टि गरिएको हो । उत्तर कोरियाली नेता किमले सन् २०११ मा सत्ता सम्हालेयता यो उनको पहिलो विदेश भ्रमण हो । तर, यसलाई औपचारिक भ्रमण भने भनिएको छैन । चिनियाँ कम्युनिष्ट पार्टीको आमन्त्रणमा उनी बेइजिङ पुगेको बताइएको छ । उनको सम्मानमा चिनियाँ राष्ट्रपति सीले मंगलबार राति बेइजिङमा रहेको ग्रेट हल अफ पिपुल्समा रात्रिभोजको आयोजना गरेका थिए ।

वार्तामा के विषयमा कुराकानी भयो ?
चिनियाँ राष्ट्रपति सी चिनफिङ र उत्तर कोरियाली नेता किम जोङ उनबीच बेइजिङमा छलफल भएको छ । यसलाई चीन सरकारले नै पुष्टि गरेको छ । सात वर्षपछि पहिलोपटक विदेश भ्रमणमा गएका उत्तर कोरियाली नेता किम र चिनियाँ राष्ट्रपति सीबीच भएको वार्ता नै यतिखेर विश्वका मिडियाको चासोको विषय भएको छ । हालैमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीच भेटवार्ता हुने भनी समाचार आएको थियो । उनीहरुबीच आगामी मे महिनाको सुरुआतामा वार्ता हुने बताइएको छ ।

त्यसैगरी, उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धमा पछिल्लोपटक सुधार आएको नै ठानिएको छ । यी दुई देशबीच पनि आगामी माहिना उच्चस्तरीय बैठकको आयोजनाको तयारीको समाचार आएको हो । संयुक्त राज्य अमेरिकासँग आफ्नो परमाणु र ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमबारे उत्तर कोरियाले सो वार्ता गर्न लागेको भनिएकामा उक्त वार्ताको अघि यो भ्रमण भएकाले विश्वमा नै चासो बढेको हो ।

यसबीचमा अमेरिकी राष्ट्रपति ट्रम्पले पनि उत्तर कोरियासँग वार्ता गर्नुअघि चीन र जापानसँग पनि छलफल गर्ने बताएका थिए । आगामी वार्ताहरूमा बेइजिङको भूमिकाको खोजी भइ नै रहेको थियो । यसै सन्दर्भमा उत्तर कोरियाली नेता किमले चीनको भ्रमण गरेबाट अब भने चीनको भूमिकाको झनै बढी मात्रामा खोजी हुने अनुमान गरिएको छ । त्यस वार्तामा आपसी हितका विविध पक्षमामात्र कुराकानी भएको सिन्ह्वाले जनाएको छ ।

सिन्ह्वाकाअनुसार सो भेटमा सुरुमा चिनियाँ राष्ट्रपति दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित भएकामा किमले बधाइ दिए र राष्ट्रपति सीले धन्यवाद दिएका थिए । त्यस्तै, राष्ट्रपति सीले पहिलो विदेश भ्रमणकारुपमा बेइजिङ आएकामा नेता किमलाई धन्यवाद दिएको सिन्ह्वाले जनाएको छ ।त्यसैगरी, उक्त भेटकाक्रममा कोरियाली प्रायद्वीपमा जारी रहेको अवस्थाकाबारेमा पनि कुराकानी भएको बताइएको छ । त्यसबारेमा के कुराकानी भयो र परमाणु उत्पादन र परीक्षणकाबारेमा उत्तर कोरियाको केही प्रतिबद्धता आयो या आएन भन्नेबारेमा भने केही बताइएको छैन ।त्यसैगरी, अमेरिका र उत्तर कोरियाका साथै उत्तर र दक्षिण कोरियाको आसन्न वार्ताकाबारेमा पनि के–कस्तो कुराकानी भए भन्नेबारेमा पनि केही बताइएको छैन । रासस/एएफपी/सिन्ह्वा

प्रकाशित मिति : २०७४, १५ चैत्र बिहीबार  ७ : ४४ बजे

एमालेको ११ औँ महाधिवेशन अब काठमाडौंमा हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी मंसिरमा हुन

धनगढीबाट काठमाडौं उडेको श्री एअरलाइन्सको विमान भैरहवामा आकस्मिक अवतरण

बुटवल। धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या

एमालेको सचिवालय बैठक बस्दै, प्रतिनिधि चयनमा यस्तो छ

काठमाडौं। आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। बैठक अध्यक्ष केपी

तिलिचो बेसक्याम्पमा फसेका ११ पर्यटकको एपीएफले गर्‍यो उद्धार

काठमाडौं। उच्च हिमपात र अविरल वर्षाका कारण पाँच दिनदेखि तिलिचो

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा