२०८३, ७ कार्तिक शनिबार

बेथानचोकमा पुग्यो भूकम्पप्रभावितको समस्या सुल्झाउन प्राधिकरणको टोली

बेथानचोकमा पुग्यो भूकम्पप्रभावितको समस्या सुल्झाउन प्राधिकरणको टोली


भूकम्पप्रभावितको गुनासो सुन्न जिल्ला स्थित पुनःनिर्माण प्राधिकरणको टोली गाउँमै पुगेको छ । काभ्रेको जिल्लाको बेथानचोक गाउँपालिका वडा नम्बर २ र ३ को ८५ जना भूकम्पप्रभावितले दोस्रो किस्ता रकमका लागि भरेको फारम स्थानीय तहले बेपत्ता बनाएको भन्दै आन्दोलन सुरु गरेपछि पुनःनिर्माण प्राधिकरणको जिल्ला सचिवालय प्रमूख ध्रुब गैडाको नेतृत्वमा टोली गएको हो ।

पुस मसान्तभित्रै भरेको फारमको रकम नआएपछि गाउँपालिकाको वडा नम्बर २ र ३ ढुंखर्कका भूकम्पप्रभावितले जिल्ला स्थित पुननिर्माण प्राधिकरणको सचिवालय, भवन डिभिजन कार्यालयमा आएर बुझ्दा फारम नै नभेटिएपछि उनीहरुले बेपत्ता पारेको भन्दै आन्दोलन गरेका थिए । बिहीबार पुगेको प्राधिकरणले गाउँपालिकाका प्रमूख, वडाध्यक्ष, र इन्जिनियरसँग छलफल गरेका छन् । “डिपिसी नगरेकाहरुको फारम च्यातिएको नभई रद्द गरिएको रहेछ, प्रमूख गैडाले भने “केही कमीकमजोरी र त्रृटीलाई सबैपक्षसँग छलफल गरेर समस्याको समाधान गर्न स्थानीय तहलाई नै निर्देशन दिएका छौँ ।”

तर स्थानीय भूकम्पप्रभावित भने त्यो कुरा मान्न तयार छैनन् । “डिपीसी तह सकेर पुस २४ गते फारम भरेको थिएँ, इन्जिनियरले भरेको फारम देखाउँदै स्थानीय सोमनाथ तिमल्सिनाले भने “सँगैको साथीको पैसा आयो मेरो चाँहि आएन, के भएछ भनेर बुझ्दा फारमनै जिल्लामा बुझाएका रहेछन् ।” इन्जिनियरको अभावमा लामो समयदेखि दोस्रो किस्ताको फारम उक्त दुई वडामा भरिएको थिएन् । तर छिमेकी वडा च्यासिङखर्कका इन्जिनियर ध्रुब सेढाईलाई बोलाएर फारम भर्न लगाइयो । समय गुज्रिसकेकाले उनले पनि फिल्ड नगई धमाधम फारम भरे । “फिल्ड जाने समय नै थिएन, उनले भने “फोटोको आधारमा जनप्रतिनिधि राखेर फारम भरियो, पछि डिपीसी नगरेको ब्यक्तिको पनि फर्ममा नाम परेछ ।”

प्रकाशित मिति : २०७४, १५ चैत्र बिहीबार  ६ : ४० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना