२०८२, ११ चैत्र बिहीबार

बेथानचोकमा पुग्यो भूकम्पप्रभावितको समस्या सुल्झाउन प्राधिकरणको टोली

बेथानचोकमा पुग्यो भूकम्पप्रभावितको समस्या सुल्झाउन प्राधिकरणको टोली


भूकम्पप्रभावितको गुनासो सुन्न जिल्ला स्थित पुनःनिर्माण प्राधिकरणको टोली गाउँमै पुगेको छ । काभ्रेको जिल्लाको बेथानचोक गाउँपालिका वडा नम्बर २ र ३ को ८५ जना भूकम्पप्रभावितले दोस्रो किस्ता रकमका लागि भरेको फारम स्थानीय तहले बेपत्ता बनाएको भन्दै आन्दोलन सुरु गरेपछि पुनःनिर्माण प्राधिकरणको जिल्ला सचिवालय प्रमूख ध्रुब गैडाको नेतृत्वमा टोली गएको हो ।

पुस मसान्तभित्रै भरेको फारमको रकम नआएपछि गाउँपालिकाको वडा नम्बर २ र ३ ढुंखर्कका भूकम्पप्रभावितले जिल्ला स्थित पुननिर्माण प्राधिकरणको सचिवालय, भवन डिभिजन कार्यालयमा आएर बुझ्दा फारम नै नभेटिएपछि उनीहरुले बेपत्ता पारेको भन्दै आन्दोलन गरेका थिए । बिहीबार पुगेको प्राधिकरणले गाउँपालिकाका प्रमूख, वडाध्यक्ष, र इन्जिनियरसँग छलफल गरेका छन् । “डिपिसी नगरेकाहरुको फारम च्यातिएको नभई रद्द गरिएको रहेछ, प्रमूख गैडाले भने “केही कमीकमजोरी र त्रृटीलाई सबैपक्षसँग छलफल गरेर समस्याको समाधान गर्न स्थानीय तहलाई नै निर्देशन दिएका छौँ ।”

तर स्थानीय भूकम्पप्रभावित भने त्यो कुरा मान्न तयार छैनन् । “डिपीसी तह सकेर पुस २४ गते फारम भरेको थिएँ, इन्जिनियरले भरेको फारम देखाउँदै स्थानीय सोमनाथ तिमल्सिनाले भने “सँगैको साथीको पैसा आयो मेरो चाँहि आएन, के भएछ भनेर बुझ्दा फारमनै जिल्लामा बुझाएका रहेछन् ।” इन्जिनियरको अभावमा लामो समयदेखि दोस्रो किस्ताको फारम उक्त दुई वडामा भरिएको थिएन् । तर छिमेकी वडा च्यासिङखर्कका इन्जिनियर ध्रुब सेढाईलाई बोलाएर फारम भर्न लगाइयो । समय गुज्रिसकेकाले उनले पनि फिल्ड नगई धमाधम फारम भरे । “फिल्ड जाने समय नै थिएन, उनले भने “फोटोको आधारमा जनप्रतिनिधि राखेर फारम भरियो, पछि डिपीसी नगरेको ब्यक्तिको पनि फर्ममा नाम परेछ ।”

प्रकाशित मिति : २०७४, १५ चैत्र बिहीबार  ६ : ४० बजे

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, संसदीय दलको नेताबारे छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज

खाडी क्षेत्रमा अमेरिकी सैन्य परिचालन तीव्र, इरानको कडा चेतावनी

काठमाडौं । इरानसँग बढ्दो तनावबीच अमेरिकाले खाडी क्षेत्रमा सैन्य उपस्थिति

अमेरिका र इरान बीचको युद्ध रोक्न १५ बुँदे प्रस्ताव, इरानले अध्ययन गर्दै

काठमाडौं । अमेरिकाले इरानसँग जारी युद्धको अन्त्यका लागि १५ बुँदे

राखेपद्वारा एन्फा नेतृत्वको तीन महिने निलम्बन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल

रविको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । रवि लामिछानेसँग सम्बन्धित मुद्दामा आज पनि सर्वोच्च अदालतमा