२०८३, १० कार्तिक मंगलबार

प्रदेश ३ को राजधानी काभ्रेको आइटी पार्क बनाउन प्रस्ताव दर्ता (प्रस्ताव पत्रसहित)

प्रदेश ३ को राजधानी काभ्रेको आइटी पार्क बनाउन प्रस्ताव दर्ता (प्रस्ताव पत्रसहित)


काभ्रेली सांसदहरुले प्रदेश राजधानी तोक्ने प्रस्ताव प्रदेश संसद सचिवालयमा दर्ता गराएका छन् । सबैभन्दा पहिला प्रदेश सरकार गठन भएको प्रदेश नम्बर ३ मा प्रदेशको नाम र स्थायी राजधानी तोक्न बिलम्ब भइरहेका बेला उनीहरुले प्रस्ताव दर्ता गराएका हुन् ।

बुधबार काभ्रेका सासंद चन्द्र बहादुर लामा प्रस्तावक रहेको प्रस्ताव सचिवालयमा दर्ता भएको हो । उनको प्रस्तावमा काभ्रेकै सासंदहरु बसुन्धरा हुमागाई, रत्न प्रसाद ढकाल र लक्ष्मण लम्साल समर्थक छन् । उनीहरुको प्रस्तावमा भौगोलिक अवस्थिति, जनचाहना, पहुँचको सुलभता, भौतिक पूर्वाधार लगायतका दृष्टिकोषणले काभ्रेको पनौती, बनेपा र धुलिखेल नगरपालिकाको आइटीपार्कमा प्रदेश ३ को स्थायी राजधानी तोक्न भनिएको छ ।

नेपालको संविधानको धारा २८८ को उपधारा (२) मा ब्यवस्था गरिए अनुसार प्रदेशसभामा तत्कालन कायम रहेका सदस्य संख्याको दुई तिहाई बहुमतबाट निर्णयबाट राजधानी तोकिनेछ । अब ससंदमा प्रदेशका राजधानी सार्ने विषयले प्रवेश पाउने भएको छ ।

प्रकाशित मिति : २०७४, १४ चैत्र बुधबार  ७ : १७ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना