२०८२, २२ माघ बिहीबार

राजस्वमा इँट्टाभट्टाहरुको रजगज प्रशासनको मिलेमतोमा काभ्रेका इँट्टाभट्टाद्वारा करोडौं राजस्व छली

राजस्वमा इँट्टाभट्टाहरुको रजगज प्रशासनको मिलेमतोमा काभ्रेका इँट्टाभट्टाद्वारा करोडौं राजस्व छली


बनेपा । काभ्रेमा संचालनमा आएका अधिकांश इँट्टा उद्योगहरुले राज्यलाई तिर्नुपर्ने राजस्व छली गरेको पाइएको छ । जिल्ला प्रशासन र प्रहरीको मिलोमतोमा त्यस्ता उद्योगहरुले राजस्व छली गर्ने गरेका हुन् । जिल्लाको पाँचाखाल, कुन्ताबेशी, भकुण्डेबेशी, बनेपा–नाला लगायतका क्षेत्रमा त्यस्ता उद्योगहरु सञ्चालित छन् ।

उद्योगका लागि आवश्यक कोइला ल्याउने ट्रकलाई रातको समय पारी प्रशासनकै रेखदेखमा भट्टासम्म पु¥याइने गरिएको छ । वीपी राजमार्गमा त्यस्ता ठूला ट्रकहरुको आवतजावतमा प्रशासनले निगरानी राख्नु पर्ने भए पनि उनीहरुकै मिलेमतोमा त्यस्ता साधनहरु उद्योगस्थलसम्म निर्वाध रुपमा पुग्ने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय भने सामान्यतया त्यस्ता ट्रहरुलाई आफूले नपठाएको बताउँछन् ।

काभ्रेमा स्थापना गरिएका इँट्टा उद्योगीहरुले उद्योगको उत्पादन क्षमता कम देखाएर आवश्यक सबै निकायसँग कागजात मिलाएरै दर्ता गर्ने गरेका छन् । उनीहरुले दर्ताकै समयमा नै प्रशासनले उद्योगीहरुसँग मोटो रकमको लेनदेन गरी उद्योग स्थापना हुने गरेको पाइएको छ । त्यस्ता उद्योगहरुको पछि लेखा परीक्षण समेत प्रशासनको मिलेमतोमा हुने गरेको जानकारहरु बताउँछन् । उद्योग वाणिज्य विभाग यसको अभिन्न अंग जस्तै हो । काभ्रेको घरेलु तथा साना उद्योगले कागजी प्रकृया पूरा गराउँदै दर्ता हुने यस्ता उद्योगहरुले मापदण्ड नपुग्ने भएपछि अड्किने र अड्काउने सबै निकायसँग मोटो रकमको व्यवस्थापन मिलाएर उद्योग दर्ता गर्ने गरेका छन् ।

कसरी गर्छ इँट्टाभट्टाहरुले राजस्व छली ?
काभ्रेको पछिल्लो पटक घोषणा गरिएको पाँचखाल नगरपालिका यसअघि कृषि उत्पादनको उर्वरभूमिको रुपमा परिचित भएको भए पनि अहिले प्रदुषित शहरको रुपमा परिचय बनाउँदैछ । यो नगरपालिकामा अहिले अनियन्त्रित रुपमा वातावरणीय अवस्थालाई ख्यालै नगरी दर्जनको हाराहारीमा इँट्टा उद्योगहरु सञ्चालनमा रहेका छन् । यी उद्योगहरुले नगरबासीहरुको स्वास्थ्यमा प्रतिकुल असर त पु¥याइरहेकै छन् त्यसका साथै उनीहरुले राज्यलाई नियमले तिर्नुपर्ने करोडौं राजस्वसमेत छल्दै आएको देखिएको छ ।

यसरी राजस्व छल्ने आँट भने उनीहरुले प्रशासनबाटै प्राप्त गरेको बुझिन्छ ।  पाँचखाल नगरपालिको वडा नं. ८ होक्सेमा रहेको उपकार फिक्स चिम्नि इँट्टा उद्योग त्यस्तै प्रशासनको संरक्षणमा सञ्चालित एउटा उद्योग हो । यो उद्योगले एउटा इँट्टालाई १४ देखि १५ रुपियाँका दरले विक्री वितरण गर्दै आएको पाइएको छ । तर, उद्योगले हरेक उपभोक्ता (क्रेता) लाई भने कम मूल्य लिएको वील काट्ने गरेको रोशी साप्ताहिकले प्राप्त गरेको छ । रोशी साप्ताहिकले काभ्रेमा गरेको विभिन्न इँट्टा उद्योगहरुको अनुसन्धानबाट उपकार फिक्स चिम्नि इँट्टा उद्योगले सबै उपभोक्ताहरुलाई ७ रुपियाँका दरले मात्रै भ्याट वील काटेर आधाभन्दा बढी राजस्व छल्ने गरेको फेला पारेको हो । करदाता नम्बर ३०४५०२१६३ रहेको उक्त उद्योगले साल नखोलिएको वीलका अनुसार कार्तिक १२ गते ७ हजार इँट्टा एक उपभोक्तालाई विक्री गरेको देखिन्छ । उक्त उद्योगले ७ हजार इँट्टाको १ लाख ४५ सय नगद लिए पनि बीलमा भने ३५ सय इँट्टाको ७ रुपियाँको दरले २४ हजार ५ सय रुपियाँको ३ हजार १ सय ८५ रुपियाँ राजस्व समेत गरी २७ हजार ६ सय ८५ रुपियाँको मात्र वील उपलब्ध गराएको पाइएको छ । तर उपभोक्ताले भने पूरै मूल्य तिरेका छन् । उता उद्योगले ती उपभोक्तालाई बेचिएको इँट्टाबाट १३ हजार ५ सय ८५ रुपियाँ राजस्व दाखिला गर्नुपर्ने देखिन्छ ।

सोही उद्योगसँग सम्बन्धित रामचन्द्र पाण्डेले १५ भन्ने गरिएको तर प्रतिगोटा १४ रुपियाँ ५० पैसासम्ममा उपब्ध गराउने जनाए । उनले ७ रुपियाँ दरले खरिद गरेको मात्रै भ्याट बील काट्दै आएका छौं, रोशीसँगको फोन सम्वादमा उनले भने । इँट्टाा उद्योगहरुका अनुसार कोइला लगायत अरु सामान खरिदको १६ रुपियाँ २० पैशाको भ्याट सहित ३२ रुपियाँ तिर्ने गरेका छौं । आफूहरु खरिद गर्ने गरेको बील नै देखाउन सक्ने ती उद्योगीहरुको दावी छ । उपकार इँट्टा उद्योगकाअनुसार हामीले मात्रै होइन सबै भट्टाहरुले यसरी नै गर्ने हो । इँट्टा भट्टाहरुले खरिद गर्ने कोइलाको पनि राजस्व छली भएरै थोरै पैसाको मात्रै वील तिर्ने गरिएको बुझिएको छ ।

यसैगरी पाँचखालमा सञ्चालिन नवदुर्गा इँट्टा उद्योग, हनुमान, पलाञ्चोक भगवती, दोलखा भीमसेन, पलाञ्चोक भगवती चाइनिज इँट्टा सहित अर्को एउटा पनि सञ्चालित छ । वातावरण परीक्षण नभएको र राज्यको कुनै मापदण्ड पूरा नगरी ती उद्योगहरु सञ्चालन गरिएको स्थानीयहरु बताउँछन् । राज्यको मापदण्डअनुसार ३ किलोमिटरको दुरीमा इँट्टा उद्योग स्थापना गरेको हुनुपर्ने प्रावधान रहेको छ । तर राजनीतिक दललाई निर्वाचनमा मोटो रकम खर्चिएर उनीहरुकै आडभरोसामा केही मसलदारहरुलाई हात लिएर उद्योगहरु सञ्चालित भएको पाइएको छ । त्यसैगरी स्थानीयहरुलाई पनि डीपबोरिङमा सहयोग पु¥याउने नाटक मञ्चन गरिएको छ । उद्योगहरु विद्यालय, मन्दिर, घना बस्तीबाट निकै नजिक स्थापित भएका छन् । कुनै पनि भट्टा एक कि.मी.को दुरीमा समेत छैनन् । यसबाट स्थानीबासी, विद्यार्थी लगायत मारमा परेको देखिएको छ । भुकम्प पीडितलाई समेत प्रलोभनमा पारी आखिर स्थानीय मसलदारलाई नै पोस्ने काम गरेको एक स्थानीयले रोशीलाई बताएका छन् । उद्योगले भुकम्प पीडिटका नामा १० हजार रुपियाँमा १ हजार इँट्टा दिने सहमझदारी गरेका थिए । तर त्यसको प्रतिहजारमा ५ सय स्थानीय गुण्डाहरुलाई दिनुपर्ने गरी पीडितहरुलाई मूल्य निर्धारण गरेको पाइएको छ ।

उद्योग स्थापनाका लागि प्रारम्भिक कागजात मिलाउनुपर्ने स्थानीय तह पाँचखाल नगरपालिका भने जनतालाई जस्तो मार परे पनि बेखबर जस्तै भएर कानमा तेलहालेर बसेको छ । यसअघि पनि पाँचखाल नगरपालिका, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालयको मिलेमतोमा कोशीदेखा लगायतका क्षेत्रमा अवैध बालुवा चोरी निकासी भएको थियो । त्यसले अझै निरन्तरता पाइरहेको छ । यसमा पनिस्थानीय गुण्डाहरुको प्रत्यक्ष साथ लिएर अवैधानिक र गलत क्रियाकलापलाई नगरपालिकाले प्रोत्साहन गर्दै आएको छ । यसैगरी काभ्रेको नमोवुद्ध नगरपालिकाको भकुण्डे क्षेत्रमा पनि दर्जनकै हाराहारीमा अवैद्य इँट्टा उद्योगहरु सञ्चालित छन् । ती इँट्टा उद्योगहरुले पनि करोडौंको राजस्व छली गर्दै आएको पाइएको छ ।   रोशी साप्ताहिकबाट साभार 

प्रकाशित मिति : २०७४, १४ चैत्र बुधबार  ८ : २१ बजे

काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ

काठमाडौं । इटालीमा रोजगारीका लागि पठाइदिने प्रलोभन देखाई बंगलादेशी नागरिकहरूलाई

हरिहरपुरगढी एमालेको ५ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटी

सिन्धुली: हरिहरपुरगढीमा निर्वाचन कार्यालय स्थापना सिन्धुली: नेकपा एमाले हरिहरपुरगढी पालिका कमिटीको

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक