२०८२, १९ कार्तिक मंगलबार

अाेलीकाे सपना पुरा हुदैँ, सप्तकोशीमा नेपाली ध्वजावाहक ‘जहाज’ चल्दै

अाेलीकाे सपना पुरा हुदैँ, सप्तकोशीमा नेपाली ध्वजावाहक ‘जहाज’ चल्दै


भोजपुरका सर्वसाधरणको यात्रा गर्ने समय छोटिएको छ । सडकमार्गबाट इटहरीहुँदै भोजपुर सदरमुकाम पुग्न ९ घण्टा लाग्ने गरेकोमा अब त्यो समय घट्ने भएको हो । अब भोजपुर सदरमुकाम साढे ४ घण्टामै पुग्न सकिने छ । सप्तकोशीमा व्यवसायिक रुपमा जेट बोट सञ्चालन हुने भएपछि साढे ४ घण्टामै भोजपुर सदरमुकाम पुग्न सकिने भएको हो । बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रा.लि.ले सुनसरीको बराहक्षेत्र-१ मा रहेको चतराबाट भोजपुर, उदयपुर र धनकुटाको सङ्गम सिम्लेसम्म जेट बोट सञ्चालनमा ल्याउन लागेको हो ।

इटहरीबाट ४५ मिनेटमा पुगिने चतराबाट १५ किलोमिटर हाराहारीको सिम्ले पुग्न १५ मिनेट लाग्छ भने सिम्लेबाट भोजपुरको घोडेटार क्षेत्र १ घण्टामा पुगिन्छ । सडक यात्रा गर्दा भने घोडेटारबाट साढे दुई घण्टामा पुगिन्छ । भोजपुर मात्रै हैन धनकुटाको सिम्ले क्षेत्रका स्थानीयहरू पनि अब २ घण्टामै धरान तथा साढे दुई घण्टामा इटहरी आउन सक्ने भएका छन् ।सिम्लेबाट धनकुटा सदरमुकाम हुँदै भेडेटार हुँदै आउँदा ७ घण्टा लाग्नेमा अब जेट बोटबाट चतरा आएर सिधै दुई घण्टामा यात्रा हुने देखिएको छ ।

सप्तकोशी नदिहुँदै जल यातायात गर्न बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रा.लिले नयाँ वर्ष २०७५ बाट व्यावसायिक रूपमा ३० सिटे जेट बोट सञ्चालनमा ल्याउने भएको छ । कम्पनीका प्रबन्ध निर्देशक विमलमान श्रेष्ठका अनुसार यो परियोजना पर्यटन र पारवाहन दुवै कोणमा सञ्चालन गरिएको हो । तीन करोड प्रारम्भिक लगानीको यो पर्यटकीय परियोजनाले सप्तकोशी किनारमा रिसोर्ट सञ्चालन गर्न, तमोर तथा सुनकोशीमा र्‍याफ्टिङ गर्न थप २ करोड लगानी थप्ने कार्ययोजनामा रहेको छ ।

आइतबार बराहक्षेत्रका मेयर निलम बस्नेत र उदयपुरको बेलका नगरपालिकाका मेयर दुर्गा थापाले आइतबार जेट बोट चढेर यसको परीक्षण सञ्चालन गरेका हुन । बराहक्षेत्र जल यातायात तथा पर्यटन प्राली अगाडि सुम्निमा जल यातायात प्रालीले पनि सप्तकोशीमा जेट बोट चलाएको थियो । तर, एक दुर्घटनामा एक जना बेपत्ता भएपछि भने त्यो सेवा बन्द भयो । यता, बराहक्षेत्र जल यातायातले भने आफूहरूले यात्रुलाई लाइफ ज्याकेट र अनिवार्य बीमा गरेको र बोटको पनि बीमा गरेकाले दुर्घटनाको सङ्कट नभएको बताएको छ ।

प्रकाशित मिति : २०७४, ११ चैत्र आईतबार  ६ : ०५ बजे

पाङबारी हिमाल आरोहणमा गएका दुई इटालियन आरोहीको शव फेला

कात्तिक । गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित पाङबारी हिमालमा पाँच दिनदेखि

राप्रपा महामन्त्री धवलशमशेरले असन्तुष्ट पक्षको बैठक बोलाए

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशमशेर राणाले असन्तुष्ट

भैरहवाको होटल निर्वाणामा गोली प्रहार, सुरक्षा गार्ड घाइते

भैरहवा । रूपन्देहीको भैरहवास्थित होटल निर्वाणामा सोमबार राति गोली प्रहार

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः

रुकुमपूर्वमा अटो दुर्घटना, दुई जनाको मृत्यु र पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालमा अटो दुर्घटना हुँदा दुई