२०८३, ३० आश्विन शनिबार

बास्कोटाको क्वार्टर, प्रधानमन्त्री अाेलीकाे निजी घर

बास्कोटाको क्वार्टर, प्रधानमन्त्री अाेलीकाे निजी घर


सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बास्कोटा पार्टी  प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको घरमा सरेका छन् । मन्त्री क्वार्टरमा ठाउँ खाली नभएपछि घर खोज्दै हिँडेका बास्कोटा रामनवमीकै साइतमा ओली निवासमा सरेका हुन्र ।

प्रधानमन्त्री ओलीको परिवार सरकारी निवास बालुवाटार सरेपछि यो घर खाली थियो । जहाँ अब सूचना तथा सञ्चार राज्यमन्त्री बास्कोटाले डेरा जमाएका छन् । प्रधानमन्त्रीज्यूको सरकारी सम्पत्ति सदुपयोगको सिद्धान्त आफुले लागुको गरेको बास्कोटाले बताए । बास्कोटाले ओलीको बालकोटस्थित घरमा बसुन्जेल मन्त्रीले आवास वापत पाउने भाडा रकम समेत नलिने बताए ।

एमालेको राजनीतिमा सधैं ओलीको निकट रहेर काम गरेका बास्कोटाले यसपटक प्रतिनिधिसभा निर्वाचनमा पनि ओलीपछि दोस्रो लोकप्रिय मत पाएर विजय हासिल गरेका थिए । ओलीले बास्कोटालाई मन्त्री क्वार्टर नपुगेपछि आफ्नै घरमा बस्न स्वीकृति दिएका हुन् । मन्त्रीहरुका लागि राज्यले ललितपुरको पुल्चोकस्थित हरिहर भवनमा मन्त्री क्वार्टरको व्यवस्था गरेको छ । तर, सबै मन्त्रीलाई पुल्चोकमा पर्याप्त भवन नभएपछि काठमाडौंमा घर हुने आफ्नै घरमा बस्छन् भने अरुले घरभाडा पाउने गर्छन् ।

काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिकाका स्थायी बासिन्दा बास्कोटाको भक्तपुर लोहकिल्थलीमा ३ कोठे एकतले घर छ । तर, सुरक्षाकर्मी बस्ने र गाडी राख्ने ठाउँ समेत नभएपछि बास्कोटाले झण्डा र डण्डा (सुरक्षाकर्मी) लाई फर्काउने गरेका थिए । प्रधानमन्त्रीले आफ्नो क्याबिनेटका मन्त्रीलाई आवासका लागि आफ्नै घर उपलव्ध गराएको यो पहिलो घटना हो ।

प्रकाशित मिति : २०७४, ११ चैत्र आईतबार  ५ : ४४ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा