२०८३, १ श्रावण शनिबार

इयुलाई प्रधानमन्त्रीको चेतावनीःपर्यवेक्षणका नाममा,धर्म प्रचारु गर्ने ? हामीलाई पाठ नसिकाउ

इयुलाई प्रधानमन्त्रीको चेतावनीःपर्यवेक्षणका नाममा,धर्म प्रचारु गर्ने ? हामीलाई पाठ नसिकाउ


प्रधानमन्त्री केपी शर्मा ओलीले युरोपेली संघ (ईयू)ले निर्वाचन पर्यवेक्षणका नाममा नेपालको सार्वभौमसत्तामाथि हस्तक्षेप गरेको आरोप लगाएका छन्। आइतबार काठमाडौँमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)को निर्वाचन पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले यस्तो आरोप लगाएका हुन्।

नेपालको निर्वाचन ऐतिहासिक भएको र ७० प्रतिशत भन्दा बढी मत खसेको भन्दै उनले संसारका कमै मुलुकमा यस्तो जनसहभागिता हुने बताए । ४०/५० लाख मतदाता विदेशमा रहँदा रहँदै पनि निर्वाचनमा ७० प्रतिशत सहभागिता हुनु भनेको राम्रो भएको उनले बताए।

ईयूको निर्वाचन प्रतिवेदनले नेपालको संविधानको उपलब्धि, सामाजिक प्रबन्ध, सार्वभौमिकतामाथि हस्तक्षेप गरेको उनले बताए। ‘प्रतिवेदनले हाम्रो सार्वभौमिकता माथि हस्तक्षेप भयो, हामीले सच्याउन भनेको उल्टो जिद्धी गर्दै सच्याउन्नौं भन्दै छ,’ उनले भने, ‘निर्वाचनको पर्यवेक्षणका नाममा धर्मको प्रचार गर्ने काम गर्दै छ, हामीले एक–दुई जना पर्यवेक्षकलाई फिर्ता पठाउनुपर्यो, त्यसैको रिस साँध्न प्रतिवेदन ल्याइयो।’

आफूहरु संसारका सबै देशसँग मिलेर काम गर्न इच्छुक भएको भन्दै कोही भन्दा कम हैसियतको भए सम्बन्ध नराख्ने ओलीले बताए । हामी कोहीभन्दा कम होइन, डेमोक्रेसीका लागि कसैले भन्दा कम  संघर्ष गरेका छैनौं’ उनले भने ।

प्रकाशित मिति : २०७४, ११ चैत्र आईतबार  ४ : २६ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित