२०८२, १० माघ शनिबार

इयुलाई प्रधानमन्त्रीको चेतावनीःपर्यवेक्षणका नाममा,धर्म प्रचारु गर्ने ? हामीलाई पाठ नसिकाउ

इयुलाई प्रधानमन्त्रीको चेतावनीःपर्यवेक्षणका नाममा,धर्म प्रचारु गर्ने ? हामीलाई पाठ नसिकाउ


प्रधानमन्त्री केपी शर्मा ओलीले युरोपेली संघ (ईयू)ले निर्वाचन पर्यवेक्षणका नाममा नेपालको सार्वभौमसत्तामाथि हस्तक्षेप गरेको आरोप लगाएका छन्। आइतबार काठमाडौँमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)को निर्वाचन पर्यवेक्षण प्रतिवेदन सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले यस्तो आरोप लगाएका हुन्।

नेपालको निर्वाचन ऐतिहासिक भएको र ७० प्रतिशत भन्दा बढी मत खसेको भन्दै उनले संसारका कमै मुलुकमा यस्तो जनसहभागिता हुने बताए । ४०/५० लाख मतदाता विदेशमा रहँदा रहँदै पनि निर्वाचनमा ७० प्रतिशत सहभागिता हुनु भनेको राम्रो भएको उनले बताए।

ईयूको निर्वाचन प्रतिवेदनले नेपालको संविधानको उपलब्धि, सामाजिक प्रबन्ध, सार्वभौमिकतामाथि हस्तक्षेप गरेको उनले बताए। ‘प्रतिवेदनले हाम्रो सार्वभौमिकता माथि हस्तक्षेप भयो, हामीले सच्याउन भनेको उल्टो जिद्धी गर्दै सच्याउन्नौं भन्दै छ,’ उनले भने, ‘निर्वाचनको पर्यवेक्षणका नाममा धर्मको प्रचार गर्ने काम गर्दै छ, हामीले एक–दुई जना पर्यवेक्षकलाई फिर्ता पठाउनुपर्यो, त्यसैको रिस साँध्न प्रतिवेदन ल्याइयो।’

आफूहरु संसारका सबै देशसँग मिलेर काम गर्न इच्छुक भएको भन्दै कोही भन्दा कम हैसियतको भए सम्बन्ध नराख्ने ओलीले बताए । हामी कोहीभन्दा कम होइन, डेमोक्रेसीका लागि कसैले भन्दा कम  संघर्ष गरेका छैनौं’ उनले भने ।

प्रकाशित मिति : २०७४, ११ चैत्र आईतबार  ४ : २६ बजे

शेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवाल एमालेमा प्रवेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज च्यासलमा

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई

चुनावी प्रतिस्पर्धा खुम्चियो, ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये